प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००९ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ फागुन पहिलो सम्पादन गर्नुहोस्

लक्ष्मीनाथ बेजबरुवा (आसामी: লক্ষ্মীনাথ বেজবৰুৱা, हिन्दी: लक्ष्मीनाथ बेजबरुवा; जन्म: १९ नोभेम्बर १८६४–२६ मार्च १९३८) एक आसामी व्यक्तित्व र आधुनिक आसामी साहित्यको अग्रणी साहित्यकार थिए। उनी जोनाकी युगका साहित्यिक पराकाष्ठिहरू हुन्। बेजबरुवाले आफ्नो साहित्य कार्यकालमा थुप्रै निबन्ध, नाटक, कथा, कविताहरू लेखेर आसामी साहित्यमा ठूलो योगदान पुर्‍याएका थिए। (पूरा  पढ्नुहोस्...)

२०७८ फागुन दोस्रो सम्पादन गर्नुहोस्

घोराही (पूर्व नाम: त्रिभुवननगर) नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको सदरमुकाम तथा एक उपमहानगरपालिका हो। यो उपमहनगरपालिका दाङ उपत्यकाभित्र पर्दछ। लमहीबाट फेडर रोडले जोडिएको यो क्षेत्र पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। सदरमुकाम भएको कारणले यो उपमहानगरपालिका दाङ जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। भित्री तराई क्षेत्रमा अवस्थित, यो नेपालको राजधानी काठमाडौँबाट ४१३ किलोमिटर (२५७ माइल) दक्षिण-पश्चिममा अवस्थित छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो सहर हो। यो सहर दक्षिणमा शिवालिक पहाड र उत्तरमा महाभारत शृङ्खलाले घेरिएको छ। यो सहर यसको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहर रोल्पा, प्युठान, सल्यानरुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ। यो सहर पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर-पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दू पवित्र भूमि र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूसँग राम्रोसँग जोडिएको र नजिक छ। घोराही उच्च गुणस्तरको महअल्लो कपडाको लागि परिचित छ।(पूरा  पढ्नुहोस्...)