मुख्य सूची खोल्नुहोस्

कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ।

विषयसूची

प्रकारसम्पादन

मूलतः कविता २ किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता

  • छन्द मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ।

गद्य कवितासम्पादन

सामान्यतयाछन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रुपले लेख्न सक्दछन् ।

उदाहरणसम्पादन

सँगालिएको अतीत
तिमीले धेरै पहिले
पैसा भनेर दिएको पिपलको पात
बालापनको खेल भनेर सजिलै भुलिदियौ

म मूर्ख अझै त्यहीँ पात लिएर
सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु ।
                   - अनिल खतिवडा

पद्य कवितासम्पादन

कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा :सम्पादन

कविताको लघुतम रूप : मुक्तकसम्पादन

कविताको सबैभन्दा सानो एकाइ लघुतम रूप हो । यस अन्तर्गत कविताका ज्यादै साना संरचनाहरू समेटिन्छन् । छोटो छरितो भनाइबाट व्यङ्ग्य प्रहार गर्ने कविताको एक झिल्का नै कविताको लघुतम रूप हो । यस्तो कविताको संरचना निकै सानो हुन्छ तर आफैमा पूर्ण हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन् [१]

कविताको लघु रूप : फुटकर कवितासम्पादन

कविताको लघुतम रूपभन्दा विस्तृत र मझौला रूपभन्दा सानो एकाइ लघु रूप हो । कविताको लघु रूप गद्य र पद्य दुवैमा रहेको हुन्छ । पद्यमा दुई श्लोकभन्दा बढी र गद्यमा दुई अनुच्छेदसम्मको रचना यसभित्र पर्दछ । कविताको लघु एकाइमा सानो घटनालाई सीमित घेरामा राखी भावपूर्ण, मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको हुन्छ । यस्ता रचनामा आख्यान तत्वको प्रयोग लघुतम रूपको अपेक्षा स्थूल रूपमा गरिएको हुन्छ । यसरी आख्यानको सूक्ष्मतालाई अपेक्षित मानिएकाले यी रचनाहरूका अभिव्यक्तिमा विविधता नआई भावमा समेत एकरूपता भएको हुन्छ । कस्ता रचनाहरूमा कविताको लघु रूप समेटिएको हुन्छ भन्ने सन्दर्भमा वासुदेव त्रिपाठीको भनाई उल्लेखनीय रहेको छ – “पत्र पत्रिका र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश साना कविता कृतिहरू फुटकर कविता नै हुन् जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ” (त्रिपाठी र अन्य, २०४८ः पृ. ४२–४३)। यस कुराबाट के स्पष्ट हुन्छ भने भावनाको संक्षिप्त पोखाइ भएको फुटकर रचना नै कविताको लघु रूप हो ।

कविताको मझौला रूप : खण्डकाव्य/लामो कवितासम्पादन

मुख्य लेख : खण्डकाव्य

कविताको ज्यादै विस्तृत र ज्यादै सङ्कुचित नभएको रचनालाई मझौला रूप भनिन्छ । यस्ता रचनामा एक विषय, एक घटना, एक सन्दर्भ र जीवनको एक पक्षको उद्घाटन भएको हुन्छ । अनुभूतिको उत्तरोउत्तर वृद्धि र विकास हुँदै जाँदा कविताको आख्यान तन्तु र संरचनागत सुगठनलाई अँगाल्न पुग्दछ त्यस अवस्थामा कविता मध्यम आयाममा प्रवेश गर्दछ । कविताको मझौला आयामलाई खण्डकाव्य वा लामो कविता पनि भनिन्छ । विषयवस्तुको आयाम विस्तार, आख्यान र संरचनाका कारणले गर्दा कविताको मझौला रूप फुटकर कविताबाट छुट्टिन थाल्दछ । कविताको मझौला रूपमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । आख्यानयुक्त रचना र सुगठित संरचना भएको कविताको आयाम नै कवितामा मझौला रूप हो र यो लामो कविता र खण्डकाव्यमा विभक्त भएको हुन्छ ।

कविताको बृहत् रूप : महाकाव्यसम्पादन

मुख्य लेख : महाकाव्य

कविताको सबैभन्दा ठूलो आयामलाई बृहत् रूप भनिन्छ । यसमा कविताका लामा रचना र खण्डकाव्यभन्दा माथिका सबै सिर्जनाहरू समेटिन पुग्दछन् । यस्ता रचनाको सिर्जना बृहत आख्यानीकरणबाट मात्र सम्भव हुन्छ र यसमा जीवन जगत्को सर्वपक्षीय अध्ययन भएको हुन्छ । कविताले जब सिङ्गो युग, जीवन र समाजलाई बोकेर हिँड्न लाग्छ र अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह बहन थाल्दछ तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ [२]। कविताको यस्तो आयाममा जीवन जगतको सिङ्गो प्रस्तुति, खण्डयोजना, सन्धि, अर्थ प्रकृति र कार्यावस्था जस्ता प्राविधिक कुराको संयोजन गरिएको हुन्छ । कविताको बृहत् रूप चाही अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, मानव सभ्यता र समाजको सिङ्गो इतिहासलाई बोकेको विराट संरचना र आख्यानलाई बोकेको कविताहरूको स्वरूप हो । कविताको विस्तारित आयामयुक्त यस्तो रूपले सिङ्गो युगलाई नै आत्मसात् गरेको हुन्छ[३]। कविताको बृहत् रूप विकासशील अवस्थामा रहेको हुन्छ र यसको प्रवाह निरन्तर रूपमा चलिरहेको हुन्छ । जसले गर्दा कविताको बृहत् आयाम ललित महाकाव्यबाट माथि उठेर आर्ष महाकाव्यका तहसम्म पनि विस्तारित हुन पुग्छ । यसकारण कविताको बृहत् आयाममा विकसित र विकासशील, ललित र आर्ष महाकाव्य समेटिन पुग्दछन् ।

कविता लेख्ने तरिकासम्पादन

कविता लेख्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।

नेपाली कविताका प्रमुख प्रवृत्तिसम्पादन

उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनीतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ । नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनीतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।

यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ :

  • प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
    • पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) ः वीर धारा
    • उत्तरार्ध (१८७२ देखि १९४० सम्म) ः भक्ति धारा
  • माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
    • पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) ः शृङ्गारिक धारा
    • उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा
  • आधुनिक काल (१९९१ देखि यता)
    • स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
    • प्रयोगवादी धारा (२०१७ देखि २०३५)
    • समसामयिक धारा (२०३६ देखि यता)

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ ।[४]

नेपाली कविहरूको जीवनी र सूचीसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. (जोशी, २०४०ः पृ. ११)
  2. (जोशी, २०४०ः पृ. १२)
  3. (त्रिपाठी र अन्य, २०४८ः पृ. ८५–८६)
  4. id=२२९९

बाह्य लिङ्कहरूसम्पादन