प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५८ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ असोज पहिलो सम्पादन गर्नुहोस्

रूख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो। यो नेपाल बाहेक भारत, म्यानमार, श्रीलङ्का, दक्षिणी चीन, केन्या, युगान्डा, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, वेस्ट इन्डिज आदि देशहरूमा खेती गर्ने गरिन्छ। रूख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रूख कटहर, काँडेफल आदि समावेश छन्। संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो। यो फल विशेष गरि तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ। यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको बीउमा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ। यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ। यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न सङ्कटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध भएको छ। यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ। त्यसपछि भारतको अरु भागमा, दक्षिणी एसिया, फिलिपिन्स, मध्य र पूर्वी अफ्रिकामा फैलिदै ब्राजिलसुरिनाममा प्रसिद्ध भएको छ। (पूरा  पढ्नुहोस्...)

२०७८ असोज दोस्रो सम्पादन गर्नुहोस्

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झण्डा (अर्को झण्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो। नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो। (पूरा  पढ्नुहोस्...)