यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (सांक्षेप: यौभिकयौता) यी तीन अवधारणाहरूलाई एकमुष्ठ रूपमा जनाउन प्रयोग गरिने शब्दावली हो । [१] [२] [३] [४] [५]
विविधता
सम्पादन गर्नुहोस्यौभिकयौता विविधता देहाय प्रकारका छन् :-
यौन विशेषता
सम्पादन गर्नुहोस्लैङ्गिक पहिचान
सम्पादन गर्नुहोस्- त्याचलैङ्गिक व्यक्ति
- पारलैङ्गिक व्यक्ति
- अलैङ्गिक व्यक्ति
- दुईलैङ्गिक व्यक्ति
- मिश्रितलैङ्गिक व्यक्ति
- द्रवलैङ्गिक व्यक्ति
- लैङ्गिक गैर-अनुरूपी व्यक्ति
- गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
- अर्धलैङ्गिक व्यक्ति
- सांस्कृतिक लैङ्गिक पहिचान
- तेस्रोलिङ्गी
- विषुलिङ्गी
लैङ्गिक अभिव्यक्ति
सम्पादन गर्नुहोस्- पुरुषत्व
- नारीत्व
- विषुपहिरणी
- फेम् पुरुष
- माएस्क महिला
यौन अभिमुखिकरण
सम्पादन गर्नुहोस्समाज
सम्पादन गर्नुहोस्यौभिकयौताको आधारमा कुनै निश्चित वर्गहरू सिमान्तकृत रहेका छन् जस अर्थात् उनीहरू आफ्नो यौभिकयौताकै आधारमा समाजबाट विभेद, लाञ्छना र हिंसा महसुस गर्छन् । यौन विशेषताका आधारमा पुलिङ्गी र स्त्रीलिङ्गी व्यक्तिहरू, लैङ्गिक पहिचानका आधारमा त्याचलैङ्गिक व्यक्तिहरू र यौन अभिमुखिकरणका आधारमा विषमयौनिक व्यक्तिहरूको समाजमा विशेषाधिकार छ वा आफ्नो उक्त यौभिकयौता पहिचानकै आधारमा विभेद, हिंसा र लाञ्छना भोग्दैनन् । आफ्नो यौभिकयौताको आधारमा सिमातकृत रहेका जनसंख्यालाई सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भनिन्छ ।
अन्तर्राष्ट्रिय सिद्धान्त
सम्पादन गर्नुहोस्यौभिकयौता सम्बन्धीको प्रमुख अन्तर्राष्ट्रिय सिद्धान्त भनी योग्याकार्ता सिद्धान्तलाई मानिन्छ । [६] सन् २००६मा लैङ्गिक पहिचान र यौन अभिमुखिकरण सम्बन्धीका अधिकारलाई दस्तावेजिकरण गर्दै योग्याकार्ता सिद्धान्त दस्तावेज जारी भएको थियो । सन् २०१७मा यस सिद्धान्तको पुनरवालोकन भई लैङ्गिक अभिव्यक्ति र यौन विशेषतालाई पनि यस सिद्धान्तमा समावेश गरिएको थियो । [७]
संयुक्त राष्ट्र संघ
सम्पादन गर्नुहोस्सन् २०१६मा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदद्वारा यौभिकयौता सम्बन्धी स्वतन्त्र विज्ञ स्थापना गरिएको थियो । यौभिकयौता पहिचानको आधारमा हुने विभेद विरुद्ध, संयुक्त राष्ट्र संघको मानव अधिकार प्रतिबद्धता र कार्यन्वयन हेर्ने उक्त विज्ञको प्रमुख कार्य हो । [८] [९]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौभिकयौता दस्तावेज", तान नेपाल।
- ↑ "यौभिकयौता दस्तावेज", सहायम् नेपाल।
- ↑ "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा।
- ↑ "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप।
- ↑ "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप।
- ↑ "Yogyakarta Principles", योग्याकार्ता सिद्धान्तको औपचारिक वेबसाइट।
- ↑ "Yogyakarta Principles", योग्याकार्ता सिद्धान्तको औपचारिक वेबसाइट, २०१७, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "Independent Expert on sexual orientation and gender identity", OHCHR।
- ↑ "Factsheet on the Independent Expert on protection against violence and discrimination based on sexual orientation and gender identity", ILGA World।