गुरु
सनातन धर्मवा हिन्दु धर्म का शास्त्र र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिईएको छ | शास्त्र अनुसार गु को अर्थ अन्धकार वा अज्ञान हुन्छ र रु को अर्थ निरोधक वा प्रकाश हो , तेसैले जसले अज्ञान रुपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ ।
गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः।
गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥
शास्त्र मा गुरु लाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्य को भबिस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्य को रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्य को खराब पक्ष्य एबं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्य को दुर्गुण हटाएर सत्मार्ग मा हिडाउने गर्छन । स्वयं भगवान राम ,भगवान् श्री कृष्ण जब जब यस संसार मा आए उनीहरू पनि गुरु को सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण रामायण एबं भागवत गीता मा पनि दिइएको छ ।
यो पनि हेर्नुहोस्सम्पादन
हिन्दू धर्म |
आस्था र विश्वास
दर्शनशास्त्र · धर्म |
हिन्दू धर्मका पवित्र ग्रन्थहरू
वेद · उपनिषद |
सम्बन्धित विषयहरू
|