लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए ।[१]

लक्ष्मी निवास
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला
सहरकाठमाडौँ
राष्ट्रनेपाल
लागतअज्ञात
ग्राहकचन्द्र शमशेर
प्राविधिक विवरण
बनावटइटा र ढुङ्गा
योजना तथा निर्माण
वास्तुकारकुमार नरसिंह राणा
किशोर नरसिंह राणा

इतिहास सम्पादन गर्नुहोस्

यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र  मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणाकिशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे ।

सरकारी स्वामित्व सम्पादन गर्नुहोस्

राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027 

सन्दर्भ सम्पादन गर्नुहोस्