विजय शमशेर
लेफ्टिनेन्ट जनरल विजय शमशेर प्रधानमन्त्री मोहन शमशेर कार्यकालमा नेपालको परराष्ट्र सम्बन्धको अड्डाका हाकिम थिए। उनी मुन्शी खानाको डाइरेक्टर जनरल थिए।

विजय शमशेर | |
---|---|
भारतको लागि नेपाली राजदुत | |
कार्यकाल २६ जनवरी १९५० – २९ डिसेम्बर १९५३ | |
प्रधानमन्त्री | मोहन शमशेर |
पूर्वाधिकारी | सिंहसम्शेर राणा |
उतराधिकारी | महेन्द्र विक्रम शाह |
व्यक्तिगत विवरण | |
जन्म | लक्ष्मी निवास | १५ डिसेम्बर १९१५
मृत्यु | २९ डिसेम्बर १९५३ नेपाली राजदूतावास; दिल्ली | (३८ वर्ष)
जीवन साथी | सरला कुमारी राज्य लक्ष्मी
( वि १९३८; मृत्यु १९५३) |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटी अफ कलकत्ता |
पुरस्कार | सुप्रदीप्त मान्यवर नेपाल तारा ज्योतिर्मय -सुविख्यात त्रिशक्ति पट्ट सुप्रसिद्द प्रबल गोरखा दक्षिण बाहु लिजन अफ अनर (फ्रान्स) |
उनले पद्म शम्शेरद्वारा बहादुर शमशेरको अध्यक्षता गठित संवैधानिक सुधार समितिको सदस्य भएर समेत काम गरेका थिए।[१][२] उनले नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन ठूलो प्रयास गरेका थिए तर सोभियत रुसको भिटोको कारण नेपाल संयुक्त राष्ट्र सङ्घमा जोडिन सकेन।[३][४]
प्रारम्भिक जीवनसम्पादन
बिजय शमशेरको जन्म बिसं १९७२ मा महाराजकुमार मोहन शमशेर र दीक्षा कुमारी का कान्छो पुत्रको रुपमा लक्ष्मी निवासमा भएको थियो। उनका हजुरबुबा चन्द्र शमशेर नेपालका श्री ३ महाराज थिए। उनको पढाइलेखाइ पटना विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयमा भएको थियो। उनी राणाहरूमा पढेलेखेका मध्ये थिए। उनले कलकत्तामा बसेर राजनीतिशास्त्रमा एमए गरेका थिए। उनको वरिपरि त्यो समयका सक्षम र विद्धान सहयोगी थिए। सरदार भीमबहादुर पाँडे, सरदार गुञ्जमान सिंह र नरेन्द्रमणि आचार्य सहितको उनको बलियो टोलि थियो ।
भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०सम्पादन
विजय शमशेरले सम्बन्ध बढाएर १९५० को सन्धिको नेगोसिएसन भारतीय सत्ता पक्षसँग गरेका थिए। नेपालस्थित भारतीय दूतावासलाई थाहै नदिई विजय शमशेरले नेहरूसँगको आफ्नो पुरानो सम्पर्क र चिनजान प्रयोग गरी २००६ साल फागुनमा दिल्लीमा नेहरू र मोहन शमशेरबीच गराए। उनीहरूबीच सन्धिका बारेमा ९० मिनेट कुरा भयो। भारतले सन्धिको मस्यौदा तयार गरेको थियो तर नेपालमा छलफल नगरी सही नगर्ने अडान लिएर मोहन शमशेर नेपाल फर्केको सरदार भीमबहादुर पाँडेको पुस्तकमा उल्लेख छ।
त्रिपक्षीय दिल्ली सम्झौता १ फागुन २००७सम्पादन
विजय शमशेर र केशर शमशेर राणा दिल्लीमा राणा सरकारको तर्फबाट दिल्ली वार्तामा सहभागी भएका थिए।
राजदूतसम्पादन
२००७ साल पछि विजय शमशेर दिल्लीमा राजदूत भएर गए । नेपालमा प्रजातन्त्र आएपछि सन् १९५१ मा बबर शम्शेरलाई मन्त्रीबाट हटाएर त्यस ठाउँमा राख्नका लागि सिंह शम्शेरलाई भारतबाट फिर्ता बोलाएपछि तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले आफ्ना छोरा विजय शम्शेरलाई भारतको दोस्रो राजदूत बनाएर पठाएका थिए । उनी पनि त्यतिबेला विदेश मामिला नै हेर्दथे ।
सम्मानसम्पादन
सन्तानसम्पादन
- पशुपति शमशेर जवरा
- धर्म राज्य लक्ष्मी
- गंगा राज्य लक्ष्मी
- जमुना राज्य लक्ष्मी
निधनसम्पादन
विजय शमशेरको २९ डिसेम्बर १९५३ मा दिल्ली निवासमा नुहाउने इलेक्टि्रक गिजरमा विद्युत् प्रवाह हुँदा करेन्ट लागि निधन भएकाले विजय शमशेरले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न पाएनन्।[५][६]
सन्दर्भहरूसम्पादन
- ↑ Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990।
- ↑ Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३।
- ↑ नेपालको संयुक्त राष्ट्रसंघ–यात्रा
- ↑ http://bg.annapurnapost.com/uploads/media/The-Journey-of-Nepal-In-UN_20200201020945.jpg
- ↑ दिल्ली दूतावास खाली हुनाको परिणाम
- ↑ http://www.royalark.net/Nepal/lamb10.htm