पद्म शमशेर जङ्गबहादुर राणा
पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका १५औं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए ।
पद्म शमशेर जङ्गबहादुर राणा | |
---|---|
नेपालका प्रधानमन्त्री | |
पूर्वाधिकारी | जुद्ध शमशेर |
उतराधिकारी | मोहन शमशेर |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. २००२ – २००५ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | रुद्र शमशेर |
उतराधिकारी | मोहन शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | डिसेम्बर ५, १८८२ |
मृत्यु | अप्रिल ११, १९६१ |
वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे।
राज्याभिषेक
सम्पादन गर्नुहोस्वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा जुद्ध शमशेरले आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई जुद्ध शमशेरआफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे।
पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै, जुद्ध शमशेर रिडीतर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्मशमशेरले जनताको सामु ‘म राष्ट्र जनताको नोकर हुँ’ भने। पद्ममशेरले जनतासामु बोलेको यो शब्द निरङ्कुश शासकहरूको निमित्त ठूलो प्रहार थियो।
कार्य
सम्पादन गर्नुहोस्पद्म शमशेरले तराईमा पूर्व पश्चिमी सडक बनाउन लगाएका थिए। हुलाकीहरूको लागि छोटो र सजिलो बाटो बनाउन लगाएकाले यसलाई हुलाकी राजमार्ग भनिन्छ। यसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ।
शिक्षा
सम्पादन गर्नुहोस्- शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, पद्म कन्या क्याम्पस तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।[१]
नगर निर्वाचन
सम्पादन गर्नुहोस्- नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए।[२]
वैधानिक कानुन
सम्पादन गर्नुहोस्- विक्रम संवत २००४ माघ १३ मा नेपाल सरकार वैधानिक कानुन २००४ श्री ३ पद्म शमशेरले जारी गरे तर त्यो जारी पनि भएन, लागू पनि भएन ।
सि.नं. | नाम | हैसियत |
---|---|---|
१. | श्री बहादुर शमशेर जवरा | अध्यक्ष |
२. | श्री सिंह शमशेर जबरा | सदस्य |
३. | श्री कृष्ण शमशेर जबरा | सदस्य |
४. | मृगेन्द्र शमशेर जबरा | सदस्य |
५. | ब्रह्म शमशेर जबरा | सदस्य |
६. | शारदा शमशेर जबरा | सदस्य |
७. | विजय शमशेर जबरा | सदस्य |
८. | हेमराज पाण्डे | सदस्य |
९. | रत्नमान सिंह | सदस्य |
१०. | सरदार श्री गुन्जमान सिंह | सदस्य |
११. | सरदार नरेन्द्र मणि आचार्य दीक्षित | सदस्य |
१२. | सुवर्ण शमशेर जवरा | सदस्य-सचिव |
१३. | कुलनाथ लोहनी | सदस्य |
भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरी २००५ वैशाखसम्म लागू हुने टुङ्गो गरे। वैधानिक कानुनमा श्री ५ र श्री ३ को अस्तित्व, जनताका मौलिक हक, दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, पञ्चायतीसभा, प्रधानन्यायलय, प्रधान परीक्षक, दरखास्त परिषद् को व्यवस्था गरिएको थियो। बालिगहरूलाई मतदानको अधिकार प्रदान गर्ने पद्मशमशेरलाई उनका अनुदार भारदारहरूले ज्यान लिने धम्की दिए। त्यसकारण वि.सं. २००४ फागुन १८ गते औषधि गर्ने बाहानामा भारततिर गए। त्यसपछि वैधानिक कानुन क्रियाशील हुन पाएन।[५]
राजीनामा र उत्तरार्ध जीवन
सम्पादन गर्नुहोस्उदार विचारवाला भएर पनि भारदारहरूले पद्मशमशेरको सातो उडाइसकेका हुनाले उनी डराउँथे, आफ्नै भाइभारदारहरूबाट मारिनुपर्ला भनेर। राणाशासकहरूमा गोत्र हत्या भनेको सामान्य कुरा थियो।
त्यसकारण शान्तिपूर्वक कुनै बहानामा पलायन गर्नु नै एउटा बाटो उनले देखे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारत नयाँ दिल्ली पुगी प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेटे। नेहरूले उनलाई सम्झाई नेपाल फर्केर वैधानिक कानुन लागू गर्न निर्देशन दिए तर उनी लागे राँचीतिर। राँची पुगेपछि उनका साथमा गएकाहरूले राजीनामा दिन जोड गर्न थाले। तदनुसार वि.सं. २००५ वैशाख १६ गते श्री ३ पदबाट विधिवत् राजिनामा दिए।
उनी राँचीमा पनि बस्न नसकेकाले कलकत्ता पुगे। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पनि आउजाउ गर्दथे। २०१७ मा पक्षाघात रोगले पिडित भई कलकत्तामा ७८ वर्षमा उनको मृत्यु भयो।[६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू
- ↑ नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग नेपाल, २०७४, पृ: ८७१।
- ↑ Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990।
- ↑ Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६५, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६६, आइएसबिएन 99933-2-406-X।