मातृकाप्रसाद कोइराला

नेपालका राजनितीज्ञ

मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। कृष्णप्रसाद कोइरालाले दुई श्रीमती मध्ये जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला एक छोरा मात्र जन्म भयो। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने चार छोराहरू - पूर्वप्रधान मन्त्रीद्वय विश्वेश्वर प्रसाद कोइरालागिरिजा प्रसाद कोइराला एवं अन्य दुई छोराहरू - केशवप्रसाद कोइराला (उनी दिवंगत भएको र उनकी श्रीमती नोना कोइरालाको वि. सं. २०६३ मा निधन भयो।) र तारिणीप्रसाद कोइराला जन्मिएका थिए।

मातृका प्रसाद कोइराला
Matrika Prasad Koirala2.jpg
अमेरिकाका लागि नेपाली राजदूत
कार्यकाल
१९६१ – १९६४
१८ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०१० असार २[१] – २०११ फागुन १९ [२] १९५२
शासकराजा त्रिभुवन
पूर्वाधिकारीमोहन शमशेर ज.ब.रा.
उतराधिकारीराजा त्रिभुवनको शासन
कार्यकाल
१५ जून १९५३ – १४ अप्रिल १९५५
शासकत्रिभुवन, महेन्द्र
पूर्वाधिकारीराजा त्रिभुवनको शासन
उतराधिकारीराजा महेन्द्रको शासन
नेपाली काँग्रेसका प्रथम अध्यक्ष
कार्यकाल
१२ अप्रिल १९५० – २६ मे १९५२
उतराधिकारीविश्वेश्वरप्रसाद कोइराला
व्यक्तिगत विवरण
जन्म(१९१२-०१-०१)१ जनवरी १९१२
बनारस, बेलायती शासन
मृत्यु११ सेप्टेम्बर १९९७(१९९७-०९-११) (८५ वर्ष)
विराटनगर, नेपाल
अभिभावक(हरू)कृष्ण प्रसाद कोइराला
मोहन कुमारी कोइराला
नातेदारकोइराला परिवार हेर्नुहोस्

राजनीतिक जीवनसम्पादन

मातृकाप्रसाद कोइरालाको राजनीतिक जीवन भारतको स्वतन्त्रता संग्रामबाट सुरू भएको हो। भारतीय नेताहरू डा. राजेन्द्रप्रसाद, डा. मनोहर लोहिया र लालबहादुर शास्त्रीसँग सँगै सहभागी भएका कोइरालालाई गिरफ्तार गरी वि. सं. १९८७ सालमा भारतको बिहारस्थित मोतीहारी जेलमा राखिएको थियो। गान्धीवादी दर्शनबाट प्रभावित कोइरालाले उच्च शिक्षामा भारतबाट स्नातकसम्म अध्ययन गरेका थिए भने भारतबाटै विद्यालंकार समेत ग्रहण गरेका थिए। त्यसपछि सन् १९३० तिर मातृकाप्रसाद कोइराला नेपाल आए। सुरूमा उनले सरकारी जागिर खाए। वि. सं. २००४ सालमा भएको विराटनगर जुट मिलको श्रमिक आन्दोलनमा नेतृत्व तहको भूमिका निर्वाह गरे। यो नै उनले नेपालमा गरेका राजनीतिमा सक्रिय भूमिकाको पहिलो कदम थियो। वि. सं. २००३ सालमा उनी नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक अध्यक्ष बने। २००६ सालमा नेपाली कांग्रेसको संस्थापक सदस्य र पहिलो निर्वाचित सभापति बने।

प्रधानमन्त्रीसम्पादन

उनी वि. सं. २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) भए। वि. सं. २००८ सालमा मोहनशमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री ठूलो कि पार्टी सभापति ठूलो भन्ने बहसले निकै व्यापकता पायो । कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो। [३]

विवादित कार्यहरूसम्पादन

  • भारतीय सैनिक मिसनको आगमन एक वर्षका लागि भएको थियो । तर उसको बसाइ लामो समयसम्म रहने छाँटकाँट देखियो । उसले नेपाली सेनाको पुनर्गठन गर्‍यो र २५ हजारबाट घटाएर ६ हजारमा सीमित गरिदियो ।
  • नेपाली जनशक्तिले यहाँको प्रशासन चलाउन सक्तैन भनेर सरकारको गृह, सामान्य प्रशासन, अर्थ, रक्षा, परराष्ट्रलगायत विभागहरूमा भारतीय प्रशासकहरूलाई सल्लाहकार बनाएर राखियो । भारतीय प्रशासनविज्ञ मि.बुचको नेतृत्वको कमिसनले बुझाएको रिपोर्टका आधाररमा प्रहरी र निजामती सेवाका वरिष्ठ अधिकृत लगायतका तीन सयभन्दा धेरै जनशक्ति प्रधानमन्त्री मातृकाप्रसादले भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेर यहाँ जिम्मेवारीमा राखेका थिए ।
  • त्यतिखेरको राजनीतिक वातावरणलाई हेर्दा यहाँको राज्य सञ्चालनमा भारतीयहरूकै हालीमुहाली थियो । मन्त्रिमण्डलको बैठकको कार्यसूची बनाएर बैठक बसाल्ने, निर्णय गराउने कार्य भारतीय सल्लाहकार गोविन्द नारायण र हिन्द राजदूतले गर्थे । यस्तो लाग्थ्यो, यो कुनै भारतीय राज्यकै अङ्ग हो । कतिसम्म भन्नु त्यतिखेरको प्रधान न्यायालयको प्रधानन्यायाधीश र एटर्नी जनरल भारतीय थिए । मातृकाप्रसाद र उनका मन्त्रीहरू बेलाबखत आफ्नो आन्तरिक विषयमा पनि परामर्श र मार्गदर्शनका लागि दिल्ली गइरहन्थे । त्यतिखेर एउटा ठट्टा निकै प्रचलित थियो- पं. नेहरूलाई रुघा लाग्यो भने यहाँ प्रधानमन्त्री मातृकालाई हाच्छ्यूँ आउँछ ।
  • २००९ सालमा भारतीय सैनिकको सञ्चार सेटसहितको चेकपोस्ट नेपालको उत्तरी सिमानामा पश्चिम दार्चुलादेखि पूर्वमा तप्लेजुङसम्म १८ ठाउँमा स्थापना गरिएको थियो । संक्षेपमा भन्नुपर्दा नेपालको स्वतन्त्र अस्तित्व जोगाउने ठूलो चुनौती उपस्थित थियो ।

प्रधानमन्त्री पछिको जीवनसम्पादन

वि. सं. २०१७ सालको राजनीतिक घटनाक्रममा उनले एक महिनासम्म जेल जीवन बिताउनुपर्‍यो।

कुटनीतिसम्पादन

 
राष्ट्रपति जोन एफ केनेडी र अमेरिकाका लागि शाही नेपाली राजदूत मातृकाप्रसाद कोइराला

वि. सं. २०१८ सालमा अमेरिकाका लागि शाही नेपाली राजदूत हुनुका साथै संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त भए। उनी वि. सं. २०३० सालमा राष्ट्रिय विकास परिषद् मा मनोनित भए। वि. सं. २०३१ सालमा विश्व शान्ति सम्मेलनको नेतृत्व गरेका थिए।

वि. सं. २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भए पनि वि. सं. २०३५ सालमा राजीनामा दिए। २०३६ सालमा मोरङ जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनः निर्वाचित भए।

वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि. सं. २०४९ सालमा कोइरालाले प्रजातान्त्रिक पार्टीको अधिवेशन आह्वान गरे। उक्त अधिवेशनपछि प्रजातान्त्रिक पार्टी राष्ट्रिय जनता परिषद् बन्यो। उनी मरणोपरान्त सो पार्टीको अध्यक्ष रहे।

प्रकाशनहरूसम्पादन

मानार्थ ब्रीगेडियन जनरल (महारथी)को उपाधि प्राप्त कोइराला २००८ सालमा 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादक भए। उहाँका 'मेरो असम यात्रा', 'कोशीको कथा', 'मातृकाका कथा', 'पीपाको हबल्दार' जस्ता कृतिहरूलगायत विभिन्न पत्रिपत्रिकामा लेखरचनाहरू प्रकाशित छन्। उनी केही वर्षदेखि आफ्नो जीवनी लेखिरहेका थिए।

मृत्युसम्पादन

उनको निधन वि. सं. २०५४ साल भदौ २६ गते काठमाडौंमा भयो।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन