मध्यमाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य भागमा अवस्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार अवस्थित छ। मध्यमाञ्चलको सदरमुकाम काठमाडौँ हो। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिल्लाहरू छन्।
मध्यमाञ्चल विकास क्षेत्र | |
---|---|
देश | नेपाल |
सदरमुकाम | काठमाडौँ, काठमाडौँ जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २७,४१० किमी२ (१०५८० वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मध्यमाञ्चल विकास क्षेत्र | |||
---|---|---|---|
क्रम सङ्ख्या | अञ्चलहरू | जिल्लाहरू | सदरमुकाम |
१ | जनकपुर | ६ वटा | जनकपुर |
२ | बागमती | ८ वटा | काठमाडौँ |
३ | नारायणी | ५ वटा | वीरगञ्ज |
जम्मा | ३ वटा | १९ वटा |
यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथोँ सबैभन्दा ठुलो विकास क्षेत्र हो जसको क्षेत्रफल २७,४१० किमी२ (१०,५८० वर्ग माइल) रहेको छ तर जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ जनसङ्ख्या रहेको छ।[१] ३५२.३ व्यक्ति/किमी२ जनसङ्ख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।
यसै क्षेत्रमा पर्ने काठमाडौँ उपत्यकाको क्षेत्रफल ९५० किमी२ (३७० वर्ग माइल) छ; यस क्षेत्रको लम्बाई ३५ किमी (२२ माइल) पूर्व-पश्चिम, र चौडाई ३० किमी (१९ माइल) उत्तर-दक्षिण छ।
यस क्षेत्रमा धेरै महत्त्व राख्ने नदी हो बागमती, जुन कोशीको सहायक नदी हो। यो नदी काठमाडौँ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्मावलम्बीहरूद्वारा पवित्र नदी मानिन्छ।
यस क्षेत्रमा पर्ने अन्य नदिहरू छन् जसमा कमला नदी, लखनदेई नदी र विष्णुमति नदी आदी पर्दछन्। यी सबै साना नदीहरू बागमती नदीको सहायक नदीहरू हुन्।
सहरहरू
सम्पादन गर्नुहोस्यस क्षेत्रमा पर्ने महत्त्वपूर्ण सहरहरू काठमाडौँ, पाटन, भरतपुर, भक्तपुर, भैरहवा, ललितपुर, नगरकोट र जनकपुर। अन्य उल्लेखनीय ठाउँहरू हुन् खोकना, हेटौडा, हरिसिद्धी, गोदावरी, चितवन आदी हुन्।
प्रशासनिक इकाईहरू
सम्पादन गर्नुहोस्यस क्षेत्रमा ३ वटा अञ्चलतथा १९ वटा जिल्लाहरू छन:
अञ्चल | जनसङ्ख्या[२] (२०६८) |
क्षेत्रफल[३] (वर्ग किलोमिटर) |
जन० घनत्व (इन्च/वर्ग किलोमिटर) |
जिल्लाहरू | |
---|---|---|---|---|---|
सङ्ख्या | नाम | ||||
जनकपुर | २८,३७,४८१ | ९,६६९ | २९३.५ | ६ | धनुषा, दोलखा, महोत्तरी, रामेछाप, सर्लाही, सिन्धुली |
बागमती | ३८,४३,५९६ | ९,४२८ | ४०७.७ | ८ | भक्तपुर, धादिङ, काठमाण्डौ, काभ्रेपलाञ्चोक जिल्ला, ललितपुर जिल्ला, नुवाकोट जिल्ला, रसुवा जिल्ला, सिन्धुपाल्चोक जिल्ला |
नारायणी अञ्चल | २९,७५,९०८ | ८,३१३ | ३५८.० | ५ | बारा जिल्ला,चितवन जिल्ला, मकवानपुर जिल्ला, पर्सा जिल्ला, रौतहट जिल्ला |
सम्पूर्ण | ९६,५६,९८५ | २७,४१० | ३५२.३ | १९ |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "National Population and Housing Census 2011" (pdf), केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँ, नेपाल, नोभेम्बर २०१२, अन्तिम पहुँच १२ अक्टोबर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति
- ↑ "Nepal: Administrative Division", City Population, अन्तिम पहुँच १२ अक्टोबर २०१३।
- ↑ "Regions of Nepal", Statoids, २०१२-१२-०७, अन्तिम पहुँच १२ अक्टोबर २०१३।