नेपाल भारत सीमा
नेपाल भारत सीमा भारत र नेपाल बीचको खुला अन्तर्राष्ट्रिय सीमा हो। १,७५१ किलोमिटर (१,०८८.०२ माइल) लामो सीमामा हिमालयक्षेत्रका साथै उपमहाद्वीपको सिन्धु गङ्गा मैदान मैदान पनि समावेश छ।[१] नेपाल र ब्रिटिस राजबीच सन् १८१६ को सुगौली सन्धिपछि हालको सीमा तोकिएको थियो। भारतीय स्वतन्त्रता सङ्ग्राम पछि, प्रचलित सीमालाई नेपाल अधिराज्य र भारतीय अधिराज्यबीचको अन्तर्राष्ट्रिय सीमाको रूपमा मान्यता दिइएको थियो।
नेपाल-भारत सीमा | |
---|---|
विशेषता | |
देशहरू | भारत नेपाल |
लम्बाइ | १,७५१ किलोमिटर (१,०८८ माइल) |
इतिहास | |
स्थापना | वि.सं १९७२ नेपाल र ब्रिटिस राजबीच भएको सुगौली सन्धि |
हालको आकार | १५ अगस्ट १९४७ (२००४ साउन ३१) ब्रिटिस राजबाट भारतले स्वतन्त्रता हासिल गरेको |
सन्धिहरू | भारत-नेपाल शान्ति तथा मैत्री सन्धि |
इतिहास
सम्पादन गर्नुहोस्सीमा क्षेत्र ऐतिहासिक रूपमा विभिन्न भारतीय र नेपाली राज्यहरूको किनारामा अवस्थित छ। १७औँ शताब्दीमा सुरु भएको भारतमा ब्रिटिश शासनको समयमा यसले आफ्नो आधुनिक आकार लिएको थियो। १८औँ शताब्दीको उत्तरार्धमा नेपाली राज्यले विस्तार अभियान चलायो, जसले उनीहरूलाई अङ्ग्रेजहरूसँग द्वन्द्वमा ल्यायो र परिणामस्वरूप नेपाल अङ्ग्रेज युद्ध (वि.सं १८७१-७२) भयो।[२][३] नेपाल पराजित भएको थियो र सुगौली सन्धिद्वारा नेपाललाई बेलायतलाई ठूलो भूभाग सुम्पन बाध्य पारिएको थियो, जसले आधुनिक भारत-नेपाल सीमालाई प्रभावकारी रूपमा सिर्जना गरेको थियो। तराई क्षेत्रको व्यवस्थापन गर्न गाह्रो भएपछि अङ्ग्रेजहरूले सन् १८७२ मा यसको केही भाग नेपाललाई फिर्ता गरेका थिए।[४][५][६] भारतले सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेको र त्यसको तीन वर्षपछि उसले नेपालसँग मैत्री सन्धिमा हस्ताक्षर गरेको थियो, जसद्वारा दुवै देश एकअर्काको क्षेत्रीय अखण्डताको सम्मान गर्न सहमत भएका थिए। त्यसयता सम्बन्ध धेरै हदसम्म सुमधुर रहेको छ, यद्यपि धेरै सीमा विवादहरू अझै बाँकी छन्। उदाहरणका लागि वि.सं २०४३ र २०७२ मा पनि तनावका बेला सीमामा कहिलेकाहीँ नाकावन्दी हुने गरेको छ।[७][८]
नेपाल भारत सीमा नजिक भारत र नेपालमा बसोबास गर्ने समुदायहरूले सामान्यतया महाकाली उपत्यकाका भारत-नेपाल सीमाको पश्चिमी भागजस्ता सीमापारका समुदायहरूसँग नातागोता र स्रोत साधनको पहुँचको पुरानो, परम्परागत सम्बन्ध साझा गर्दै आएका छन्।[९]
सीमा
सम्पादन गर्नुहोस्भारतीय एकीकृत जाँच चौकीले तेस्रो मुलुकका नागरिकका लागि भन्सार र अध्यागमन प्रवेश प्रक्रियाका लागि प्रयोग गर्ने धेरै प्रमुख सीमा नाकाहरू छन्, जसलाई यहाँ पश्चिमदेखि पूर्वसम्म भारतका राज्यहरूद्वारा वर्गीकृत गरी प्रस्तुत गरिएको छ:
- उत्तराखण्ड:
- चम्पावत जिल्लामा बनबसा- कञ्चनपुर जिल्लामा दोधरा चाँदनी, सुदूरपश्चिम प्रदेश, नेपाल[१०]
- योजना गरिएको:
- उत्तरप्रदेश:
- बहराइच जिल्लामा रुपईडीहा- बाँके जिल्लामा नेपालगन्ज, नेपाल [१०]
- महाराजगन्ज जिल्लामा सोनौली- रुपन्देही जिल्लामा भैरहवा, नेपाल[१०]
- पूर्वी चम्पारण जिल्लामा रक्सौल- वीरगन्ज, नेपाल (नेपालको प्रवेशद्वार भनेर पनि चिनिन्छ')[१०]
- सीतामढी जिल्लामा भिट्ठामोड- मालिबरा, जलेश्वर, महोत्तरी जिल्ला, नेपाल
- अररिया जिल्लामा जोगबनी- विराटनगर, नेपाल[१०]
- पश्चिम बङ्गाल
- दार्जिलिङ जिल्लामा पानिटङ्की- काँकडभिट्टा, नेपाल
भन्सार
सम्पादन गर्नुहोस्सीमामा तारबार नभएकाले त्यहाँ धेरै साना आधिकारिक र अनौपचारिक सीमा नाकाहरू छन्। नेपाली भाषामा छोटी भन्सार भनेर चिनिने साना आधिकारिक सीमा नाकाहरू पश्चिमदेखि पूर्व (भारतीय राज्यद्वारा) निम्नानुसार छन्:
उत्तराखण्ड
- पिथौरागढ जिल्लामा झुलाघाट - बैतडी जिल्लामा महाकाली, नेपाल
उत्तरप्रदेश
- लखिमपुर खेरी जिल्ला गौरीफन्टामा- धनगढी, नेपाल।
- लखिमपुर खेरी जिल्लामा मुर्थिया - गुलरीया, बर्दिया, नेपाल।
- श्रावस्ती जिल्लामा ताल बगौरा- लक्ष्मणपुर, नेपाल।
- बलरामपुर जिल्लामा तुल्सीपुर - कोइलाबास, दाङ जिल्ला नेपाल।
- सिद्धार्थनगर जिल्लामा बढनी बजार - कृष्णनगर, नेपाल
बाहार
- सीतामढी जिल्लामा भिट्ठामोड, बिहार- जलेश्वर, महोत्तरी जिल्ला, नेपाल
- पश्चिम चम्पारण जिल्लामा वाल्मिकीनगर (भिखना ठोरी) - पर्सा जिल्लामा ठोरी , नेपाल[११]
- सीतामढी जिल्लामा बैरगनिया - रौतहट जिल्लामा गौर, नेपाल।[११]
- सीतामढी जिल्लामा सोनवर्षा - मलङ्गवा सर्लाही जिल्ला, नेपाल।
- मधुबनी जिल्लामा पिप्रौन- धनुषा जिल्लामा नगराईन, नेपाल।
- मधुबनी जिल्लामा जयनगर- सप्तरी जिल्लामा इनर्वा फुलवरीया, नेपाल।[११]
- सुपौल जिल्लामा भीमनगर - - सुनसरी जिल्लामा, भन्टाबारी - हरिपुर, नेपाल (कोशी ब्यारेज मार्फत)।[११]
- अररिया जिल्लामा अमगाछी- मोरङ जिल्लामा रङ्गेली, नेपाल।
- बहादुरगन्ज (बरिया) किशनगन्ज जिल्लामा (बैरिया बजार) - झापा जिल्लामा गौरीगन्ज, नेपाल।
- गालगलिया (किशनगन्ज जिल्ला)।[११]
पश्चिम बङ्गाल
- दार्जिलिङ जिल्लामा मिरिक- पशुपतिनगर, इलाम, नेपाल
सीमा सुरक्षा
सम्पादन गर्नुहोस्नेपाल भारत सीमा तुलनात्मक रुपमा शान्तिपूर्ण छ। नेपाली र भारतीय नागरिकलाई एकअर्काको देशमा प्रवेश गर्न राहदानी वा प्रवेशाज्ञाको आवश्यकता पर्दैन र पर्यटन र वाणिज्यका लागि हरेक दिन दशौँ हजार मानिस सीमा पार गर्छन्।
सीमाको भारतीय पक्षलाई सशस्त्र सीमा बल र स्थानीय प्रहरीले नियमन गर्दै आएका छन्। सीमाको नेपालतर्फ नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय शाखाले नियमन गर्दै आएको छ। प्रायः सशस्त्र सीमा बल (भारत) र सशस्त्र प्रहरी बल (नेपाल)ले सीमामा संयुक्त गस्ती गर्छन्।[१४]
स्थानीय स्तरमा भारतीय र नेपाली जिल्ला अधिकारीहरू आ-आफ्नो सीमा क्षेत्रमा सुरक्षा चुनौती र अन्य मुद्दाहरूमा छलफल गर्न नियमित रूपमा भेला हुन्छन्। यस्ता बैठकमा प्रायः जिल्ला अधिकारी, स्थानीय सशस्त्र सीमा बलका प्रतिनिधि, भारतका भन्सार प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय सशस्त्र प्रहरी, प्रहरी र नेपालबाट भन्सार प्रमुख सहभागी हुने गरेका छन्। [१५]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Nepal", CIA World Factbook, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०।
- ↑ "History of the Nepalese Army", nepalarmy.mil.np, Nepal Army, मूलबाट २८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१९।
- ↑ Marshall, Julie G. (२००५), Britain and Tibet 1765–1947: A Select Annotated Bibliography of British Relations with Tibet and the Himalayan States Including Nepal, Sikkim and Bhutan, आइएसबिएन 9780415336475।
- ↑ "Treaty of Sagauli | British-Nepalese history [1816]", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-२७।
- ↑ Stephen Groves (२२ सेप्टेम्बर २०१४), "India and Nepal Tackle Border Disputes", The Diplomat, मूलबाट २९ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-२८।
- ↑ "Nepal: A Country Study", Library of Congress, १९९१, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०।
- ↑ "Nepal PM Wants India to Lift Undeclared Blockade", अन्तिम पहुँच २०१६-०९-१२।
- ↑ Arora, Vishal (नोभेम्बर २०१५), "R.I.P., India’s Influence in Nepal", The Diplomat।
- ↑ Pandey, Abhimanyu; Pradhan, Nawraj; Chaudhari, Swapnil; Ghate, Rucha (२०१७-०१-०२), "Withering of traditional institutions? An institutional analysis of the decline of migratory pastoralism in the rangelands of the Kailash Sacred Landscape, western Himalayas", Environmental Sociology 3 (1): 87–100, डिओआई:10.1080/23251042.2016.1272179।
- ↑ १०.० १०.१ १०.२ १०.३ १०.४ India Bhutan in talks for establishing connectivity, newsdrum, 7 August 2023.
- ↑ ११.० ११.१ ११.२ ११.३ ११.४ 10 Land Customs Stations To Come Up In Bihar Along Indo-Nepal Border: Shah., outlookindia, 16 sept 2023.
- ↑ "India Nepal Trade Agreement. India-Nepal Foreign Treaty of Trade Agreement.", www.eximguru.com, अन्तिम पहुँच २०१९-०९-१२।
- ↑ "Department of Customs, Nepal - Custom Contact Offices", www.customs.gov.np, मूलबाट २५ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-१२।
- ↑ "Armed Police Force, SSB start joint patrolling on no man’s land", The Himalayan Times, ७ Jan २०१९।
- ↑ "Nepal-India border security meeting concludes", The Himalayan Times, १६ Oct २०१८।