रुक्मिणी ताल : बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो तालमा वर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्। स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ। यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुसार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ। यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ। प्राय चैत बैशाख महिनामा यस तालबाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ। यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडिबूटिहरू पाइन्छन्, साथै यो ताल वरिपरि विभिन्न किसिमका चराहरू पाइने भएकोले बर्ड् वोचिङ्को लागि उपयूक्त ठाँउ हो।

रुक्मिणी ताल (कमल दह) रुकुमकोट, रुकुम
रुक्मिणी ताल (कमल ताल)
रुक्मिणी ताल
Location of Kamal lake in Rukum, Nepal.
Location of Kamal lake in Rukum, Nepal.
रुक्मिणी ताल (कमल ताल)
स्थानरुकुमकोट, रुकुम, नेपाल
निर्देशाङ्क२८°३६′५१″उ॰ ८२°३७′३२″पू॰ / २८.६१४१७°N ८२.६२५५६°E / 28.61417; 82.62556निर्देशाङ्कहरू: २८°३६′५१″उ॰ ८२°३७′३२″पू॰ / २८.६१४१७°N ८२.६२५५६°E / 28.61417; 82.62556
प्रवाहित राष्ट्रहरूनेपाल
पदनामताल
सतहको क्षेत्रफल२ किमी (०.७७ वर्ग माइल)
सतह उचाइ१,३७२ मिटर (४,५०१ फिट)
स्थानहरूरुकुमकोट
नक्सा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्