पारो ताकसाङ (जोङ्खा भाषा: སྤ་གྲོ་སྟག་ཚང་།; पड्रो तग्छाङ्) (टाइगर नेस्ट भनेर पनि चिनिने) एउटा प्रसिद्ध भुटानी मठ हो। [१] एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो। जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ। यो मठ भुटानको पारो उपत्यकामा स्थित छ। ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ। भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ। समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो।

ताकसाङ मठ
ताकसाङ ("टाइगर नेस्ट")
निर्देशाङ्क:२७°२९′३०.८८″उ॰ ८९°२१′४८.५६″पू॰ / २७.४९१९१११°N ८९.३६३४८८९°E / 27.4919111; 89.3634889
मठ जानकारी
स्थानपारो उपत्यका, पारो जिल्ला, भुटान
स्थापित८औ शताब्दीमा ध्यान गुफाको रूपमा पछि (औपचारिक रूपमा सन् १९६२ पछि मठ बनाइएको)
पुनर्निर्माण मिति१९५८ र २००५
किसिमतिब्बती बौद्ध
सम्प्रदायद्रुक्पा काग्युनिङगमा
को लागि समर्पितगुरू पद्मासम्भा
वास्तुकलाभुटानी

भुटानको पर्यटकीय, धार्मिक, कला र संस्कृतिको आश्य बोकेको ताकसाङ सत्रौ शताब्दीदेखिका बौद्ध मुर्तिहरू जस्ताको तस्तै रूपमा पाइन्छ। आन्तरिक एवम वाह्य पर्यटकको समेत आइरो लाग्ने ठूलो पहाडको कोखमा अवस्थित गुम्बा जति हेरू उति नै हेरू लाग्ने खालको छ। वरिपरीका बनजङ्गल तथा उचाइबाट देखिने दृष्यहरूले जो कोहीलाई मन्त्रमुघ्द पार्दछ। गुम्बा नजिकैको झर्नाले त झनै ताकसाङलाई सुन्दर बनाएको छ। प्राकृतिक सुन्दरता मात्रै होइन ताकसाङले ऐतिहासिक महत्त्व पनि बोकेको छ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Lopen Kunzang Tinley (२००८), Seeds of Faith: A Comprehensive Guide to the Sacred Places of Bhutan V1, Thimphu: KMT Publishers, पृ: 121–130, आइएसबिएन 99936-22-42-7 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्