पाल्पा राज्य

पाल्पा राज्य एक चौबिसे राज्य थियो। चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो। खस राज्यको विघटन पछि यो राज्य बनेको थियो। यस राज्यको स्थापना रिप्दिकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा गरेका थिए।

पाल्पा राज्य

पाल्पा
वि.सं. १५५०–वि.सं. १८६१
राजधानीतानसेन
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १६१६ - १६२७
रुद्र सेन (प्रथम)
• 
मुकुन्द सेन
• वि.सं. १७७९ - १८६१
पृथ्वीपाल सेन (अन्तिम)
इतिहास 
• राजा रुद्र सेनद्वारा शासन सुरु
वि.सं. १५५०
• नेपाल अधिराज्यमा विलय
वि.सं. १८६१
पूर्ववर्ती
उत्तरवर्ती
लिगलिगकोट क्षेत्र
त्रिशुली क्षेत्र
नेपाल अधिराज्य
अचेल नेपाल

इतिहाससम्पादन

खस साम्राज्य अन्तर्गतसम्पादन

पाल्पा राज्य चौबिसी राज्यको समूहमा पर्थ्यो. चौबिसी राज्य हरू मध्ये पाल्पा राज्य एक सबल र सक्षम राज्य मानिन्थ्यो. यो राज्यको स्थापना हुनु भन्दा पहिले यस क्षेत्रमा स-साना थुम राज्यहरू थिए. जहाँ मगर मुखियाहरूले शासन गर्दथे। त्यसतै कुनै समयमा यो क्षेत्र खस साम्राज्यको अधिनामा परेको पाइन्छ। खस राज्यका राजा अशोक चल्लको शासनकालमा (बि.सं १३१२-१५) सम्ममा उक्त साम्राज्यको पूर्वी सिमाना त्रिशुली नदीसम्म पुगेको थियो। खस साम्राज्य गण्डकी प्रदेश सम्म फैलिएको र पाला पनि यही क्षेत्रमा पर्ने हुनाले मध्यकालामा पाल्पा क्षेत्र पनि उक्त साम्राज्यमा थियो भन्ने स्पस्ट हुन्छ।

स्वतन्त्र राज्यसम्पादन

खस राज्यको विघटन पछी रिब्दीकोटका सामन्त शासक रुद्र सेनले बि.स १५५० मा पाल्पा राज्यको स्थापना गरेका थिए। पाल्पा जिल्लाको प्रभास भन्ने ठाउँमा रहेको शिवालय जिर्णोद्वार गर्दा पाइएको एक शिलालेखमा बि. स १५४९ मा रुद्र सेना राजा भएको देखिएको छ। [१] [२]

पाल्पा राज्यको स्थापना बि.सं. १५५० मा रुद्र सेनले गरेका थिए जसको अस्तित्व वि.सं. १८६१ सम्म कायम थियो ।

यस राज्यमा सेनवंशका बाह्र जना राजाहरूले तीन शताब्दी सम्म शासन गरेका थिए। मुकुन्द सेन प्रथमको शासनकालमा यो राज्यको भौगोलिक क्षेत्र विशाल भू-भागमा फैलिएको थियो. "गण्डकी महात्म्य " मा यस राज्यको सिमाना पूर्वमा बराहक्षेत्रसम्म, पश्चिमामा रुरु क्षेत्रसम्म, उत्तरमा मुक्तिक्षेत्र सम्म र दक्षिणमा हरिहरक्षेत्रसम्म फैलिएको कुरा उल्लेख गरिएको छ । [३] तापनी उक्त समयमा कालीगण्डकीको पश्चिममा पर्वत राज्य र सो नदीको पूर्वमा भीरकोट, नुवाकोट र कास्की राज्य स्थापना भइसकेको देखिएकाले[४] पाल्पा राज्यको उत्तरी सिमा मुक्तिक्षेत्र सम्म पुगेको थियो भन्ने भनाई सत्य ठहर्दैन।

मुकुन्द सेनसम्पादन

मुकुन्द सेन प्रथमको समयमा पाल्पा राज्यको समृद्धि, ख्याती र उन्नति चरम उत्कर्षमा पुगेको थियो. उनको समयमा भएको पाल्पा राज्यको भौगोलिक क्षेत्र विस्तार तथा सभ्यता र संस्कृतिको उन्नतिले उक्त कुराको पुष्टि गर्छ. मुकुन्द सेनले गण्डकी प्रदेश को गोरखा सम्म आफ्नो अधिकार जमाउन सफल भएका थिए. एक स्रोत मा उल्लेख भए अनुसार कान्तिपुरका राज्या रत्न मल्ललाई कुकुनाम र देवान नाम गरेका भोटका जमातले दुख दिदा उनले गुहार मागेकाली पाल्पाका राजा मुकुन्द सेनले रत्न मल्लको उद्धार गरेका थिए.

मुकुन्द सेनको मृत्यु र राज्य बिखन्डनसम्पादन

पाल्पाली राजा मुकुन्द सेनको मृत्यु पछी उनले संगठित बनाएर राखेको पाल्पा राज्य टुक्रन गएको थियो। र तनहुँ भृङ्गी सेन नाम गरेका उनका छोराको भागमा परेको थियो।[५][६] मुकुन्द सेन एक धार्मिक प्रवृतिका राजा थिए र यिनले आफ्नो अन्तिम समयमा राजनीति बाट अलग भएर देवघाटामा धार्मिक जीएवन बिताएका थिए. आफू द्वारा विजित पाल्पा राज्य अन्तर्गतका क्षेत्रहरूमा उनले आफ्ना छोराहरूलाई प्रशासक बनाएर पठाएका थिए र उनको मृत्यु भएपछि उनका छोराहरूले नै आफू प्रशासक भएको क्षेत्रलाई छुट्टै राज्यको रुपमा स्थापना गरी आफूलाई राजा बनाए र विशाल पाल्पा राज्य टुक्रिन पुगेको थियो।

नेपाल एकीकरणमा योगदानसम्पादन

बहादुर शाहले पाल्पा राज्य सँग गरेको गरेको सन्धिअनुसार विजय गरिएका राज्यहरु आपसमा बाँडेर लिने कुरा उल्लेख थियो।

वि सं १८४३ जेठमा अघि बढेको नेपाली र पाल्पाली संयुक्त फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय गर्यो । यसपछी क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरी मङ्सिरसम्ममा भेरी नदिसम्मका क्षेत्रहरु एकीकृत गरिए। पाल्पासँग गरिएको सन्धिअनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो।

बि.सं १८५४ असार १४ मा बहादुर शाहको हत्या भएपछी पाल्पा राज्य र महादत्त सेनाको नेपालसंगको पूर्ववत् सम्बन्ध मधुर सम्बन्ध कायम हुन सकेन।

राजाको वंशावलीसम्पादन

  1. रुद्र सेन
  2. मुकुन्द सेन
  3. माणिक्य सेन
  4. पिरोज सेन
  5. पृथ्वी सेन
  6. त्रिलोक सेन
  7. अमर सेन
  8. गन्धर्व सेन
  9. उद्योत सेन
  10. मुकुन्द सेन द्वितीय
  11. महादत्त सेन
  12. पृथ्वीपाल सेन

पृथ्वीपाल सेनको कायरतापूर्वक हत्या गरी गिर्वाण्युद्धको पालामा पाल्पा राज्य नेपालमा गाभियो।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. उक्त शिलालेखको पूर्ण पाठ यस्तो छ: " उ थम शिवाय मनुमिंद गते शाके १४१४ उदैए शुत्र च धर्मे (ण रु द्रा दि र सेन राजा)"
  2. बानियाँ क्षेत्री, डा. कर्णबहादुर (२०६३ बि.सं), पाल्पा गौडा: एक ऐतिहासिक अध्ययन, फूलचोकी पब्लिकेशान एण्ड डिस्त्रिब्युसन प्रा. लि., पृ: १५, आइएसबिएन 99946-2-032-0 
  3. पाल्पा राज्यको इतिहास, भाग १, बि.सं २०४५, पृ: १०। 
  4. आचार्य, बाबुराम (बि.सं २०२४), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग १, नेपाल, श्री ५ महाराजाधिराजका प्रेस सचिवालय, पृ: २-५। 
  5. रेग्मी, डिल्लीरमण (सन् १९७५), Modern Nepal, volume 1, फर्मा के. एल. मुखोपाध्याय, पृ: ६२। 
  6. घिमिरे, श्रीराम (बि.सं २०४६ भदौ-असोज), प्राचिन नेपाल:तनहूँको राजनीतिक इतिहास, पुरातत्व बिभाग, पृ: २२।