भैरवस्थान, पाल्पा

भैरवस्थान नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] हो । यस गाविसको वडा नम्बर ५ को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरव मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडवाडहरूमा बोका, हाँस, परेवा, कुखुरापाडाहरूको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरूको दृष्यावलोकन गर्न सकिन्छ ।

भैरवस्थान
Bhairabsthan
PalpaMap.jpg
भैरवस्थानको आधिकारिक छाप
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२,२११[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

जनसङ्ख्यासम्पादन

बि.स.२०६८ को जनगणना अनुसार भैरवस्थान गाविस को जनसङ्ख्या २,२११ रहेको छ । यो गाविसमा ५७२ वटा घर छन ।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन