देवनागरी लिपि

देवनागरी लिपि अथवा नागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिने अक्षरात्मक लिपिमा आधारित एक प्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोग भारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकास प्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटा वर्णहरू हुन्छन् जसमा १४ वटा स्वरवर्ण र ३३ वटा व्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपि नेपालभारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।

मराठी, पाली, संस्कृत, हिन्दी, नेपाली, शेर्पा, प्राकृत, अपभ्रंश, अवधी, भोजपुरी, ब्रज भाषा, छत्तीसगढी, हरियाणवी, मगही, नागपुरी, राजस्थानी, भिली, डोगरी, मैथिली, कश्मीरी, कोङ्कणी, सिन्धी, बोडो, नेवारी, पन्जाबी, मुन्डारीसन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपि नन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुन दक्षिण भारतका विभिन्न प्राचीन पाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्न दक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित: