कैलाली जिल्ला

(कैलाली बाट पठाईएको)

कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भू-भाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा ६ वटा नगरपालिका छन् , ६ वटा गाउँपालिका १ उपमहानगरपालिका रहेको छन्। :लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, अत्तरिया नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी-त्रिशक्ती नगरपालिकाधनगढी उपमहानगरपालिका , कैलारि गाउँपालिका, चुरे गाउँपालिका, बर्दगोरिया गाउँपालिका,जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका रहेका छन्। "टीकापुर बृहत उद्यान" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । कैलाली र कंचनपुरका प्रमुख देवता श्री कार्तिकेय (मोहन्याल),ग्वाशी समैजी , बैजनाथ ,सिद्धनाथ हुन् ।

कैलाली जिल्ला

जिल्लाको नामाकरणसम्पादन

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन् । ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो । माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ । सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ ।

प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कैलाली नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।

भौगोलिक अवस्था

  • विकासक्षेत्र: सुदूर पश्चिमाञ्चल
  • अञ्चल: सेती
  • अक्षांस: २८.२२" उत्तर देखि २९.५" उत्तर सम्म
  • देशान्तर: ८०.३०" पूर्व देखि ८१.१८" पूर्व सम्म
  • सिमाना: पूर्व-कर्णाली नदी, बर्दियासुर्खेत, पश्चिम-कञ्चनपुरडडेलधुरा, उत्तर-डोटीडडेलधुरासुर्खेत, दक्षिण- मोहना नदी र भारतको उत्तर प्रदेश राज्य
  • क्षेत्रफल: ३,२३५ वर्ग किलोमिटर(पहाड ४०.३% र तराई ५९.७%)
  • सबभन्दा अग्लोस्थान: १,९५० मिटर
  • सबभन्दा होचोस्थान: १०९ मिटर
  • धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश

कैलाली र कंचनपुर जिल्लाका ऐतिहासिक तप्पाहरुसम्पादन

  • १) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन र शासित क्षेत्र)
  • २)बोगटान तप्पा डोटीका ठकुरी बम/ठकुरी बोगटी रजवारहरूको पशुपालन र शासित क्षेत्र)
  • ३) मल्हावार मल्लको पशुपालन र जिम्दारी क्षेत्र
  • ४) रैका तप्पा (मुख्यतया रैक्वारक्षेत्र) डोटी रैका शाही /मल्लको पशुपालन र शासित क्षेत्र

प्रमुख नदीहरूसम्पादन

 
कर्णाली नदी

प्रमुख तालहरूसम्पादन

घोडाघोडी ताल, जोखर ताल, तिलेक, कोईलही, लौकाभौका, वेहडावावा

प्रमुख धार्मिक स्थलहरूसम्पादन

श्री कार्तिकेय (मोहन्याल), श्री सिंहासन, धनगढी ४ उत्तरवेहडी शिवपुरीधाम, शमैजी (गोला देउ) फूलवस्ती, गोदावरीगंगा, ग्वाशी, बेहडाबाबा, लक्ष्मीनारायण मन्दिर, नैनादेवी मन्दिर, पशुपति मन्दिर, वेङ्कटेश्वर मन्दिर, वनदेवी मन्दिर, गोदावरीस्थित शिव मन्दिर, खैरालामा रहेका श्री मोहन्याल मन्दिर,चौमालाको श्री मोहन्याल बाबा,शिवको जटासंग सम्बन्धित शिवगंगानदी

गोदावरी नगरपालिका बडी मछेली नदिको छेउमा रहेको  ग्वाशी समैजीको थान पनि  एक महत्त्वोपूर्ण  धार्मिक स्थल हो । स्यालपाठा-कारा नामले पनि चिनिने  यस थानमा  देबी देवताका पुजा र बोकाको बलि पनि  दिइन्छ ।

प्रमुख पर्यटक स्थलहरूसम्पादन

टीकापुर पार्क, घोडाघोडी ताल, लम्किको चिसापानि स्थित कर्णाली पुल, खैराला दरबार, गोदावरी, खानीडाडा, धनगढी स्थीत जोखर ताल, धनगढी पार्कराजकॉडाबर्दगोरिया आदि हुन....

बङ्गला (टीकापुर पार्क)सम्पादन

बङ्गला यो टीकापुर पार्क को वास्तविक नाम हो। टिकापुर पार्क नेपाल कै सबै भन्दा ठुलो उद्ध्म क्षेत्र हो । यो तल्लो बोगटान क्षेत्र निगाली गाउँ विकास समिति अलाड गाउँ जन्मथलो भएका तत्कालिन पंच मन्न्री खडक बहादुर सिंहको पहल, योजना र योगदानमा राजा महेन्द्रको पाला स्थापना गरिएको सुन्दर स्थान हो।हाल एस को सम्पुर्ण जिम्मेवारी र अधिकार टिकापुर नगरपालिका लाइ रहेको छ। यो पार्क शाही परिवार सङ्ग चिरपरिचित छ। एहां बर्सेनि हजारौं को सङ्ख्या मा आन्तरिक तथा वाहिरी पर्यटक आउछ्न । नया वर्ष, तिहार पछि, माघी पर्ब मा यहाँ विशेष रमाइलो गर्न दैनिक २० हजार भन्दा बढी मानिसको भिद हुन्छ । कर्णाली नदिको किनर मा रहेको यो स्थान बन भोज र नदिमा साहासिक कार्य गर्न र पार्क मा करिब १० प्रजातिको फुलहरू नै एस्को विशेष आकर्षण हो।

प्रमुख जातजातिहरूसम्पादन

थारुहरूमा जस्तैः कठरिया, चौधरी , कुश्मी, दहित, महतो, घोतैली,बैद्य,रजबंशी ,डङ्गौरा ,जगथवा, कलेहुव , राना थारू आदि (थारु जाती यस जिल्लामा बसोबास गर्ने प्रमुख जाती हो))
बाहुनहरू जस्तैः पन्त, भट्ट, रेग्मी, जोशी, उपाध्याय, पाठक, पनेरू, दाहाल, फुलारा, भण्डारी आदि ।
ठकुरीहरू जस्तै: शाह, शाही, चन्द, देउवा ,मल्ल , बोगटी, रजवार, पाल, सिंह, बम (बम्म), हमाल ठकुरी आदि ।
क्षेत्रीहरू जस्तैः कुंवर, खाती,बोहरा, खड्का, धामी, साउँद, बिष्ट, कार्की, महरा, महत, बोगटी, धानुक, कडायत, थापा आदि |दलित समुदायको पनि बाक्लो बस्ती छ!जस्तै:-विश्कर्मा,तिरुवा,दमाई,बादी,ढोली,सार्की आदि!

नयाँ टिकापुरसम्पादन

यो दुर्गौली गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो । यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो। यहाँ विशेष गरी थारू र क्षेत्री को बहुल्यता रहेको छ। यस गाउँ मा रहेको जगन्नथिया बाबा नामक मन्दिर को कारण ले चर्चा मा छ ।

यो पनि हेर्नुहोससम्पादन

नेपालको क्षेत्रीय वर्गीकरण

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन