काशीराम थापा

कान्तिपुर राज्यको सेनापति

काशीराम थापा कान्तिपुरका राजा जयप्रकाश मल्लका सेनापति थिए । राजा जगज्जय मल्लले उनलाई नुवाकोटको उमराव (प्रमुख प्रशासक) पदमा खटाएका थिए । उनी पलाञ्चोक जिल्लाका बगाले थापा हुन् ।[१] उनलाई राजा जयप्रकाश मल्लले नुवाकोटको सुरक्षाका निम्ति पृथ्वीनारायण शाहका गोरखाली सेनामाथि हमला गर्न पठाएका थिए । उक्त युद्ध हारेबापत उनलाई गोरखासँग मिलिमतो गरेको आरोपमा जयप्रकाश मल्लले विसं १८०३ मा गौरीघाटमा जनैपूणिर्मा को पर्वमा पितृतर्पण ,ऋषितर्पण गर्न लागेको बेलामा काट्न लागाएर प्राणदण्ड दिएका थिए।[२] उनका भाइ पर्शुराम थापाले दाजुको हत्या पश्चात कान्तिपुर त्यागी गोरखाली सेनामा गए ।[३]

श्री काजी
काशीराम थापा
नुवाकोटको उमराव
व्यक्तिगत विवरण
मृत्युसन् १७४६
गौरीघाट, काठमाण्डौमा प्राणदण्ड
सैन्य सेवा
निष्ठाकान्तिपुर
श्रेणीकाजी
लडाई/युद्धहरूनुवाकोटको युद्ध (गोरखा राज्यको विरूद्ध)

स्रोत सम्पादन गर्नुहोस्

  1. https://books.google.com.np/books?id=bmJDAAAAYAAJ&q=Kashiram+thapa&dq=Kashiram+thapa&hl=en&sa=X&redir_esc=y
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५३, आइएसबिएन 99933-2-406-X 
  3. लेखक:महेशचन्द्र रेग्मी, पुस्तक:रेग्मी रिसर्च सिरिज