गणेश पाँडे
गोरखा राज्यको प्रथम काजी
काजी गणेश पाँडे राजा द्रव्य शाहका काजी (प्रधानमन्त्री) थिए।[१] द्रव्य शाहलाई गोरखाको राजा बनाउन उनले मदत गरेका हुन्। उनले भागीरथ पन्त, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, केशव बोहोरा, मूर्ति खवास, गङ्गाराम राना, आदि सँग सहकार्य गरेर राजा द्रव्य शाहलाई सत्तामा बसाए । उनका पछिल्ला पुस्ता कालु पाँडे र तुलाराम पाँडे हुन् ।
स्रोतसम्पादन
- ↑ रेग्मी १९७५, पृष्ठ ३०.
साम्रगीसम्पादन
रेग्मी, डिल्लीरमण (१९७५), मोर्डन नेपाल।