बिबिसी नेपाली बीबीसी विश्व सेवाको विदेशी भाषा अन्तर्गत प्रदान गरिएको विभिन्न २७ वटा भाषाका सेवाहरू मध्ये एक हो। यो एफएमइन्टरनेटमार्फत नेपाली भाषामा प्रसारण गरिन्छ।

बीबीसी नेपाली
प्रकाररेडियो सञ्जालवेबसाइट
देशसंयुक्त अधिराज्य संयुक्त अधिराज्यनेपाल
उपलब्धअन्तरराष्ट्रिय
मालिकबीबीसी
प्रसारण मिति७ जुन १९६९
आधिकारीक वेबसाइटबीबीसी नेपाली

इतिहास सम्पादन गर्नुहोस्

बीबीसी नेपाली, बीबीसी विश्व सेवामा एक साप्ताहिक कार्यक्रमको रूपमा ७ जून १९८६ मा सुरु भएको थियो। सुरुवाती वर्षहरूमा कार्यक्रमहरू बेलायतमा अध्ययन गर्दै गरेका नेपाली विद्यार्थीहरूले सञ्चालन गरेका थिए। सन् १९७० मा बीबीसीको नेपाली सेवाको प्रसारण हप्ताको पाँच दिनमा उपलब्ध गराइएको थियो, र पछि हप्ताको हरेक दिन उपलब्ध गराइएको थियो। सुरुमा, कार्यक्रमहरू हङकङमा काम गर्दै गरेका ब्रिटिश गोरखा राज्य सैनिकहरूद्वारा निर्देशित गरिएको थियोे। पछि यो नेपाली समुदायमा अप्रत्यक्ष र विश्वसनीय समाचार प्रसारणको व्यापक रूपमा लोकप्रिय भएको थियो। हालका दिनहरूमा बीबीसी नेपाली सेवा प्रसारण दुनियाभरका नेपाली श्रोताहरूले प्राप्त गरेका छन्।

पहिलो कार्यक्रम सम्पादन गर्नुहोस्

बीबीसी नेपाली सेवाको प्रथम प्रसारण सन् १९६९ जुन ७ मा भएको थियो। कार्यक्रम सुरु हुँदा हेदर बोन्ड नेपाली भाषाको कार्यक्रमकी संयोजक थिइन् भने पुरन अग्रवाल प्रस्तोता थिए।

कार्यक्रम सम्पादन गर्नुहोस्

बीबीसी नेपाली समाचार, विश्लेषण, र छलफलमा केन्द्रित छ। यो ४५ मिनेट सम्म प्रसारण हुँदै आइरहेको छ। दैनिक १५-मिनेटको कार्यक्रममा बिहान ०७:१५ (युटिसी +१: ३०) मा प्रसारण गरिन्छ र आधा घण्टाको कार्यक्रम बेलुकाको ८:४५ (युटिसी +५: ४५) मा प्रसारण गरिँदै आइरहेको छ। आधा घण्टा कार्यक्रममा समाचार र अन्य केहि कार्यक्रमहरूमा केन्द्रित छ जस्तै बीबीसी आम समस्या कार्यक्रम एक धेरै प्रभावकारी कार्यक्रम हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्