चाउ एन लाइ

जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री (१८९८-१९७६)
(चाउ एन लाई बाट पठाईएको)

चाउ एन लाइ ([t͡ʂɤ́ʊ̯ ə́n.lǎɪ̯]; 周恩来, जन्म: ५ मार्च १८९८; मृत्यु: ८ जनवरी १९७६), जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री थिए जसले अक्टोबर १९४९ देखि जनवरी १९७६ सम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए। चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ त्से तुङ्को नेतृत्वमा कम्युनिष्ट पार्टीले चीनको कब्जामा उनले लिएको भूमिका खेले र त्यसपछि चीनको विदेश नीति र आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका खेले। उनी सन् १९४९-१९५८ को अवधिमा चीनका विदेश मन्त्री थिए। उनी १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमण र त्यसपछि चिनियाँ-अमेरिकी सम्बन्ध सुधारको लागि भूमिका खेले। भारत, ताइवान, सोभियत संघभियतनामसँगको कटु सम्बन्धमा विदेश नीति बनाउन पनि झोउले महत्वपूर्ण भूमिका खेलेका थिए।

चाउ एन लाइ.

चीनको सांस्कृतिक क्रान्तिको समयमा उनले लाल गार्डको उपद्रो न्यूनीकरण गर्ने प्रयास गरेका थिए। चाउको बिधन पछि हुआ गोफेङ प्रथम उपाध्यक्षको रुपमा उनको उत्तराधिकारी भएपनि, चा एन लाइका मित्र देङ शियाओ पिङ ग्याङ अफ फोलाई राजनैतिक रुपमा पन्छाउन सफल भए र १९७८ मा सर्वोच्च नेताको पद हासिल गरे।

सांस्कृतिक क्रान्तिसम्पादन

सांस्कृतिक क्रान्ति चलिरहँदाका प्रधानमन्त्री चाउलाई ‘ग्याङ अफ फोर’ ले माओको निर्देशन भन्दै दिनु दु:ख दिएको थियो ।

सन् १९६६ मा साँस्कृतिक क्रान्ति शुरु भएपछि पार्टी र सरकारमा प्रधानमन्त्री चाओको भूमिका गौण हुँदै गयो । उनी शक्तिहीन बने । माओ पत्नी चियाङ चिङ बलियो । चियाङले सुनको हरेक गतिविधिमा बाधा डाल्न थालिन् । चाउको माओ पत्नी चियाङ किङ (जो सांस्कृतिक क्रान्तिको प्रमुख शक्ति थिइन्) संग प्रतिद्वन्दी थियो। चियङले चाउ संगको दुश्मनी र व्यक्तिगत असम्मतिको कारणले चाउ कमजोर भएको बेलामा चोट पुर्याउने काम गरिन्। १९६८ मा चाउको धर्मपुत्र सुङ याङलाई लाल गार्डद्वारा यातना दिएर हत्या गरियो। रेनमिन विश्वविद्यालयको अण्डरग्राउण्ड तलामा लगेर उनको हत्या गरिएको थियो। चाउको धर्मपुत्री सुन वेइसीलाई चियाङ किङको निर्देशनमा पक्राउ गरियो र गुप्त कारागारमा यातना दिइयो। उनलाई पटक–पटक गार्डहरुलाई सुम्पन लगाइएको थियो, जहाँ सुन सामुहिक बलात्कारको शिकार बन्ने गर्थिन् । सात महिनासम्म अमानवीय यातना पाइन् । र, सन् १९६८ को अक्टोबर १५ मा जेलकै कोठामा उनको मृत शरीर फेला पर्यो। त्यसबेला पनि शरीरमा कुनै लुगा थिएन। हातखुट्टा सिक्रीले बाँधिएको थियो, हातको औंलामा पिन घोचिएको थियो । त्यतिबेला ४७ वर्षकी थिइन् ।

सुनको निधन भएको खबर सुनेपछि प्रधानमन्त्री चाओले पोष्टमार्टम गर्न आदेश दिए तर चियाङले हस्तक्षेप गरी लाश शीघ्र जलाउन लगाइन्। सुनका परिवार आउन नपाइकनै खरानी नदीमा बगाउन लगाइन्। सुनका पति जिन जेलमै थिए तर उनले सन् १९७५ मा मात्र पत्नीको मृत्यु भइसकेको खबर पाए । साँस्कृतिक क्रान्तिको अन्त्यतिर रिहा भए।

१९६८ मा नै जियाङले चाउलाई उनकै भाइलाई पक्राउ गर्न पक्राउ पुर्जीमा हस्ताक्षर गर्न बाध्य बनाए।

मृत्युसम्पादन

चाउ लाई १९७२ नोभेम्बरमा पहिलो पटक ब्लाडर क्यान्सर भएको थाहा भएको थियो।[१] चाउको चिकित्सक टोलीले उनको क्यान्सर उपचार गरे ठीक हुने सम्भावना ८०- ९० प्रतिशत रहेको रिपोर्ट पेश गरेको थियो, तर पार्टी का उच्च अधिकारीहरूको उपचारको लागि माओको अनुमति आवश्यक थियो। माओले "चाउ र उनको पत्नीलाई उपचारको बारेमा थाह नदिन, शल्यक्रिया हुन नदिन र थप उपचार नगर्न" आदेश दिए। [२] चाउ एन लाइका स्वकिय सचिवका अनुसार, हेनरी किसिन्जरले उनको लागि अमेरिकाबाट क्यान्सर विशेषज्ञ पठाउने प्रस्ताव राखेका थिए, तर त्यो प्रस्ताव पनि अन्तिममा अस्वीकार गरियो। [३] १९७४ यता, चाउको पिसाबमा रक्तस्राव देखियो। चाउ एन लाइको अवस्था जानेका चिनियाँ नेताहरूको दबाब पछि , माओले अन्त्यमा जुन १९७४ मा शल्यक्रिया गर्ने स्वीकृति दिए, तर त्यो ढिला भैसकेको थियो, उनको क्यान्सर अन्य अंगहरूमा फैलिसकेको थियो। अर्को वर्ष केही शल्यक्रिया गरियो तर आधा जसो शल्यक्रिया सफल भएन र क्यासरको ठीक भएन। [४] चाउ अस्पतालमा उनका उप-प्रधानमन्त्री देङ शियाओ पिङ संगै बसेर महत्त्वपूर्ण मामिला सम्हालिरहेका थिए। १३ जनवरी १९७५ मा चौथो नेसनल पिपल्स कंग्रेस को पहिलो बैठकमा उनी आखिरी पटक सार्वजनिक रुपमा देखा परेका थिए, जहाँ उनले सरकारको कामको प्रतिवेदन पेश गरेका थिए। त्यसपछि उनी उपचारको लागि सर्वसाधारणको नजरबाट ओझेल भए।[५] चाउ एन लाइको मृत्यु क्यान्सरबाट ०९:५७ मा ८ जनवरी १९७६ मा ७७ वर्षको उमेरमा भयो।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Gao 235
  2. Gao, 235–236
  3. Ji, Chaozhu (२००८), The man on Mao's right : from Harvard yard to Tiananmen Square, my life inside China's Foreign Ministry (1st संस्करण), Random House, पृ: Chapter २५, आइएसबिएन 978-1400065844 
  4. Gao 260–262, 275–276, 296–297
  5. "Government Work Report to the Fourth National People's Congress (in Chinese)", People's Daily, २१ जनवरी १९७५, पृ: १, मूलबाट २५ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१४