तुल्सी गिरी

डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

डा.
तुल्सी गिरी
Tulsi Giri, 1963 (cropped).jpg
प्रधानमन्त्री तुलसी गिरी
२३ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि सं २०१९ चैत्र २० – वि सं २०२१ माघ १२
एकाधिपतिराजा बीरेन्द्र
कार्यकाल
वि सं २०३२ मंसिर १४ – सन् १९६५
व्यक्तिगत विवरण
जन्मअसोज १९८३
(१९२६-०९-२६)सेप्टेम्बर २६, १९२६
सिराहा, नेपाल
मृत्यु२०७५ पुष २
डिसेम्बर १८, २०१८(२०१८-१२-१८) (९२ वर्ष)
आफ्नै निवास बूढानीलकण्ठ भिल्ला
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलस्वतन्त्र
सन्तान(हरू)२ छोरा र २ छोरी
निवास(हरू)बेङ्गलोर, भारत
पेशाराजनीतिज्ञ

उनी नेपालमा "पन्चायत ब्यबस्थाको जननी" मनिन्छन्र । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्।३४ वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेका गिरी नेपाली राजनीतिक इतिहासमा कान्छा प्रप्रधानमन्त्रीका रूपमा समेत चिनिनुहुन्छ । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्बाचित सरकार अपदस्थ गरेपछि बिपी कोइरालालाई हटाएर गिरीलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । त्यसको ४ वर्ष पछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।[१]

राजा महेन्द्रलाई सहयोग गरेका उनले राजा विरेन्द्रको ३६ सालमा जनमत संग्रहमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्। राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।

बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरूपमा राजतन्त्रका पक्षधर रहे ।[२]

स्रोतसम्पादन



Referencesसम्पादन