प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ माघ पहिलो सम्पादन गर्नुहोस्

टाङ्गाइल (बङ्गाली: টাঙ্গাইল জেলা) बङ्गलादेशको मध्यम भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला र जनसङ्ख्याको आधारमा दोस्रो ठूलो जिल्ला हो। यो जिल्लाको मुख्य सहर टाङ्गाइल हो। यो जिल्ला २४°०१' देखि २४°४७' उत्तर अक्षांश र ८९°४४' देखि ९०°१८' पुर्वी देशान्तरणमा अवस्थित छ। टाङ्गाइल जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३,३७५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई जामालपुर जिल्लाले उत्तर, ढाकामानिकगञ्ज जिल्लाले दक्षिण, मयमनसिङ्हगाजीपुर जिल्लाले पूर्व र सिराजगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ। जलेश्वरी, जमुना, मेघना, आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। यस जिल्लाको औसत तापक्रम २५.५ डिग्री हुन्छ। यस जिल्लामा वार्षिक १८७२ मिलिमिटर पानी पर्ने गर्छ। (पूरा  पढ्नुहोस्...)

२०७८ माघ दोस्रो सम्पादन गर्नुहोस्

पाकिस्तानको प्रशासनिक एकाईले, पाकिस्तानको प्रशासनमा भूमिका निर्वाह गर्ने उपराष्ट्रिय प्रशासनिक विभाजनलाई जनाउँछ। यो देशको चार प्रदेश र एक सङ्घीय प्रदेशहरू मिलेर बनेको छ प्रदेशहरूमा बलुचिस्तान, पञ्जाब, सिन्ध, खैबर पख्तुनख्वा र सङ्घीय प्रशासित इस्लामाबाद राजधानी क्षेत्र पर्दछ। साथै पाकिस्तानले कश्मीरको विवादित क्षेत्रमा पनि : गिल्गित-बल्तिस्तानआजाद जम्मु र कश्मीर गरि दुई स्वायत्त प्रदेशहरूको व्यवस्था गरेको छ। गिल्गित-बल्तिस्तान नोभेम्बर २०२० मा, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गिल्गित-बल्तिस्तानको जनताको माग अनुसार, २०२० को सभा निर्वाचन पश्चात्, यसलाई अस्थायी प्रदेश बनाउने घोषणा गरेका थिए। छिमेकी देश भारतसँग चलिरहेको कश्मीर विवादका कारण, यसले लद्दाख र जम्मू र कश्मीरका सङ्घ शासित प्रदेशहरूमाथि पनि सार्वभौमिकताको दावा गरेको छ, तर सन् १९४७–१९४८ मा भारतबाट स्वतन्त्र भएदेखि र त्यसपछिको युद्धदेखि यसले कुनै पनि क्षेत्रमाथि प्रशासनिक अधिकार प्रयोग गरेको छैन। पाकिस्तानका सबै प्रदेश र क्षेत्रहरू विभाजनमा विभाजित छन्, जसलाई जिल्लाहरूमा अझ उपविभाजन गरिएको छ, र त्यसपछि तहसील, जसलाई फेरि सङ्घ परिषदहरूमा अझ उपविभाजन गरिएको छ।(पूरा  पढ्नुहोस्...)