सिराजगञ्ज जिल्ला

सिराजगञ्ज (बाङ्ला: সিরাজগঞ্জ জেলা) बङ्गलादेशको उत्तर-मध्य क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[२]

सिराजगञ्ज
সিরাজগঞ্জ
—  जिल्ला  —
उपनाम(हरू): उत्तर बङ्गालको प्रवेश द्वार
बङ्गलादेशको नक्शामा सिराजगञ्ज जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही विभाग
सरकार
 - जातीय संसद सिराजगञ्ज-१, सिराजगञ्ज-२, सिराजगञ्ज-३, सिराजगञ्ज-४, सिराजगञ्ज-५, सिराजगञ्ज-६ (बाङ्लादेश अवामी लिग)
क्षेत्रफल
 - जम्मा २,४९७.९५ किमी (९६४.५ वर्ग मी)
अवनति ७ मि (२३ फिट)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 - जम्मा ३२,२०,८१४
 जनघनत्व
मूलबासी नाम सिराजगञ्जी, राजशाहीयो
साक्षरता दर
 - जम्मा ६८%
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक कोड ६७००-६७६०
वेबसाइट sirajganj.gov.bd

भूगोलसम्पादन

सिराजगञ्ज जिल्ला बङ्गलादेशको उत्तर मध्यमा पर्छ भने यो जिल्ला २४°०१' देखि २४°४७' उत्तर अक्षांश र ८९°१५' देखि ८९°५९' पुर्वी देशान्तरणमा अवस्थित छ। सिराजगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४९७.९२ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई वगडा जिल्लाले उत्तर, पाबनामानिकगञ्ज जिल्लाले दक्षिण, टाङ्गाइल जिल्ला र जमालपुर जिल्लाले पूर्व र पाबना, नाटोरबगुडा जिल्लाले पश्चिमबाट घेरेको छ। जमुना इचामती, बरल, हुरासागर,चलन बिल अादि यस जिल्लाका प्रमुख नदिहरू हुन्। यस जिल्लाको अौसत अधिकतम तापक्रम ३४.६ डिग्री हुन्छ भने अौसत न्युनतम तापक्रम ११.९ डिग्री हुन्छ। यस जिल्लामा वार्षिक १,६१० मिलिमिटर (६३ इञ्च) पानी पर्ने गर्छ।[३]

इतिहाससम्पादन

सन् १७६२ मा आएको भुकम्पमा परि जमुना नदिको बहावले केही दिशा परिवर्तन गरेको थियो जसका कारण बरल नदिको स्थापना भएको थियो। बरल नदिको पश्चिमी किनारमा केही जमिनको पनि उत्पत्ति भएको थियो जसलाई तात्कालिक समयका जमिन्दार सिराज अलि चौधरीले आफ्नो बनाएका थिए र सोही जमिन्दारको नामले यस क्षेत्रको नाम सिराजगञ्जको रुपमा परिचित हुन थालेको थियो। हाल यस जिल्लामा विभिन्न हाते कलकारखानाहरूको स्थापन भएको छ भने उक्त उद्योगमा यस जिल्लाका ५०% मानिसहरू संलग्न छन्।

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो। तात्कालिक समयमा कर्माकन्धा उपजिल्लामा पालशडाङ्गा जुवा सिविरको स्थापना गरिएको थियो। बङ्गलादेश मुक्ति युद्धमा उक्त युवा सिविरले पाकिस्तानी सेनाको विरुद्धमा बङ्गलादेशको विभिन्न स्थानहरूमा महत्त्वपूर्ण भूमिका निभाएको थियो। २० अप्रिलका दिन उलापारा उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको गोली हानाहानमा १५ पाकिस्तानी सेना सहित ५० लडाकु र अन्य स्थानीय मानिसहरूको पनि मृत्यु भएको थियो भने कयौं मानिसहरू घाइते भएका थिए। २३ अप्रिलका दिन पाकिस्तानी सेनाले उलापार उपजिल्लाका मानिसहरूको सामूहिक हत्या, कुटपिट, लुटपाट, महिला हंस र घरटहरामा आगजनी गर्न सुरु गरेका थिए। २५ अप्रिलका दिन पाकिस्तानी सेनाले उलापार उपजिल्लाका कयौं मानिसहरूको सामूहिक हत्या गरेका थिए। ११ नोभेम्बरका दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच नउगाँ जिल्लामा युद्ध भएको थियो जहाँ १३० पाकिस्तानी सेना र आतङ्कबादीहरूको मृत्यु भएको थियो। १९ नोभेम्बरका दिन स्वतन्त्र लडाकुहरूले पाकिस्तानी सेनाको अड्डामा आक्रमण गरेका थिए। २७ नोभेम्बरका दिन पुन लडाकुहरूले पाकिस्तानी सेनाको अड्डाका आक्रमण गरेका थिए भने उक्त आक्रमणमा ५ लडाकुहरूको घाइते भएका थिए। २९ नोभेम्बरका दिन चौहाली उपजिल्ला स्वतन्त्र भएको थियो। डिसेम्बर १९७१ मा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच काजीपुर उपजिल्लाको बराइताला भन्ने ठाउँ युद्ध भएको थियो जहाँ केही लडाकुहरूको मृत्यु भएको थियो। २२ जुनका दिन पाकिस्तानी सेना र आतङ्कबादीहरूको समूहले मलिपारा भन्ने ठाँउमा आक्रमण पछि सबै घरहरूलाई लुटेर त्यसमा आगजनी गरेका थिए। १९ नोभेम्बरका दिन स्वतन्त्र लडाकुहरूले सम्भुदियामा रहेको पाकिस्तानी सैनिक किल्लामा आक्रमण गरि दुई बन्दुकहरू हात पार्न सफल भएका थिए। ७ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच राजापुर सङ्घमा युद्ध भएको थियो जहाँ पाकिस्तान सेनाहरू पराजित भएका थिए भने उक्त लडाइँमा परि १ लडाकुको मृत्यु भएको थियो। त्यस युद्ध पश्चात् अर्को युद्ध भङ्गाबाडी भन्ने ठाउँमा भएको थियो भने उक्त युद्धमा ३ पाकिस्तानी सेना र २ लडाकुहरूको मृत्यु भएको थियो। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस उपजिल्लाका विभिन्न ठाउँहरूमा युद्ध भएको थियो जसमा; सालाबाडी, जमुना नदीको किनारमा रहेको डिग्री क्याम्पस आदि समावेश छन्। १४ डिसेम्बरका दिन उलाबारा उपजिल्ला स्वतन्त्र भएको थियो भने सिराजगञ्ज जिल्ला पनि विभिन्न भागहरू जोडिएर पूर्ण भएको थियो।

जनशाङ्खिकिसम्पादन

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६९३८१४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३९७८६३ छ भने महिलाको जनसङ्ख्या १२९५९५१ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २५५१७०८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४१४०६ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३७१, इसाई धर्मको ७० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५९ रहेको छ।

अर्थतन्त्रसम्पादन

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ५१.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९९% मजदुरी, व्यापार र उद्योगमा ११.०५%, वाणिज्यमा १४.४७%, सञ्चार र यातायातमा ३.०२%, रेमिटेन्समा ०.४२%, निर्माण क्षेत्रमा १.४१%, धार्मिक सेवा ०.२१% र अन्य ७.९६% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकिय सिराजगञ्ज उप विभागको स्थनपना सन् १८८५ मा पाबना जिल्लाको अधिनमा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। यश जिल्लामा हाल ९ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला उलापारा (४१४.४३) हो भने सबैभन्दा सानो उपजिल्ला कर्मकान्धा (९१.६१ वर्ग किलोमिटर) हो।

यस जिल्लामा रहेका उपजिल्लाहरू यस प्रकार छन्;

शिक्षासम्पादन

यस जिल्लाको कुल साक्षरता दर ४०.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४५.५% छ भने महिलाको साक्षरता दर ३५.४% रहेको छ। यस जिल्लामा २ मेडिकल कलेज, १ विश्वविद्यालय, ८० कलेज, १ कानून क्याम्पस, १ शिक्षक शिक्षण केन्द्र, १ नर्सिङ संस्था, ३७४ माध्यमिक विद्यालय, १५६४ प्राथमिक विद्यालय, ३४ सामुदायिक विद्यालय, २ मन्टेस्वरी, २४९ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सिराजगञ्ज सरकारी विश्वविद्यालय कलेज (सन् १९४०), उत्तर बङ्गाल मेडिकल कलेज, स्लामिया कलेज (सन् १८८७), काजिपुर सरकारी मन्सुर अली क्याम्पस, सरकारी रडिदाजोहा मोहिला कलेज, शाहजदपुर सरकारी कलेज, सलोङ्गा डिग्री कलेज (सन् १९७०), चौहाली डिग्री कलेज (सन् १९७०), स्थल पाकगाशी शिक्षण संस्था (सन् १८६४), बिएल सरकारी उच्च विद्यालय (सन् १८६८), मुकुन्दनाथ उच्च विद्यालय (सन् १८८०), शाहजादपुर पाइलट उच्च विद्यालय (सन् १८८२), भिक्टोरिया उच्च विद्यालय (सन् १८९८), जामिरता उच्च विद्यालय (सन् १९९०), खाशतबाडिया उच्च विद्यालय (सन् १९०४), श्याम किशोर पाइलट उच्च विद्यालय (सन् १९१३), मोहनपुर केएम शिक्षण संस्था (सन् १९१५), गन्धली उच्च विद्यालय (सन् १९२०) आदि हुन्।

सन्दर्भ सामग्रीसम्पादन

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২০ জুন ২০১৪), "এক নজরে সিরাজগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. কামরুল ইসলাম (सन् २०१२), "সিরাজগঞ্জ জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "সিরাজগঞ্জ জেলা সরকারী ওয়েবসাইট", বাংলাদেশ 

बाह्य सूत्रहरूसम्पादन