विकिपिडिया:पृष्ठ स्थानान्तरण

विकिपिडियामा, सामान्यतया कुनै पृष्ठको शीर्षक त्रुटिपूर्ण, भ्रामक वा गलत भएमा वा परिवर्तन गर्नुपर्ने देखिएमा, पृष्ठलाई सही नाममा पृष्ठ स्थानान्तरण वा पृष्ठ सार्न सकिन्छ। आधार शीर्षकलाई परिवर्तन नगरेर समेत एउटा पृष्ठलाई कुनै अन्य नामस्थानमा सार्न सकिन्छ। उदाहरणको लागि, कुनै प्रयोगकर्ता नामस्थानको मस्यौदा पृष्ठलाई लेख नामस्थानमा सार्न सकिन्छ। नेपाली विकिपिडियामा कुनै नामस्थानको पृष्ठ सार्नको लागि प्रयोगकर्ता स्वनिर्धारित प्रयोगकर्ता समूहमा हनुपर्छ, तर यदि तपाईँ विकिपिडियामा नयाँ प्रयोगकर्ता हुनुहुन्छ, स्वनिर्धारित समूहको प्रयोगकर्ता हुनुहुन्न, स्वनिर्धारित प्रयोगकर्ता भएतापनि पृष्ठ सार्न प्राविधिक समस्या छ वा पृष्ठ सार्नाले विवाद हुने सम्भवाना देख्नुहुन्छ भने पृष्ठलाई सार्नको लागि अनुरोध गर्न सक्नुहुन्छ। समुदायको आम सहमति भएमा पृष्ठलाई प्रबन्धक वा विशेष अधिकार भएका प्रयोगकर्ताहरूले सार्नेछन्।

फाइल (तस्विर र मिडिया) सामग्रीहरू प्रबन्धक र फाइल सार्ने प्रयोगकर्ताहरूले मात्रै सार्न सक्छन्। अन्य प्रयोगकर्ताहरूले प्रबन्धकलाई यस्ता सामग्री सार्न अनुरोध गर्न सक्नेछन्। विकिपिडियाको श्रेणी सार्नु अगावै विशेष ध्यान दिनुपर्छ किनभने श्रेणीले विभिन्न पृष्ठलाई जोडेको हुन्छ र श्रेणी स्थानान्तरण गर्दा सो श्रेणीमा रहेका पृष्ठहरू नयाँ श्रेणीमा स्वत: नजाने भएकोले यसको लागि छलफल गरेर उचित समाधान निकालेर श्रेणी सार्नुपर्छ।

एउटा लेखमा भएका सामग्रीलाई अर्को कुनै पृष्ठमा राखेर स्थानान्तरित गर्ने वा नयाँ पृष्ठ नबनाउनुहोस्; यसो गर्दा लेखको निर्माण इतिहास सुरक्षित हुन पाउँदैन। यसको सट्टा, कृपया तल दिइएको निर्देशहरूको पालना गर्नुहोस्।

लेख सार्ने कारणहरूसम्पादन

पृष्ठ सार्न अनुरोध कसरी गर्नेसम्पादन

पृष्ठ कसरी सार्नेसम्पादन

प्रबन्धक तथा पृष्ठ सार्ने प्रयोगकर्ताको लागि निर्देशनहरूसम्पादन

टिप्पणीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन