प्रतिव्यक्ति आय आर्थिक वृद्धिको नाप गर्ने र तुलना गर्ने एक परम्परागत अवधारणा हो ।

2018

प्रतिव्यक्ति आय प्राप्त गर्ने विधि सम्पादन गर्नुहोस्

प्रतिव्यक्ति आय प्राप्त गर्न निम्नलिखित दुई कुराहरु थाहा हुनुपर्दछ- १. कुनै वर्षको कुल राष्ट्रिय आय २. सोही वर्ष कुल जनसङ्ख्या अब प्रतिव्यक्ति आय प्राप्त गर्न कुल राष्ट्रिय आयलाई जनसङ्ख्याले भाग गरेर प्रतिव्यक्ति आय प्राप्त हुन जान्छ । मानौं वर्ष २०७२ को कुनै देशको राष्ट्रिय आय एक करोड छ तथा त्यस देशको जनसङ्ख्या २० हजार छ भने प्रतिव्यक्ति आय निम्नलिखित हुन्छ प्रति व्यक्ति आय=.१०००००००/२००००

              =५०० रु

यदि यो राष्ट्रिय जी डी पी हुन्छ भने प्रति व्यक्ति जी डी पी र यदि जी एन पी प्रयोग गरिएको छ भने प्रतिव्यक्ति जी एन पी प्राप्त हुन्छ । सामान्यतया जी एन पी को प्रयोग हुन्छ ।

नापका सीमा सम्पादन गर्नुहोस्

यस नापले मानिसको क्रय शक्ति अनुमान गर्न भने सकिंदैन किनभने प्रत्येक देशको आर्थिक अवस्था तथा मुद्रा सफीति वा संकुचनका कारणले त्यस मुद्राले कति वस्तु क्रय गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्छ ।त्यसैले अचेल अर्थशास्त्रीहरूले पी पी पी पर्चेजिंग पावर परिटि को प्रयोग गर्छन् ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्