संयुक्त राष्ट्र सुरक्षा परिषद्

संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको छः प्रमुख अंगहरूमध्येको एउटा अङ्ग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव भनिन्छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद
संयुक्त राष्ट्र सुरक्षा परिषद कक्ष
स्थापना१९४६
प्रकारमुख्य अंग
कानुनी वैद्यतासक्रिय
वेबसाइटhttp://un.org/en/sc/

सुरक्षा परिषदमा १५ सदस्यहरू रहनछन् : पाँच स्थायी र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् चीन, फ्रान्स, रूस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य । यी पाँच देशहरूलाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि महासभाद्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।

सदस्य सम्पादन गर्नुहोस्

हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय कानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ। यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमतद्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ । सुरक्षा परिषदका अन्य दश सदस्य दुइ वर्षको अवधिका लागि चुनिन्छन् । हर वर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । अफ्रिकाबाट तीन सदस्य एसिया, पश्चिम यूरोप, र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।

सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ। चार राष्ट्र (ब्राजिल, भारत, जर्मनीजापान) जसलाई जी४ भनिन्छ । जापान र जर्मनीले संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजिल तथा भारत जनसङ्ख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन्। २१ सेप्टेम्बर २००४ मा जी४ राष्ट्रहरूले स्थाई सदस्य बन्ने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्