रणशूर बिष्ट
नेपाली राणाकालिन वास्तुकलाविद्
रणशूर बिष्ट एक नेपाली वास्तुकलाविद् हुन् जसले थुप्रै राणा दरबारहरूको निमार्ण गरे । परम्परागत शैलीमा नवीनतम युरोपेली वास्तुकला मिसाएर अनुपम भवनको निमार्ण गरे । जंगबहादुर राणाको निम्ति उनले नयाँ भवन तथा पुराना भवनको जिर्णोद्वार गराए ।[१]
कार्य
सम्पादन गर्नुहोस्उनले थुप्रै राणा दरबारहरूको निमार्ण गरे । केही:
- थापाथली दरबारको पछिल्ला थपजोड जसमा नेपाल राष्ट्र बैङ्क रहेको सिंह महल पनि पर्छ ।
- चारबुर्जा दरबार
- गोल बैठक
- नारायणहिटी दरबार (रणोद्दिप सिँह बहादुर राणाले निवास गरेको जुन भत्काइयो)[१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५।