शेरा दरबारको निर्माण पृथ्वीनारायण शाहद्वारा शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा निर्माण भएको थियो। पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको थियो। साततले दरबारलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरीएको थियो। नुवाकोटको शेरावेसीमा रहेको यो दरवार भग्न अबस्थामा रहेको छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । [१]

शेरा दरबार
सामान्य विवरण
वास्तुकलाको ढाँचाप्यागोडा
सहरनुवाकोट
राष्ट्रनेपाल
सम्पन्नवि.सं. १८२२
भत्काइएको२०७२ वैशाख १२
लागतअज्ञात
ग्राहकहेलन शाह
प्राविधिक विवरण
बनावटईँट र सुर्खी
आकार१८१ रोपनी

पृथ्वीनारायण शाहको वि.सं. १८३१ मा मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि बहादुर शाहसंग यसै दरबारमा भेट गरेका थिए । वि.सं. १८९७-९८ तिर राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए । वि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियो । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयो । त्यसको धेरै वर्ष पछि जुद्धशम्शेर नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । श्री ३ जुद्धले राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए ।[२] तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकोले शेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्ध शमशेर महाराजले आफ्नै अनुमानमा दरबार बनाए ।

तर दरबार बनाउदा सोही पुरानो दरबारको भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । [३]

सन्दर्भ सामग्रीहरूसम्पादन