नारायणहिटी दरबार संग्रहालय

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

नारायणहिटी दरबार संग्रालय
Narayanhiti Palace Museum.jpg
सामान्य विवरण
सहरकाठमाडौँ
राष्ट्रनेपाल
निर्माणकार्यको थालनीसन् १९६३
ग्राहकढोकल सिंह बस्नेत, राजा महेन्द्र, वीर शमशेर
स्वामित्वनेपाल सरकार
प्राविधिक विवरण
बनावटइट्टा र मसला
आकार३८ एकड (१५ ha) अथवा ७५३ रोपनि
योजना तथा निर्माण
वास्तुकारबेन्जामिन पोल्क
नारायणहिटी दरवार सङ्ग्रहालय
नारायणहिटी दरवार सङ्ग्रहालय

इतिहाससम्पादन

 
पुरानो नारायणहिटी दरवार १९२०

अघि त्यहाँ काजी धोकलसिंह बस्न्यातको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । नारायणहिटी दरबार प्रधानसेनापति शिवरामसिंह बस्न्यातको कान्छा छोरा सेनापति काजी धौकलसिंह बस्न्यातले बनाएका थिए । सो दरबार राजा रणबहादुर शाहले खोसी चौतरिया फत्यजंग शाहलाई दिएका थिए । [१]

रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजंग मारिएपछी जंगबहादुरले सो दरबार रणोद्दिप सिँह बहादुर राणालाई दिएका थिए । १९४२ सालको पर्वमा शमशेर खलकले श्री ३ रणोद्दीप सिहको हत्या गरेपछि सो दरबार वीर शमशेरको नाममा आयो । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिए।

पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरबारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरबार वाट राजदरबारमा परीणत उक्त खण्डको विभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आयो । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।

वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए ।

त्यसभन्दा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् ।

कक्षहरूसम्पादन

नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा बैठक-कक्षहरू छन् । तीमध्ये बि.स. २०६८ सम्म १९ वटा मात्र सर्वसाधारणका लागि खुला गरिएका छन् ।

कास्की बैठकसम्पादन

दरबारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिईएको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि कास्की बैठकमा पुगिन्छ । कास्की बैठकमा राजकीय भ्रमणमा नेपाल आएका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउ जस्ता महत्त्वपूर्ण समारोहहरू हुन्थे ।

तनहुँ बैठकसम्पादन

कास्की बैठकको ठीक सामुन्ने गाढा रातो गलैँचा बिछ्याइएको घुमाउरो भर्‍याङ उक्लिएपछि तनहुँ बैठक पुगिन्छ । भर्‍याङको ठीक माथि काँचको विशाल झल्लर राखिएको छ ।

म्याग्दी कक्षमा संवैधानिक अङ्गका प्रमुख र राजदूतहरूलाई जलपान गराइन्थ्यो भने पर्वत कक्षमा विभिन्न हस्ताक्षर समारोह गर्ने गरिन्थ्यो । रुकुम कक्षलाई विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउने विशिष्ठ व्यक्तिहरूले प्रतीक्षालयका रूपमा प्रयोग गर्थे भने रोल्पा कक्षमा उनीहरूले भेटघाट गर्ने गर्थे । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको कोरिडोरमा विगतमा दरवारमा रात बिताएका विदेशी राष्ट्रप्रमुखहरूसित तत्कालीन राजा वीरेन्द्र र रानीऐश्वर्यले खिचाएका तस्बिरहरू झुण्ड्याइएका छन् । दैलेख कक्षमा राखिएको भव्य पलङमा विदेशी राष्ट्राध्यक्षले सयन गर्थे भने उनका पत्नीका लागि बैतडीकक्ष र नजीकका नातेदारका लागि अछाम कक्षमा सुत्ने गर्थे । विदेशी प्रमुखहरूका लागि भोजन गर्न बाजुरा कक्षको व्यवस्था गरिएको थियो भने जुम्ला कक्षमा खानपान पछि उनीहरू आराम गर्थे । डोल्पा कक्ष चाहिँ गोरखा बैठकामा विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यहरूले अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमा प्रयोग हुने गर्दथ्यो । तनहुँ कक्षमा गोरखा बैठकमा विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रासादसेवाका उच्च पदाधिकारीहरू लगायत बसेर कार्यक्रम अवलोकन गर्थे भने

गोरखा बैठकसम्पादन

गोरखा बैठकमा सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा गरिन्थ्यो । राजा वीरेन्द्रले २०४७ सालको संविधान सोही कक्षमा रहेको सिंहासनमा बसेर घोषणा गरेका थिए ।

यसैगरी, मुगु कक्षमा राजा त्रिभुवनले प्रयोग गरेका सामग्रीहरूलाई सङ्कलन गरी राखिएको छ । लमजुङ कक्षमा रात्रीभोजको आयोजना गरिन्थ्यो भने गुल्मी कक्ष पूर्वराजाको निजी कार्यालयको रूपमा रहेको थियो । धादिङ कक्ष राजाको आराम गर्ने कक्ष थियो भने धनकुटा कक्ष राजाको सयनका रूपमा प्रयोग हुन्थ्यो । धनुषा कक्षमा विजयादशमीका दिन टीका लगाउने स्थानका रूपमा प्रयोग गरिन्थ्यो । त्यस कक्षमा २०५५ भदौ ४ गते र २०५९ माघ १० गते राजपरिवारका सदस्यहरूको सामूहिक तस्बिर राखिएको छ । तस्बिरको मुनि सम्पूर्ण सदस्यहरूले हस्ताक्षर गरेका थिए ।

त्रिभुवन सदनसम्पादन

हाललाई खुला गरिएको मध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमा रहेको यस भवनमा २०५८ साल जेठ १९ गतेको दरवार हत्याकाण्ड भएको थियो । २०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागि ढलेको स्थानहरू उल्लेख गरिएका छन् ।

नारायणहिटी दरबारको ठीक पछाडि रहेको फोहरा बगैँचा पनि आर्कषक छ । त्यो बगैचा त्रिभुवनले बनाउन लगाएका थिए । त्यस बगैँचाको बीचमा सानो पानीको कुण्ड बनाइएको छ । त्यहाँ घुम्ने र गोल घर छन् । नेपालमा भएको पहिलो दक्षिण एसियाली सम्मेलनमा विदेशी राष्ट्रप्रमुखहरूको सम्मानमा त्यसै बगैँचामा भोजको आयोजना गरिएको थियो । पछिल्लो पटक ज्ञानेन्द्र शाहले विशेष चाडपर्वका अवसरमा त्यस बगैँचामा अपरान्हको भोज आयोजना गर्ने गरेका थिए । तत्कालीन राजा महेन्द्र मञ्जिलमा बस्थे भने वीरेन्द्र श्री सदनमा बस्थे तर आएका विदेशी राष्ट्रप्रमुखहरू दरबारमा रात बिताउन बसेका बेला उनीहरूले अप्ठेरो नमानुन् भन्नका लागि ती राजाहरू आफ्नो घरमा नबसी दरबारको धनकुटा बैठकमा रात बिताउन आउने गर्थे तर ज्ञानेन्द्र चाहिँ निर्मल निवास छाडेपछि धनकुटा बैठकमा सरेका थिए । [२]

सन्दर्भ सामग्रीसम्पादन

  1. प्रमुख सेनानी डा. प्रेमसिंह बस्न्यात (डा. बस्न्यात शिवरामसिंह बस्न्यातका १२ औँ पुस्ता हुन्)
  2. जनतालाई लोभ्यायो नारायणहिटीले गोरखापत्र

बाह्य सूत्रसम्पादन