राजदूत राज्य वा राष्ट्रको प्रतिनिधित्व गर्ने आधिकारिक दूत हो। राजदूतलाई विशेष उच्च पदका कूटनीतिज्ञ मानिन्छ।

राजदूतलाई सामान्यतया कुनै सार्वभौम राज्य वा अन्तर्राष्ट्रिय सङ्गठनको अर्को सार्वभौम राज्य वा अन्तर्राष्ट्रिय सङ्गठनमा आवासीय प्रतिनिधि मानिन्छ। थप उदार रूपमा, यो शब्द प्राय: राष्ट्रिय नियुक्ति बिना केही व्यवसाय, गतिविधि र बिक्री क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरूको लागि पनि प्रयोग गरिन्छ ।

पर्सियाको राजदूत दाउद जादोर

कुनै विदेशी राष्ट्रका लागि राजदूत नियुक्त गर्नु पहिले उक्त राष्ट्रसँग मञ्जुरी लिनु अनिवार्य हुन्छ। केही अवस्थाहरूमा, विदेशी सरकार राजदूत प्रस्तावित कूटनीतिज्ञलाई एक अस्वीकार्य व्यक्तिको घोषणा गरि आफ्नो अनुमोदन फिर्ता लिन सक्छ। यस प्रकारको घोषणापछि राजदूतलाई स्वदेशी राष्ट्रमा फिर्ता बोलाइन्छ। सन् १८१५ भियना सम्मेलन र कुटनीति सम्बन्ध माथि सन् १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिन्छ।