बख्तावर सिंह थापा
बख्तावर सिंह थापा नेपाल अंग्रेज युद्धमा बिजयपुर-सिन्धुलीगढी क्षेत्रका कमाण्डर थिए।[१] उनी मुख्तियार भीमसेन थापाका भाइ हुन्।
बख्तावर सिंह थापा | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
नाता | दाजु भीमसेन थापा |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कर्णेल |
लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध (बिजयपुर-सिन्धुलीगढी), मकवानपुर |
कार्य
सम्पादन गर्नुहोस्नेपाल-अंग्रेज युद्धको पहिलो चरणमा उनी बिजयपुर-सिन्धुलीगढीका क्षेत्रका कमाण्डर थिए। उनी दोस्रो चरणमा मकवानपुरगढीमा अङ्ग्रेजी हमला सामना गर्न उभिएका थिए । नेपालले सन्धि गर्दा अङ्ग्रेजलाई गजराज मिश्र र चन्द्रशेखर उपाध्याय सहित उनलाई पठाइयो । [१]
समर जंग कम्पनीको कमान्डर
सम्पादन गर्नुहोस्भीमसेन थापाले बख्तावर सिंह समर जंग कम्पनीको कमान्डर बनाएर दरवारको सुरक्षाको जिम्मेवारी दिएका थिए जिम्मेवारी दिए।[२]
भीमसेन थापा विरुद्ध विद्रोह
सम्पादन गर्नुहोस्कम्पनीले वफादारीपूर्वक श्री ५ को सम्मान र सुरक्षा गरिआएको’ थियो। तर पछि काजी बख्तावरसिंह थापाको नेतृत्वमा रहँदा कम्पनीमाथि राजकाज उल्ट्याउने षड्यन्त्र गरेको आरोप लाग्यो। काजी बख्तावर सिंह थापाले राजपरिवारको विश्वासको फाइदा उठाउन थालेका थिए। बख्तावर सिंह थापाले राजा र रानी दुवैको विश्वास जितेका थिए। भीमसेन थापाले युद्धमा नेपालको ठूलो भू–भाग गुमाए पनि पूर्ण शक्ति कायम राखेका थिए। राजा गीर्वाणयुद्धलाई यो मन परेको थिएन। बख्तावर सिंह, भीमसेन थापालाई पदच्यूत गरेर आफैँ प्रधानमन्त्री बन्न चाहन्थे। तर, ‘राजमाता’ ललित त्रिपुरा सुन्दरीले प्रशासनको लगाम भीमसेन थापाकै हातमा राख्न चाहेकी थिइन्।
यो घटनापछि मुख्तियार भीमसेन थापाले समरजंग कम्पनीलाई पनि सजाय दिए।
तत्कालीन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाद्वारा शाही रक्षकबाट हटाइनुका साथै यसले निशान खडा गरी हिँड्न नपाउने, सुताएर राख्नुपर्ने र बडादसैँ र चैते दसैँ को माला पूजामा मात्र उठाउन पाउने व्यवस्था गरिदिए।”[३] नेपाल- अंग्रेज युद्ध अन्त्यपछि भीमसेन थापालाई बख्तावर सिंह थापा आफ्ना शत्रुहरूको पंक्तिमा सामेल भएको आशंका हुन थालिसकेको थियो। त्यसकारण उनी आफ्नै कान्छो भाइ (बख्तावर सिंह) लाई सजाय दिने मौकाको पर्खाइमा थिए। राजा राजेन्द्रको राज्याभिषेक समारोहको आसपास भीमसेन थापाले भाइ बख्तावरसिंहलाई बर्खास्त गरे। तर, आमाको याचना सुनेर उनलाई नुवाकोट पुर्याएर जीवितै थुनामा राखे।[३]
बख्तावर सिंहप्रति भीमसेन थापा यतिसम्म क्रुद्ध थिए कि आमाले याचना गरेका कारण मात्र उनले भाइको ज्यान लिएनन्। बख्तावर सिंहले ‘कमान्ड’ गरेको समरजंग कम्पनीका कर्मचारीहरूलाई पनि यो कसुरमा सजाय दिए। उनीहरूमध्ये केहीलाई शाही दरबारको सुरक्षाबाट हटाएर जेल पठाइयो। बख्तावर सिंहसँग नजिक रहेकालाई थुनेर बाँकीलाई सडक निर्माणको सुपरीवेक्षण गर्ने काममा लगाइएको थियो। भीमसेन थापाले उनीहरू सबैलाई दोषी करार गरेका थिए। अर्थात् त्यसपछि यो ‘दोषीहरूको कम्पनी’ झैँ बन्नगएको इतिहास शिरोमणि आचार्यको लेखमा उल्लेख छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ http://www.nepalarmy.mil.np/history.php?page=two
- ↑ Acharya 1972, पृष्ठ 163.
- ↑ ३.० ३.१ साखकर्मी, सुनीता (२०८० असार २९), "ललिता निवास जग्गा प्रकरणमा जोडिने समरजंग कम्पनीको कथा"।
Acharya, Baburam (Nov १, १९७४) [१९५७], "The Downfall of Bhimsen Thapa", Regmi Research Series 6 (11): 214–219, अन्तिम पहुँच Dec ३१, २०१२।
- Acharya, Baburam (जनवरी १, १९७१) [१९६२], "The Fall of Bhimsen Thapa and the Rise of Jung Bahadur Rana", Regmi Research Series 3 (1): 13–25, अन्तिम पहुँच Dec ३१, २०१२।
- Acharya, Baburam (सेप्टेम्बर १, १९७२) [१९६७], "General Bhimsen Thapa and Samar Jung Company", Regmi Research Series 4 (9): 161–167, अन्तिम पहुँच डिसेम्बर ३१, २०१२।
- Acharya, Baburam (Nov १, १९७४) [१९५७], "The Downfall of Bhimsen Thapa", Regmi Research Series 6 (11): 214–219, अन्तिम पहुँच Dec ३१, २०१२।
- Acharya, Baburam (२०१२), Acharya, Shri Krishna, सम्पादक, Janaral Bhimsen Thapa : Yinko Utthan Tatha Pattan (नेपालीमा), Kathmandu: Education Book House, पृ: २२८, आइएसबिएन 9789937241748।
- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Shaha, Rishikesh (१९९०), Modern Nepal 1769–1885, Riverdale Company, आइएसबिएन 0-913215-64-3।
- Hamal, Lakshman B. (१९९५), Military history of Nepal, Sharda Pustak Mandir।
- Whelpton, John (१९९१), Kings, soldiers, and priests: Nepalese politics and the rise of Jang Bahadur Rana, 1830–1857, Manohar Publications, पृ: २५४, आइएसबिएन 9788185425641।