पादुका
पादुका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४१८ रहेको थियो जसमध्ये २५९१ पुरुष र २८२७ महिला रहेका थिए भने यहाँ १०६५ घरधुरी रहेको थियो।[१]
पादुका | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°Eनिर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ५,४१८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पश्चिम नेपालको प्रशिद्ध तिर्थस्थलको रूपमा चिनिने पञ्चकोशी क्षेत्रको पादुकास्थान मन्दिर यसै गाउँमा पर्छ। उक्त मन्दिरकै नामबाट नामकरण गरिएको यो गाउँलाई "पादुकास्थान" पनि भनिन्छ। विक्रम संवत २०७१ साल अघाडी यो गाउँको आसपासका गाउँहरूलाई जोडेर पादुका गा.वि.स. बनाइएको थियो भने २०७१ बैशाखदेखी यो गा.वि.स.लाई दुल्लु नगरपालिकामा जोडिएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।