जुम्ला राज्य
जुम्ला राज्य बाइसे राज्य थियो । यो राज्य को स्थापना वि सं १४६१ मा भएको थियो र १८४६ मा नेपालमा सम्मिलित भयो ।
जुम्ला राज्य | |
---|---|
इ.सं. १४६१–वि.सं. १८४६ | |
वस्तु-स्थिति | राजतन्त्र |
राजधानी | तिब्रिकोट |
आम भाषाहरू | खस भाषा |
धर्म | |
सरकार | स्वतन्त्र राजतन्त्र (इ. सं. १४९५ – इ. सं. १७८५) |
राजा | |
इतिहास | |
• स्थापित | इ.सं. १४६१ |
• वि.सं. १८४६ | वि.सं. १८४६ |
अचेल | नेपाल |
इतिहास
सम्पादन गर्नुहोस्चापवंशका नागराजाका वंशहरुले २०० बर्ष जति शासन गरेपछि पालवंशीय पुण्य मल्लको हातामा राजपाट आयो। यसै वंशका पृथ्वी मल्लको समयसम्म आउँदा खसानकै कुमाउ गडवाल तथा डोटी, बझाङ विद्रोह तथा खारी प्रदेशको उन्मुक्ति हुँदै सिंजा खस राज्यमा बर्मा परिवारको रजगज स्थापित हुन पुग्यो। पछि बाँकी रहेको खसराज्य बडेराजा मलय बर्माको समयमा विविध कारणले आफ्ना सन्ततिहरुलाई राज्य विभाजन गर्दा सिंजालगायत जुम्ला राज्यको राजपाट वलिराजले प्राप्त गरे।[१] [२]
विक्रम संवत् १०५३ देखि जुम्ला सिजामा पाल राज्य शुरु भयो । पालका पहिला राजा आदिपाल कन्नौजकापाल राजाद्वारा खटाएर पठाएका अंचलाधीश जस्तो बनी आए जस्तो बुझिन्छ । कन्नौजको पाल राज्य रायठो र राजाहरूको हातमा परेपछि सिजा स्वतन्त्र बन्दछ । यसमा ३६४ वर्ष पालले र १३६ वर्ष समालशाहीले स्वतन्त्र राज्य गर्दछन् । आदिपालदेखि पृथ्वीमल्लसंम पालहरूमा २०राजा भए । गजभीमदेखि यशवर्मन्सम्म समालशाहीहरूमा६ राजा भए । यशवर्मन् शाहीका समयमा सिजाउपर दिल्लीका सुल्तान सिकन्दर लोदीको मार प-यो । भारतमा मुसलमानी रजाई चलेको २९० वर्षपछि मुसलमानदेखि सिजा झुक्दछ । अहिले यो कुरा कम इतिहासकारहरूले मात्र पत्यार गर्लान् तर यो सत्य कुरा छ जसका प्रमाणहरू कर्णाली र गण्डकी प्रदेशमा छन् । काश्मीरलाई अकबरले समेत अधीनमा ल्याउन सकेका थिएनन्, यस्तै सिजालाई पनि सेन राजाहरूले कमजोर गराएपछि मात्र बलिया राजा सिकन्दर लोदीले आफ्नो अधीनमा ल्याउन सकेका हुन् । यसै समयदेखि सिजाको केन्द्रीय शासन टुटेर बाईसे चौबीसेको शुरू हुन्छ । बाईसे राजामध्ये जुम्ला कल्यालशाहीको। हात परेको थियो । त्यस बेला जुम्लाको आकार आजको जस्तो थिएन, सानो थियो । उत्तरमा जाडेहरूका २ राज्यर दक्षिणमा खान्नी औ रास्कोट समाल शाहीहरूका हातका राज्य थिए ।
वि. सं. १८४३
सम्पादन गर्नुहोस्बहादुर शाहका नायवीको,उनले वि. सं. १८४३ ज्येष्ठ-देखि पौषसंग ८ महीना भित्रमा कालो पश्चिम, भेरीपूर्वका बाइसे चौबीसेका राज्यहरू जित्दै लगे । यस खुशीयालीमा गोरखाका परम मित्र मानिएका पाल्पालाई गुल्मी, अर्घा र खांची, सल्यानलाई दाङ, जाजरकोटलाई खुम्री तथा भीरकोट औ सतौंलाई जाहारीका राज्यहरू मिलेका थिए । यसै सिलसिलामा जुम्लालाई मित्र सम्झेर राज उपहार र खलितापत्र नेपाल दरबारबाट पठाइएको थियो । त्यस बेला जुम्लाको तखतमा सुदर्शनका छोरा सूर्यमान शाही थिए ।
बहादुर शाहले भेरीपार, कर्णालीवारका बाइसे रजौटाउपर पनि धावा गर्न सक्दथे, तर रोकिएर उनले आफ्नो दूरदर्शिता र उदारता देखाए । पूर्व मेचीदेखि पश्चिम भेरीनदीसम्म गोरखाको राज्य फैलिएको जुम्लाले देखिसकेको थियो । गोरखाका मित्र पाल्पा, सल्यान, जाजरकोट, भीरकोट र सतौं पांच राज्यहरूले गोरखाले विजय गरेका भू-भाग पाएका देखेको पनि थियो, सुनेको पनि थियो ।
यदि जुम्लाका राजा र भारदारहरूमा राजनीतिको ज्ञान भएको भए गोरखाले विजय गरेका समयमा यसरी मित्रता कायम राख्न पाइएको सुवर्ण मौका खेर फाल्ने थिएनन् होला । उसले कास्केली राजा सिद्धिनारायण शाहीको चाला देखि सकेको थियो । जुम्लाले समय चिन्न सकेन !
यस विषयमा त्यस बेलाका जुम्ली जनताहरूको विचारलाई अगाडि राख्नुराम्रो होला । "तेरो लाग्दा सोभन साइय लामो थाडोभंग " सुभान साही जुम्ली राजा सूर्यमान शाहींका काका थिए । यिनी घमण्डी स्वभावका थिए भन्ने यिनका कामबाट विदित हुन्छ । यिनले नै गोरखासँग मिल्न नदिएर जुम्लालाई लडाएका थिए । गोरखासँग लड्न परेका औ अन्त्यमा हार खान परेका जनताले युद्धबाट भाग्ने सुभान शाहीलाई धिक्कारेका थिए । तेरो लाग्दा = तिमीले गर्दा, सोभान साइय = सुभान शाही, लामो थाडो == लामा वा सिंजानगर,भंग - ध्वस्त हुन गयो । सिजाको राजदरवारलाई विजय-मन्दिर पनि भन्दथे । झन्डै आठ सय वर्षसम उज्यालो बनेको औ निभ्नालाई धिपधिप गरिरहेको सिजाको बत्ती निभ्यो । यसको संपूर्ण दोष जुम्ली जनताले सुभान शाहीलाई दिएका थिए ।
सुभान शाही त्यस बेलाका प्रभावशाली व्यक्ति थिए । यस वारेमा इ. प्र.सन्धि पत्र संग्रह पृष्ठ ४०१ मा देखिन्छ- "दांगको कांधचाही सुभान शाही दुधाना आया, दांग जाजरकोट रुगुम भैसत्यानु हान्नाको मतों बाधियो... संवत् १८४३ बैशाख ।” दाङको कांध अर्थात् दाङको भाले वा नेता भनेर सुभानलाई देखाएको छ ।
यिनी दुघामा आएपछि गोरखाको पक्षमालागेको सल्यान उपर दाङ, जाजरकोट र रुकुम मिलेर चढाई गर्ने बन्दोबस्त मिलाएका रहेछन् । यो खबर पाएका सल्यानी राजा श्रीकृष्ण शाहले पिउठाना साथमा लिएर कब्जा गरेको खांचीलाई त्याग्नुपरेको थियो । यसबाट जुम्लाका चौतरिया सुभान शाहीको शक्तिको अनुमान लगाउन सकिन्छ । बैशाखमा सुभान शाहीले सल्यानं हान्ने बन्दोबस्त मिलाए |
विलय
सम्पादन गर्नुहोस्ज्येष्ठ १० गते गोरखाली सैन्य काली पार परेर गुल्मीमा उपस्थित भयो । ४४ र ४५ दुइ वर्ष गोरखालाई भोटसंगको युद्धमा फस्नुपन्यो । सुभान शाहीले सम्झीए - गोरखाको शक्ति क्षीण भयो । उनले दुल्लु, दैलेख,अछाम, डोटी आदि बाइसेका बांकी रहेका बलिया राजाहरूको संयुक्त मद्दतबाट गोरखाको हमला रोक्ने योजना मिलाए । आफूले पनि जुम्लाको पूर्व दिशा र दखिन दिशा बलियो बनाए । जुम्लालाई मित्र बनाउन खोज्ने बहादुर शाहका निमित्त जुम्ला उल्टो शत्रु बनेर गोरखालाई युद्धका निमित्त हांक दिन थाल्यो । बुद्धि बिग्रेका सुभान शाही गोरखाको युद्धकला सित परिचित थिएनन् । तेत्तीस महीनासंम चुपचाप लागेर पश्चिमका बांकी बाइसे राज्यहरूलाई नचलाएको गोरखाको पहिलो आक्रमण भयो यसै जुम्ला उपर । १८४६ आश्विन बडादशैंको समय पारेर काजी शिवनारायण खत्री, सर्दार प्रबल राना जिम्माका २ पल्टनले जुम्लाको चिताउँदै नचिताएको उत्तर दिशाबाट तूफानी चालले जुम्लाको सदरमुकाम तिब्रीकोट उपर पहिलो चढाई गन्यो । पचासौं युद्ध लडेर खपिस वनेका, तोप बन्दूकहरू चलाउन सिपालु गोरखाली सैन्यका अगाडि जुम्ली झराली सैन्यको केही लागेन । तिब्रीकोट कब्जा गरेका गोरखाली काजीले छिनासिममा पनि थोरै कालमा प्रवेशगरे । चौतरिया सुभान शाही भोटतिर भागे । अघि भने शेखी गरेर हिंड्ने, युद्धका समयमा भने भाग्ने उनीदेखि चिढिएका जुम्ली जनताले गाए - " भातु खाया सुभान शाही ताउली हाल्या कुम्ली, जिती आयो गोरख्य काजी जनी गर जुम्ली । भात खाएर सुभान शाहीले कुम्लामा ताउली राखे अर्थात् बाटो हिँड्ने बटुवा उसको बाटो लाग्यो । गोरखाली काजीले जित्दै आए, जुम्लाका प्रजाउपर दया राख । यस गीतले सुभानलाई धिक्कारेको छ, गोरखाली काजीसंग याचना गरेको छ ।
नयाँ जितेको प्रदेशलाई कसरी हात लिनुपर्छ औ त्यहांका प्रजासंग कस्तो व्यवहार गर्नुपर्छ भन्ने विजयी गोरखालीहरूलाई राम्रै संग ज्ञान थियो । -नरसिंहखोलाको बाटो छार्का गाउँ भएर तिव्रीकोट निस्कने बाटो देखाउने औ अगुवा बनेर गोरखाली सैन्य लैजाने काम मुस्ताङी राजा ओंग्याल दोर्जेले गरेका थिए । यसबापत रिझिएका गोरखाली काजी सर्दारले मुस्ताङी राजालाई जुम्ला छिनासिमबाट बि. सं. १८४६ कार्तिक शुदि १ मा यस्तो लेखिदिएका थिए “आगे मुस्ताङी राजा ओंग्याल दोर्जेकै तिम्रो पुरानोमुलुक जुम्लाले खायाको बांदरफट्क्यादेखि पूर्व उत्तर भबुं -खोला छार्का गाउँ श्री ५ बडा महाराजा पृथ्वीनारायण शाहबाट बक्स्याको लालमोहर बमोजिम हामीले पनि बहाली चलाइदियौं ।"[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेटिजन (२३ मङ्सिर, २०७९), "कस्तो थियो ६ सय वर्ष पहिलेको जुम्ला राज्य ?", नेटिजन।
- ↑ नेटिजन (२३ मङ्सिर, २०७९), "कस्तो थियो ६ सय वर्ष पहिलेको जुम्ला राज्य ?", नेटिजन।
- ↑ मल्ल, मोहनबहादुर, "जुम्लाको अन्त्य", प्राचीन नेपाल (नेपालीमा) (श्री ५ को सरकार पुरातत्व विभाग) ३० (३९): १९।