नेपालको उत्तरी हिमाली भेकको अग्ला अग्ला पाखामा वा हिमाली भेकमा पूर्व देखि पश्चिमसम्म फैलिएर बस्ने यस जातिलाई [[भोटिया|तिब्बती जनजाति भनिन्छ । यिनिहरूको अधिकांश परम्परा, संस्कृति, चालचलन, धर्म तथा व्यवहार तिब्बत भोटिया सरह नै हुन्छ । जाडोबाट जोगिन दोचा तथा लामो पाखी घुँडा मुनि झर्ने लवेदा झैं कोट लगाउंछ्न् । यिनिहरूको मुख्य पेशा व्यापार हो साथै पशुपालन पनि गर्दछ्न् । यिनीहरु तिब्बत र नेपाल बीच व्यापार गर्दछ्न् । आफ्नो देशमा च्याङ्रा, भेडा, बोका, पाखी, कस्तुरी, गलैंचा, राडी, जिम्पु तथा अनेकौँ जडिबुटीहरूको व्यापार गर्दछ्न् ।

हिमाली क्षेत्रका तिब्बती जनजातिहरूले डम्‍ङेन्, ङाक्, धङ, बुक्स्याल, दरू, काङलिङ आदि लोक बाजाहरूको प्रयोग गर्दछन् ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्