शनिवार

हप्ताको सातौं दिन

शनिवार वा शनिश्चरवार विक्रम संवत् पात्रो अनुसार हप्‍ताको सातौँ दिन हो। शुक्रवारआइतबारको बिचमा पर्ने यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण शनि देवता, जसलाई शनिग्रहको रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार शनिवारकी माता कालीमाता हुन् । नेपाल र इजरायलमा शनिवार मात्र सप्ताह अन्त्यका रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री भीम शमसेरले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्।

यि पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीहरूसम्पादन

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार