गोरखपुर उत्तर प्रदेश राज्यको पूर्वी भागमा रहेको नेपालसँगको सीमा नजिक रहेको भारतको एउटा प्रसिद्ध सहर हो। यो गोरखपुर जिल्लाको प्रशासनिक मुख्यालय तथा पूर्वोत्तर रेलवे (एन.ई.आर.)को मुख्यालय हो। जनपद गोरखपुरको सीमाको पूर्वमा देवरिया एवम् कुशीनगरबाट पश्चिममा सन्त कबीर नगरबाट,उत्तरमा महराजगन्ज एवम् सिद्धार्थ नगर तथा दक्षिणमा मऊ ,आजमगढ तथा अम्बेडकर नगरसँग जोडिएको छ।[४]

गोरखपुर
सहर
गोरखनाथ मठ, तारामण्डल, गीता प्रेस
गोरखपुर is located in उत्तर प्रदेश
गोरखपुर
गोरखपुर
गोरखपुर is located in भारत
गोरखपुर
गोरखपुर
निर्देशाङ्क: २६°४५′४९″N ८३°२४′१४″E / २६.७६३७१५२°N ८३.४०३९११६°E / 26.7637152; 83.4039116निर्देशाङ्कहरू: २६°४५′४९″N ८३°२४′१४″E / २६.७६३७१५२°N ८३.४०३९११६°E / 26.7637152; 83.4039116
Country भारत
Stateउत्तर प्रदेश
Districtगोरखपुर
नामकरणगोरखनाथ
सरकार
 • प्रकारनगर निगम भारत
 • अङ्गगोरखपुर नगर निगम
 • Mayorसीताराम जयसवाल
 • MPरवि किशन (बीजेपी)
उन्नतांश
८४ मिटर (२७६ फिट)
जनसङ्ख्या
 (2011)[१]
 • जम्मा६७३,४४६
 • क्रम66
वासिन्दा(हरू)गोरखपुरी, गोरखपुरीया
Language
 • Officialहिन्दी[२]
 • Additional officialUrdu[२]
 • Regionalभोजपुरी[३]
समय क्षेत्रयुटिसी+५:३० (आइएसटी)
PIN
२७३०xx
टेलिफोन कोड+९१-०५५१
सवारी दर्तायुपी-५३
Sex ratio१०००/९०३ /
Avg. annual temperature२६ °से (७९ °फे)
Avg. summer temperature४० °से (१०४ °फे)
Avg. winter temperature१८ °से (६४ °फे)
वेबसाइटgorakhpur.nic.in

गोरखपुर एउटा प्रसिद्ध धार्मिक केन्द्र पनि हो, जो बौद्ध, हिन्दु, मुस्लिम, जैनसिख सन्तहरूका साधनास्थली रहयो। तर मध्ययुगीन सर्वमान्य सन्त गोरखनाथ पछि उनकै नाममा यसको वर्तमान नाम गोरखपुर राखियो। यहाँको प्रसिद्ध गोरखनाथ मन्दिर अहिले पनि नाथ सम्प्रदायको पीठ रहेको छ। यो ठाउँ महान सन्त परमहंस योगानन्द का जन्म स्थान पनि हो। यस शहरमा अझै अनेकौं ऐतिहासिक स्थल छन् जस्तै कि, बौद्धको घर, इमामबाडा,१८औँ शताब्दीको दरगाह र हिन्दु धार्मिक ग्रन्थहरूका प्रमुख प्रकाशन संस्थान गीताप्रेसगीता, गोरखपुर जङ्क्शन रेलवे स्टेशन गोरखपुर शहरको रेलवे स्टेशन हो। गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार विश्वको सर्वाधिक लामो प्लेटफर्म यहाँ नै स्थित रहेको छ। यो सन् १९३० बाट शुरू भएको थियो।

२०औँ शताब्दीमा, गोरखपुर भारतीय स्वतन्त्रता सङ्ग्रामको एउटा केन्द्र बिन्दु थियो र आज यो सहर एक प्रमुख व्यापार केन्द्र बनिसकेको छ। पूर्वोत्तर रेलवेको मुख्यालय, जो बेलायती कालमा बङ्गाल नागपुर रेलवे का रूपमा चिनिने गर्थ्यो, त्यो यहाँ नै रहेको छ। अब यसलाई एउटा औद्योगिक क्षेत्रका रूपमा विकसित गर्नका लागि गोरखपुर औद्योगिक विकास प्राधिकरण (गीडा/GIDA) को स्थापना पुरानो शहरभन्दा १५ किमि को दुरीमा गरिएको छ।

जनसाङ्ख्यकिय आँकडा

सम्पादन गर्नुहोस्

(आधिकारिक जनगणना सन् २०११ को आँकडा अनुसार)

  • भौगोलिक क्षेत्र ३४८३.८ वर्ग किलोमीटर
  • जनसङ्ख्या ४४,३६,२७५
  • लिङ्ग अनुपात ९४४/१०००
  • ग्रामीण जनसङ्ख्या ८१.२२%
  • सहरी जनसङ्ख्या १८.७८%
  • साक्षरता ७३.२५%
  • जनसङ्ख्या घनत्व १,३३६ व्यक्ति प्रति वर्ग किलोमीटर

नामको उत्पत्ति

सम्पादन गर्नुहोस्

गोरखपुर सहर र जिल्लाको नाम एउटा प्रसिद्ध तपस्वी सन्त मत्स्येन्द्रनाथ का प्रमुख शिष्य गोरखनाथको नाममा राखिएको हो।[५][६] योगी मत्स्येन्द्रनाथ एवम् उनका प्रमुख शिष्य गोरक्षनाथले मिलेर सन्तहरूका सम्प्रदायको स्थापना गरेका थिए। गोरखनाथ मन्दिरका बारेमा भनिएको छ कि यो त्यही स्थान हो जहाँ गोरखनाथ हठ योगको अभ्यास गर्नलाई आत्म नियन्त्रणको विकासमाथि विशेष बल दिने गर्दथे र वर्षानुवर्ष एकै मुद्रामा धूनी रमाएका तपस्या गर्ने गर्दथे। गोरखनाथ मन्दिरमा आज पनि त्यो धूनीको आगो अनन्त कालदेखि अनवरत जलिरहेको नै छ।


प्राचीन समयमा गोरखपुरका भौगोलिक क्षेत्रमा बस्ती, देवरिया, कुशीनगर, आजमगढ, मऊ आदि आधुनिक जिल्लाहरू समावेश थियो। वैदिक लेखनका अनुसार, अयोध्याका सत्तारूढ ज्ञात सम्राट इक्ष्वाकु, जो कि सूर्यवंशीका संस्थापक थिए जसका वंशमा उत्पन्न सूर्यवंशी राजाहरूले रामायण का राम लाई राम्ररी जान्दथे। पूरै क्षेत्रमा अति प्राचीन आर्य संस्कृति र सभ्यताका प्रमुख केन्द्र कोशलमल्ल, जो कि सोलह महाजनपदहरूमध्ये दुई प्रसिद्ध राज्यमा ६औँ शताब्दीमा विद्यमान थिए, यो त्यही राज्यहरूको एउटा महत्वपूर्ण केन्द्र हुने गर्दथे।

गोरखपुरमा राप्तीरोहिणी नदीहरूको सङ्गम हुने गर्दथ्यो। ६औँ शताब्दीमा गौतम बुद्ध ले सत्यको खोजका लागि जानुभन्दा पहिले आफ्नो राजसी वस्त्र त्याग दिएका थिए। पछि मल्ल राज्यको राजधानी कुशीनरा, जो अहिले कुशीनगरका रूपमा चिनिने गर्दछ, त्यसमा मल्ल राजा हस्तिपाल मल्लका आँगनमा आफ्नो शरीर त्याग गरिदिएका थिए। कुशीनगरमा आज पनि यस आशयलाई लिएर एउटा स्मारक रहेको छ। यो सहर भगवान बुद्धका समकालीन २४.औं जैन तीर्थंकर भगवान महावीर का यात्राको साथ पनि जोडिएको छ। भगवान महावीरको जहाँ जन्म भएको थियो, त्यो स्थान गोरखपुरभन्दा निकै टाढा रहेको छैन्। पछि उनले पावापुरीमा आफ्नो मामाका महलमा महानिर्वाण (मोक्ष) प्राप्त गरे। यो पावापुरी कुशीनगरबाट लगभग १५ किलोमिटरको दूरीमा रहेको छ। यी सब स्थान प्राचीन भारतका मल्ल वंशको जुम्ल्याहा राजधानीहरू (१६ महाजनपद) का हिस्सा थिए। यस प्रकार गोरखपुरमा क्षत्रिय गण सङ्घ, जो कि वर्तमान समयमा मल्ल-सैन्थवार का रूपमा चिनिने गरिन्छ, कुनै बेला त्यसको राज्य पनि हुने गर्दथे।

 
गोरखनाथ मन्दिरको बाहिरको चित्र (किनकि यहाँ भित्रको चित्र खिच्नु मनाही छ)

इक्ष्वाकु राजवंश पछि मगधमाथि जब नन्द राजवंश द्वारा चौथो शताब्दीमा विजय प्राप्त गरे, त्यसपछि गोरखपुर मौर्य, शुङ्ग, कुषाण, गुप्तहर्ष साम्राज्यको हिस्सा बन्न गए। भारतका महान सम्राट चन्द्रगुप्त मौर्य जो कि मौर्य वंशका संस्थापक थिए, उनको सम्बन्ध पिप्पलीवनका एउटा सानो प्राचीन गणराज्यसँग रहेको थियो। यो गणराज्य पनि नेपालको तराई रुपन्देहीको बीचमा र उत्तर प्रदेशको यसै गोरखपुर जिल्लामा स्थित थियो। १०औँ शाताब्दीमा थारू जातिका राजा मदन सिंहले गोरखपुर सहर र नजिकका क्षेत्रमाथि शासन गरे। राजा विकास संकृत्यायनको जन्म स्थान पनि यही नै हो।

मध्यकालीन समयमा, यस शहरलाई मध्यकालीन हिन्दु सन्त गोरक्षनाथका नाममा गोरखपुर नाम दिइएको थियो। यद्यपि गोरक्षनाथका जन्म तिथि अझसम्म पनि स्पष्ट भएको छैन्, तथापि जनश्रुति यो पनि रहेको छ कि महाभारत कालमा युधिष्ठिर का राजसूय यज्ञको निमन्त्रण दिनलाई उनका कान्छो भाइ भीम स्वयम् यहाँ आएका थिए। किनकी गोरक्षनाथ जी त्यसबेला समाधिस्थ थिए अत: भीमले यहाँ अनेकौं दिनसम्म विश्राम गरेका थिए। उनको विशालकाय सुतेको प्रतिमा आज पनि प्रत्येक वर्ष तीर्थयात्रीको ठुलो सङ्ख्यालाई आफुतिर आकर्षित गर्ने गर्दछ।

१२औँ शताब्दीमा, गोरखपुर क्षेत्रमा उत्तरी भारतका मुस्लिम शासक मुहम्मद गोरीले विजय प्राप्त गरेका थिए, पछि यो क्षेत्र कुतुबुद्दीन ऐबकबहादुरशाह, जस्ता मुस्लिम शासकहरूका प्रभावमा केही शताब्दीका लागि बनेका थिए। शुरुवाती १६औँ शताब्दीको प्रारम्भमा भारतका एक रहस्यवादी कवि र प्रसिद्ध सन्त कबीर पनि यहिँ नै बसोबास गर्दथे र मगहर नामको एउटा गाउँ (वर्तमान सन्त कबीर नगर जिल्लामा स्थित), जहाँ उनलाई गाडेपछि यो ठाउँ अहिले पनि अनेकौं तीर्थयात्रीहरूलाई आकर्षित गर्ने गर्दछ, गोरखपुरबाट लगभग २० किलोमिटरको दूरीमा स्थित रहेको छ।

१६औँ शताब्दीमा मुगल सम्राट अकबरले साम्राज्यको पुनर्गठनमा, जो पाँच सरकार स्थापित गरेका थिए, सरकार नामको त्यही प्रशासनिक इलाकामा अवध प्रान्त अन्तर्गत गोरखपुरको नाम मिल्दछ।

गोरखपुर सन् १८०३ मा बेलायती नियन्त्रणमा रहेको थियो। यो सन् १८५७ को विद्रोहको प्रमुख केन्द्रको रुपमा रहेको थियो र पछि गएर भारतीय स्वतन्त्रता आन्दोलनमा यसले एउटा प्रमुख भूमिका निर्वाह गरेको थियो।

गोरखपुर जिल्लाको चौरीचौरामा ४ फरवरी १९२२ को घटना जो कि भारतको स्वतन्त्रता सङ्घर्षका इतिहासमा एउटा महत्वपूर्ण मोड सिद्ध भयो र पछि चर्चामा पनि रह्यो, जब प्रहरी अत्याचारबाट रिसाएका २००० मानिसहरूको एउटा भीडले चौरीचौराको थानालाई नै जलाईदिएका थिए, जसमा १९ जना प्रहरीहरूको मृत्यु भएको थियो। साधारण जनतालाई यस हिंसाबाट डर लागेर महात्मा गान्धी ले आफ्नो असहयोग आन्दोलन एकाएक स्थगित गरिदिएका थिए। जसको परिणाम यो भयो कि उत्तर प्रदेशमा नै हिन्दुस्तान रिपब्लिकन एसोसिएशन नामक एक देशव्यापी प्रमुख क्रान्तिकारी दल गठित भयो जसले ९ अगस्ट १९२५ तिर काकोरी काण्ड गरेर बेलायती सरकारलाई खुला रुपमा नै चुनौती दिएको थियो जसको परिणाम स्वरूप दलका प्रमुख क्रन्तिकारी नेता राम प्रसाद बिस्मिललाई गोरखपुर कारागारमा बेलायती शासनका विरुद्धको द्वन्दमा सक्रिय भाग लिनका लागि फाँसी दिइएको थियो। १९ डिसेम्बर १९२७ तिर बिस्मिलको अन्त्येष्टि जहाँ गरियो त्यो राजघाट नामक स्थान गोरखपुरमा नै राप्ती नदीको तटमा स्थित रहेको छ।

सन् १९३४ मा यहाँ भूकम्प आएको थियो, जसको तीव्रता ८.१ रिक्टर स्केलमा मापन गरिएको थियो, त्यस शहरमा ठुलै क्षति भएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Census2011Gov
  2. २.० २.१ "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", nclm.nic.in, Ministry of Minority Affairs, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९ 
  3. "Bhojpuri", Ethnologue (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ अगस्ट २०२० 
  4. North Eastern Railway वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-०५ मिति. Ner.indianrailways.gov.in. Retrieved on 21 October 2011.
  5. "History – Origin of Name" वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०२० मिति. gorakhpur.nic.in. Retrieved 13 January 2020.
  6. "Mallinson, James (2011) 'Nāth Saṃpradāya.' In: Brill Encyclopedia of Hinduism Vol. 3. Brill, pp. 407–428" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति (PDF). Retrieved 11 January 2020.


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्