मुख्य सूची खोल्नुहोस्

श्रीमद्भगवद गीता (संस्कृत:श्रीमद्भगवद्गीता) वा श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

श्रीमद्भगवद गीता
Krishna and Arjun on the chariot, Mahabharata, 18th-19th century, India.jpg
धनुर्धर अर्जुन र कृष्ण
खण्डप्रकार: अध्यायात्मक
१८
लिखितप्रकार:पद्यात्मक प्रश्नोत्तर
७००
भाषा: संस्कृत
लेखक:वेद व्यास
विषय:भक्ति वैराग्य
देवता:कृष्ण
मुख्यपात्र:कृष्ण; अर्जुन; सञ्जय; धृतराष्ट्र
ज्ञानात्मक हिन्दूग्रन्थ

हिन्दू धर्म
अन्तर्गत एक शृङ्खलाको भाग

Aum

इतिहास · देवी-देवता
पुराण

आस्था र विश्वास

दर्शनशास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
श्रीमद्भगवद गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
पञ्चाङ्ग
आयुर्वेद · ज्योतिष
चाडपर्व

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

विषयसूची

संक्षिप्त विवरणसम्पादन

भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।

पृष्ठभूमिसम्पादन

 
गीता उपदेश

श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

भाष्यसम्पादन

भाष धातुदेखि ण्यत् प्रत्यय हुदा भाष्य शब्द सिद्ध हुन्छ यसको सामान्य अर्थ भन्न योग्य भाष्य हुन्छ । कुनै पनि शास्त्रको विस्तृत ब्याख्या गरेर तापर्य अर्थ निकाल्नु (भन्नु)लाई भाष्य भनिन्छ । संस्कृतका प्राय जसो महत्वपूर्ण ग्रन्थहरू विद्वान् आचार्यहरूद्वारा भाष्य गरिएका छन् । जस्तै पाणिनिद्वारा विरचित अष्टाध्यायीको पतञ्जलिले भाष्य गरेर महाभाष्य नाम दिएका थिए ।

भगवद्गीताको भाष्यसम्पादन

दार्शनिक परम्परामा कुनै पनि नया दर्शनको अथवा कुनै पनि दर्शनलाई नया स्वरुले शक्तिशाली बनाउनको लागि जो तीन ग्रन्थमा आफ्नो दृष्टिकोण स्पष्ट गर्नु पर्थ्यो भाष्य लेखेर त्यसमा भगवद् गीता पनि एक हो । अरु दुई हुन-उपनिषद् तथा ब्रह्मसूत्र[स्रोत नखुलेको]

गीता सारसम्पादन

  • किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
  • आत्मा न जन्म लिन्छ न मर्छ ।
  • जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
  • तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
  • तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
  • तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
  • तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
  • तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
  • परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
  • एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
  • मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ ।
  • यही नै सबभन्दा ठूलो सहारा हो ।
  • जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ।त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
  • तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
  • यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

अध्याय १सम्पादन

धृतरास्ट्र उवाच -सम्पादन

हे सञ्जय ! युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराले के गरे?

सञ्जय उवाच -सम्पादन

हे राजन! पाण्डुका छोराहरुले गरेको सैनिक मोर्चा देखेर राजा दुर्योधन आफ्ना गुरुका नजिक गएर यसरी भने।

"हे गुरु! हे आचार्य ! हजुरको बुद्धिमान शिष्री द्रुपदको छोराले ब्यबस्थित गरेको पाण्डवहरुको विशाल सैन्यशक्तिलाई एक पटक हेर्नुहोस।

यहाँ यो पाण्डवसेनामा भीम र अर्जुन समानका लडाइँ गर्ने महारथी युयुधान, बिराट, तथा द्रुपद जस्ता अनेक वीर धनुर्धारीहरु छन् ।

महान वीरहरु तथा धृष्टकेतु, चेकितान, कशिराज, पुरुजित, कुन्तिभोज र शैब्री जस्ता शक्तशाली योद्धाहरु पनि त्यहाँ रहेका छन।

त्यहाँ पराक्रमी युधामन्यु, अत्यन्त शक्तिशाली उत्तमौजा, सुभद्राको छोरा र द्रौपदीका छोराहरु छन् ।यी सबै योद्धाहरु महारथी हुन् ।

हे ब्राह्मण श्रेष्ठ ! तपाईंको जानकारीको लागि म सैनिकहरुको सञ्चालनमा विशेष दक्ष मेरा सेनापतिहरुका बारेमा पनि केही भन्छु ।

मेरा सैनिकहरुमा सदा-सर्वदा विजयी हुने - हजुर स्वयं , भीष्म, कर्ण, कृपाचाॠ, आश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भुरिश्रवा आदि हुनुहुन्छ ।

मेरा लागि आफ्नो ज्यान पनि दिन तयार हुने त्यस्ता वीरहरु पनि छन् । ती सबै अनेक प्रकारका हतियारहरुद्वारा सुसज्जित छन् र युद्द बिद्यामा पारङ्गत पनि छन् ।

हाम्रो शक्ति नाप्न नसकिने छ र हामी पुर्णरुपमा भीष्म - पितामहद्वारा संरक्षित छौँ भने भीमद्वारा सावधानीपुर्वक संरक्षित पाण्डवहरुको शक्ति सीमित छ।

तपाईँहरु सबैले यो सैन्यव्युहमा आफ्नो ठाउँ वा मोर्चामा रहेर सबैतिरबाट पितामह भीष्मलाई सहयता पुर्याउनुपर्दछ।"

कुरुवंशका अत्यन्त प्रतापी बयोवृद्ध तथा योद्धाहरुका पितामह भीष्मले दुर्योधनलाई आनन्द दिने आफ्नो शङ्ख सिंह गर्जे जस्तै गरि अत्यन्त उच्च स्वरले बजाउनुभयो।

त्यसपछि शङ्खहरु, ढोलहरु, सीङहरु, नगराहरु, तुरहीहरु सबै अचानक बज्न थाले र यो सबैको संयुक्त स्वर अत्यन्त भयङ्कर सुनियो।

त्यसपछि सेता घोडाहरु नारिएको विशाल रथमा विराजमान भएर कृष्ण र अर्जुनले आफ्ना दिव्री शङ्खहरु बजाए।

हृषीकेश(कृष्ण ) ले पाञ्चजन्य शङ्ख बजाउनुभयो, अर्जुनले देवदत्त शङ्ख बजाए र असाधारण काॠ गर्न धेरै भोजन गर्ने भीमले पनि पौण्ड्र शङ्ख बजाए।

हे राजन ! कुन्तीका छोरा युधिष्ठिरले अनन्तविजय शङ्ख बजाए अनि नहकुलसहदेवले सुघोष र मणिपुष्पक शङ्खहरु बजाए।महान धनुर्धारी काशीराज, महान योद्धा शिखण्डी , धृष्टद्धुम्न , विराट, अजेय सात्यिकी, द्रुपद, द्रौपदीका छोराहरु र सुभद्राका बलवान् छोरा यी सबैले अलग अलग आफ्ना शङ्खहरु बजाए।

विभिन्न किसिमक शङ्खहरु बज्दा भएको त्यो कोलाहलपूर्ण आवाजले आकश र पृथ्वीलाई गुञ्जायमान तुल्याउँदै धृतरास्ट्रका छोर्सहरुको हृदय चिर्न थाल्यो।

त्यसपछि हे राजन ! हनुमानको चित्र अंकित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्षाउनै लागेका समयमा धृतरास्ट्रका छोराहरुलाई सैनिक व्युहमा देखेर भगवान कृष्णलाई यी वाक्यहरु भने।

अर्जुन उवाच-सम्पादन

हे अच्युत ! कृपा गरेर यो मेरो रथ दुवै सेनाहरुका बीचमा लगेर अड्याउनु होस् ।त्यहाँ यो सङ्घर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका, को को संग मैले शस्त्रास्त्रहरुको परीक्षामा प्रतिस्पर्धा गर्नुपर्दछ, हेर्नसँकू।

धृतराष्ट्रको खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नका लागि जो यिनीहरु यहाँ लडाइँ गर्न आएका छन् , तिनलाई म हेर्न चहान्छु।

सञ्जय उवाच - हे भरतवंशी राजन ! अर्जुनद्वारा यसरी सम्बोधन गरिएका भगवान कृष्ण ले अर्जुन चडेको त्यो उत्तम रथ दुबै पक्षका सैनिकहरुका बीचमा लगेर अड्याउनुभयो।

भीष्म , द्रोण र सारा संसारभरिका राजाहरुका अगाडि भगवान कृष्णले भन्नुभयो- हे पार्थ ! यसरी यहाँ जम्मा भएका सम्पूर्ण कुरुहरुलाई हेर।

दुवै पक्षका सैनिकहरुका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बुवाहरु, हजुरबुवाहरु, गुरुहरु, मामाहरु, दाइभाइहरु, छोराहरु, ससुराहरु र शुभचिन्तकहरुलाइ देखे।

विभिन्न वर्गका यी साथी सम्बन्धीहरुलाई युद्धभुमिमा देखेपछी कुन्तिपुत्र अर्जुन करुणाले अभिभूत भएर यसरी भन्न थाले।

अर्जुन उवाच

हे कृष्ण ! लडाइँ गर्नका लागि मेरा अगाडि उपस्थित भएका मेरा यी आफ्नै साथी सम्बन्धीहरुलाई देखेर मेरो शरीर कामिरहेको छ र मेरो मुख सुकिरहेको छ।

मेरो सम्पूर्ण शरीरमा कम्प भैरहेको छ, शरीरमा रोमाञ्च भइरहेको छ ( रौहरु ठडिइरहेका छन् ) , मेरो गाण्डीव धनु मेरो हातबाट चिप्लिदै छ र मेरो छाला पोलिरहेछ।

हे केशव! अब यहाँ  धेरै समय उभिने सामर्थ्य पनि ममा छैन ।मैले आफैंलाई बिर्सिदैछु, मेरो मन घुमिरहेको छ, म त केवल अमङ्गल ( अशुभ) मात्रै देखिरहेको छु।

हे कृष्ण ! युद्धमा आफ्ना नाता सम्बन्धीहरुलाई मारेर न म आफ्नो कुनै कल्याण देख्छु न त जितेपछी पाइने राज्री र राज्यसुखको इच्छा नै ममा छ।

हे गोबिन्द! जसका लागि हामीलाई राज्य , भोग र सुखहरु चाहिएको हो तिनिहरु नै आफ्नो प्राण र धनको आशा मारेर लडाइँ गर्न युद्धभुमिमा उभिएका छन् भने त्यो राज्य , त्यो भोग र त्यो जीवन समेतले हामीलाई के लाभ भयो? त्यसैले हे मधुसूदन ! मलाई विजय पनि चाहिएन , राज्री र सुख पनि चाहिएन। गुरुहरु , हजुरबाहरु , बुबाहरु , छोराहरु , नातिहरु , मामाहरु , साला - जेठानहरु , ससुराहरु र अन्य सम्बन्धीजनहरु साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन् । पृथ्वीको राज्यको के कुरा स्वर्ग , मर्त्य , र पाताल यी तिनै लोकको राज्य पाए पनि म यिनीहरुलाई मार्न चाहन्न। यिनीहरुले नै मलाई मार्दछन् भने मारुन । यी धृतराष्ट्रका छोराहरुलाई मारेर हामीलाई के आनन्द होला र ?

यस्ता आततायीहरुलाई मार्यौ भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्रका छोराहरु र हाम्रा मित्रहरुलाई मार्नु हाम्रा लागि उचित छैन। हे माधव ! यी आफन्तहरुलाई हामीलाई के लाभ होला र , के सुख होला र ?

हे जनार्दन ! यी मानिसहरुको बुद्धि लोभले गर्दा भ्रस्ट भएको छ।यिनीहरु आफ्ना परिवारलाई मार्ने र मित्रहरुसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन्  । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हमीहरु किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने ?

वंशको विनाशसँगै शाश्वत कुलपरम्परा पनि नाश हुन जान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्ममा संलग्न हुनपुग्दछ।

हे कृष्ण ! कुलमा अधर्म बड्न शुरु भए पछि कुलका स्त्रीहरु दूषित हुन पुग्दछन् र यसरी स्त्रीहरु आफ्नो सतीत्वबाट पतीत भएपछी हे वृष्णिवंशी कृष्ण ! नचाहिएका सन्तानहरु उत्पन्न हुन्छन् ।

वर्णसङ्कर सन्तानहरुको वृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरु  नरकमा पर्दछन् । यस्ता कुलघातीहरूका  पितृहरू पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोप हुनाले नरकमा खस्दछन् ।

आफ्ना कुलपरम्परालाई नाश गर्ने व्यक्तिहरुको कुकृत्यबाट वर्णसङ्कर सन्ततिहरु उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरुबाट सबै प्रकारका सामुदायिक योजनाहरु तथा पारिवारिक कल्याणका कार्यहरु समेत नष्ट हुन पुग्दछन् ।

हे जनार्दन ! कुलधर्मलाई विनाश गर्नेहरु सधैँभरी नरकमै बाँस गर्दछन् भन्ने कुरा मैले गुरुपरम्पराबाट सुनेको छु।

ओहो ! कति आश्चर्यको कुरा हो, हामी राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै आफन्तहरुलाई मार्न तयार भएर ठूलो पापकर्म गर्न खोजिरहेका छौँ।

हातमा शस्त्र लिएका धृतरास्ट्रका छोराहरुले हतियार नलिएको र युद्ध मैदानमा कुनै प्रतिरोध पनि नगर्ने मलाई मार्छन भने मारुन।मेरा लागि त्यो श्रेयस्कर हुनेछ।

सञ्जय उवाचसम्पादन

युद्धभुमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो वाणसहितको धनु एकातिर पन्छाएर मनमा शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे।

अध्याय २सम्पादन

सञ्जय उवाचसम्पादन

करुणाले भरिएका, शोकले व्याकुल भएका र आँखाभरी आँसु लिएका अर्जुनलाई देखेर मधुसूदन कृष्णले यी वाक्यहरु भन्नुभयो।

भगवान उवाचसम्पादन

प्रिय अर्जुन! तिमीमा यी खिन्नताहरु कसरी आए ? जीवनको मुल्य बुझ्ने मानिसका लागि यी कुराहरु सुहाउँदैन । यसबाट न स्वर्गीय लोकहरुको प्राप्ति हुन्छ न राम्रो कीर्ति नै रहन्छ।

हे पार्थ ! नामर्द नबन , तिमी जस्तो वीरलाई यो शोभा दिंदैन। हे शत्रु दमनकर्ता ! हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ ।।

अर्जुन उवाचसम्पादन

हे शत्रुहन्ता , हे मधुसूदन ! मैले कसरी युद्धभुमिमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरुमाथि वाणले प्रतिप्रहार गरूँ।

ठूला महानुभाव गुरुजनहरुलाई मार्नुभन्दा बरु यो संसारमा भीख मागेर बाँच्नु राम्रो हो। सांसारिक लाभका इच्छुक भए पनि उनीहरु मेरा गुरुहरु हुन् ।यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक वस्तु रगतले मुछिएको रक्तरञ्जित हुनेछ।

हामीले उनीहरुलाई जिते राम्रो हुने कि उनीहरूले हामीलाई जिते राम्रो हुने , यो पनि हामीलाई थाहा छैन। हामी जुन धृतराष्ट्रका छोराहरुलाई मार्न चाहँदैनौँ तिनीहरु नै अहिले हाम्रा अगाडि युद्धभुमिमा उभिइरहेका छन् ।

अहिले विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य के हो भन्ने निश्चित गर्न सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैॠ पनि गुमाउँदैछु।यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छु मेरालागि सबैभन्दा राम्रो के गर्दा हुन्छ, त्यही भन्नुहोस् ।म हजुरकै शिष्री हुँ र हजुरकै शरणमा आएको छु, अत: कृपा गरेर मलाई समुचित उपदेश दिनुहोस् ।

मेरा इन्द्रियहरुलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरु जस्तै यो पृथ्विमा संसारभरिको निष्कण्टक र धन - धान्यपूर्ण राज्री पाए पनि म यो शोकलाई हटाउन सक्दिन।

सञ्जय उवाचसम्पादन

यति भनेपछी शत्रुहरुलाई दमन गर्ने अर्जुनले कृष्णसँग " गोविन्द ! म लडाइँ गर्दिन " भने र चुप लागेर बसे।

हे भरतवंशी ! त्यस समय दुवैतर्फका सैनिकहरुका बीचमा शोकमग्न भएका अर्जुनलाई कृष्णले हाँस्दै यी शब्दहरु भन्नुभयो।

श्रीभगवानुवाचसम्पादन

तिमी कुरा विद्वानका जस्ता गर्छौ तर जसका लागि शोक गर्नु आवश्यक नै छैन त्यसैका लागि शोक गरिरहेछौ।पण्डितजनहरु न जिउँदाका लागि शोक गर्दछन् न मरेकाका लागि नै शोक गर्दछन् ।

योभन्दा अघि पनि म नभएको , तिमी नभएको र यी राजाहरु नभएको कुनै समय थिएन र पछि भविस्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुने छैन।

जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट वृद्धावस्थातिर परिवर्तन भइरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछी अर्को शरीरमा स्थानान्तरित हुने गर्दछ।यश किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरू मोहित हुदैनन् ।

हे कुन्तीपुत्र ! दु:ख र सुख भन्ने कुरा कालक्रममा आउने र जाने जाडो र गर्मी ॠतु जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोध्बाट उत्पन्न हुन्छन् , अत: हे भरतवंशी अर्जुन ! यस्ता कुरालाई मानिसले विचलित नभैकन सहन गर्न सिक्नुपर्छ।

हे पुरुष श्रेष्ठ अर्जुन ! जुन व्यक्ति सुख र दु:खबाट विचलित हुँदैन र दुवै अवस्थामा समान रहन्छ त्यो व्यक्ति निश्चय नै मुक्ती पाउन योग्री हुन्छ।

असत् वस्तुको कुनै चिरस्थायित्व छैन र सत् वस्तुको कुनै परिवर्तन नै हुँदैन । आत्मा र शरीरयी दुवैका प्रकृतिको अध्ययन गरेर तत्वदर्शीहरुले यस्तो निष्कर्ष निकाले।

जो सम्पूर्ण शरीरहरुमा व्याप्त छ त्यसैलाई तिमिले अविनाशी सम्झनु पर्दछ।यो अव्यय आत्मालाई कसैले पनि नष्न गर्न सक्दैन।

अविनाशी , अपरिमेय र शाश्वत जीवात्माको भौतिक शरीर नाशवान छ, त्यसैले हे भरतवंशी अर्जुन तिमी युद्ध गर।

जसले यो जीवात्मालाई मार्ने ठान्दछ र जसले यसलाई मर्नेवाला ठान्दछ, ती दुबै अज्ञानी हुन् ।यो आत्मा न मर्दछ न मारिन्छ।

आत्माका लागि न कहिल्यै जन्म छ न मृत्युु ।आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ अजन्मा छ, नित्री छ, शाश्वत छ, र पुरातन छ।शरीर मर्दा पनि ऊ मर्दैन।

हे पार्थ जसले यो आत्मा अविनाशी छ, अजन्मा छ र अव्यय छ भन्ने जान्दछ त्यसले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ?

जसरी मानिसले पुराना वस्त्रहरु त्यागेर नयाँ वस्त्र धारण गर्छ, त्यसै गरि आत्माले पनि पुराना र काम नलाग्ने शरीर त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत : ।।

यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावाद्वारा नै सुकाउन सकिन्छ।

यो व्यस्टी आत्मा कहिल्यै नफुट्ने, नडढ्ने , नभिज्ने र नसुक्ने खालको हुन्छ।यी आत्मा सधैं रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशील छ, अचल छ र सर्वदा एकैनासको छ।

यो आत्मालाई अव्यक्त , अचिन्त्य र अपरिवर्तनीय भनिन्छ। यो कुरा बुझेर पनि तिमीले शरीरका लागि शोक गर्नु हुँदैन ।

यदि तिमिले आत्मालाई सधैं जन्मिइरहने र सधैं मरिरहने ठान्छौ भने पनि हे महाबाहु ! तिमीले यसका लागि शोक गर्नु पर्ने कुनै कारण छैन।

जो जन्मिएको छ, त्यो अवस्यै मर्छ र मरेपछी फेरि अवश्री जन्मिन्छ,अत: आफ्नो नगरिनहुने कर्तव्यको पालन तिमीले गर्नैपर्दछ र यसमा शोक गर्नुहुँदैन।

जन्मिनुभन्दा अगाडि सबै जीवहरु अव्यक्त अवस्थामा हुन्छन् ,जन्मेर नमरुन्जेल्को मध्य अवस्थामा तिनीहरु व्यक्त हुन्छन् र मरेपछी फेरि अव्यक्त नै हुन्छन् अत: यसमा शोक गर्नुपर्ने के आवश्यकता छ ?

हे भरतवंशी अर्जुन ! शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिँदैन त्यसैले कुनै पनि जीवात्माक लागि तिमीले शोक गर्नु पर्दैन।

एउटा क्षेत्रीयले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचार गरेर, धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरु कुनै काॠ छैन भन्ने कुरा तिमीले बुझ्नुपर्दछ र यस्तो काॠ गर्न तिमीले कुनै सङ्कोच मान्नुहुँदैन।

हे पार्थ ! स्वतः प्राप्त हुन आएको , स्वर्गको खुलेको ढोका जस्तो यस्तो युद्धको अवसर अत्यन्त सुखी वा भाग्यशाली क्षेत्रीयहरुले मात्र प्राप्त गर्दछन् ।

यदि केही गरेर तिमीले यो युद्धरूपी धार्मिक कर्तव्य पूरा गरेनौ भने, तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्ने छ र तिमीले योद्धाका रूपमा पाएको यश पनि गुमाउनेछौ।

मानिसहरुले सधैँ तिम्रो अपयशको वर्णन गर्नेछन् ।एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बड्ता कष्टकर हुन्छ।

जुन जुन महारथीहरूले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन् , तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई तुच्छ मान्नेछन् ।

तिम्रा शत्रुहरू तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौं दुर्वचनहरू भनेर तिम्रो निन्दा गर्नेछन् , त्योभन्दा कष्टदायी कुरा तिम्रा लागि अरू के होला ?

हे कुन्तीपुत्र ! यदि युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउने छौ र यदि युद्ध नै तिमीले जित्यौ भने पृथ्वीको राज्री भोग्न पाउने छौ। त्यसैले तिमी दृढ सङ्कल्पका साथ उठ र युद्ध गर।

सुख-दुःख , लाभ- हानि , विजय- पराजयसम्बन्धी विचारै नगरी तिमी युद्धका लागि युद्ध गर, यसो गर्यौ भने तिमीलाई कुनै पाप लाग्ने छैन।

यसरी विश्लेषणात्मक अध्ययनद्वारा मैले तिमीलाई यो ज्ञानको वर्णन गरें। अब म निष्काम कर्मको व्याख्या गर्छु, सुन।हे पार्थ ! यदि तिमीले यही ज्ञानमा रहेर कर्म गर्यौ भने तिमीले आफूलाई कर्मबन्धनबाट मुक्त गर्न सक्दछौ।

यस प्रयासमा न कुनै हानी छ न बिध्न नै। यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त भयानक किसिमको भयबाट मुक्त गराइदिन्छ ।   ।।४०।।

जो व्यक्ति यो मार्गमा लागेका छन् , जो आफ्नो लक्ष्यमा दृढ छन् तिनको उद्देश्य एउटै हुन्छ।हे कुरुनन्दन ! तर जो दृढप्रतिज्ञ छैनन् तिनीहरुको बुद्धि भने अनेक शाखाहरूमा विभाजित हुन्छ।

अल्पज्ञानी व्यक्तिहरू वेदका आलङ्कारिक वचनहरुप्रती अति आसक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्ति गराउने र राम्रो जन्म , शक्ति र यस्तै अन्य कुराहरू प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरू बताइएका छन् । इन्द्रियभोग र सम्पन्न जीवनको चाहना राख्ने व्यक्तिहरू यो भन्दा ठूलो अरु केही छैन भन्ने गर्दछन् ।

जसको मनमा इन्द्रियभोग र सांसारिक वैभवप्रती अत्याधिक आसक्त छ र जसलाई यस्ता वस्तुहरूले मोहित गर्दछ त्यस्ता व्यक्तिहरू भगवानको अटल भक्तिमा दृढ हुन सक्दैनन् ।

वेदमा मुख्री गरी प्रकृतिका तीन गुणहरूका सम्बन्धमा उल्लेख छ, त्यसैले हे अर्जुन ! तिमी यी तीन गुणभन्दा पर जाऊ। सम्पूर्ण द्धैतभावबाट मुक्त होऊ, समस्त लाभ र सुरक्षाका चिन्ताबाट पनि मुक्त होऊ र आत्मामा स्थित होऊ ।

जसरी एउटा सानो कुवाको काम विशाल जलाशयबाट तुरुन्त पूरा हुन्छ त्यसै गरि वेदका पछाडि रहेको प्रयोजन परम्ब्रह्मलाई जानेपछी स्वतः पूर्ण हुन्छ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोsस्त्वकर्मणि ।।४७।।

तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन।तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ।

हे अर्जुन ! सफलता वा असफलताका सम्पूर्ण आसक्तिहरूलाई त्याग गरेर समभावमा रहेर आफ्नो कर्तव्री गर। यहि समभावलाई नै योग भनिन्छ।

हे धनञ्जय ! भक्तिमय सेवाद्वारा सम्पूर्ण निन्दित कर्मबाट टाढा बस र त्यही सेवाभावमा रहेर भगवान् को शरणमा पर। आफ्ना सकाम कर्महरूको फल भोग्न चाहने कृपण हुन् , तुच्छ विचारका हुन् ।

भगवदभक्तिमा लागेको मानिसले यहि जीवनमा नै आफूलाई राम्रा र नराम्रा दुवै कर्मबाट मुक्त गराउँदछ, त्यसैले तिमी भक्तियोग प्राप्त गर्ने प्रयत्न गर, किनभने सम्पूर्ण कर्ममा कुशलता नै योग हो।  ।।५०।।

यसरी भगवानको भक्तिमा तल्लीन रहेर महर्षिहरू वा भक्तहरूले आफूलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन् र यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखभन्दा परको अवस्था ( भगवदधाम) प्राप्त गर्दछन् ।

जब तिम्रो बुद्धिले मोहरूपी घना जङ्गललाई पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनिसकिएका र सुन्नुपर्ने सबै कुराप्रती विरक्त हुनेछौ।

जब तिम्रो बुद्धिले मोहरूपी जङ्गललाई  पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनिसकिएका र सुन्नुपर्ने सबै कुराप्रति विरक्त हुनेछौ।

जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुने छैन र आत्माको अनुभुतिमा एकाग्र भएर स्थिर रहने छ तब मात्र दिव्री चेतना प्राप्त गर्नेछौ।

अर्जुन उवाचसम्पादन

हे केशव ! अध्यात्ममा लीन भएका व्यक्तिको पहिचान के हो ? ती कसरी बोल्दछन् ? तिनको भाषा कस्तू हुन्छ ? ती कसरी बस्दछन् , अनि कसरी हिड्दछन् ?

श्रीभगवानुवाचसम्पादन

हे पार्थ ! जब मानिसले मानसिक चिन्तनबाट इन्द्रियतृप्तिका लागि उठ्ने सबै किसिमका इच्छाहरुलाई त्यागिदिन्छ र त्यसरी पवित्र हुन पुगेको उसको मनले आफ्नै आत्मामा परम् सन्तुष्टि प्राप्त गर्न थाल्दछ अनि मात्र त्यस्तो व्यक्तिलाई पावन तथा दिव्री चेतनामा अवस्थित (स्थितप्रज्ञ ) मानिन्छ। ll ५५ll

तीन तापहरुका बीचमा रहँदा पनि जसको मन विचलित हुँदैन , वा सुखमा हुँदा जसको मन प्रफुल्लित हुँदैन र जो डर, क्रोध र आसक्तिबाट मुक्त छ , त्यसैलाई स्थितप्रज्ञ सन्त भनिन्छ।

यश भौतिक संसारमा जसले असल कुरा प्राप्त हुँदा हर्षित हुने र अशुभ कुरा आइपर्दा घृणा गर्ने गर्दैन, त्यही नै पूर्ण ज्ञानमा अवस्थित भएको व्यक्ती हो।

जसरी कछुवाले आफ्ना अङ्गहरुलाई खुम्च्याएर खोल भित्र समेट्छ त्यसै गरी जसले आफ्ना इन्द्रियहरुलाई तिनका विषयबाट खिच्दछ त्यही व्यक्ती नै दृढतापूर्वक पूर्ण चेतनामा स्थिर रहन्छ।

कुनै देहधारी जीव इन्द्रियभोगबाट मुक्त भए पनि उसमा त्यसको वासना भने रहिरहन्छ तर यदि त्यो भन्दा उत्कृष्ट रसको संवाद उसले पायो भने विषयभोगको अभिरुचि समाप्त हुन्छ र ऊ कृष्णचेतनामा स्थिर हुन्छ ।

हे अर्जुन ! इन्द्रियहरु कति बलवान् र वेगवान छन् भने तिनीहरूलाई नियन्त्रण  गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् ।ll६०ll

जुन व्यक्तिले आफ्ना इन्द्रियहरुलाई पूर्णतया नियन्त्रणमा राखेर निग्रह गरेको छ र आफ्नो चेतनालाई ममा स्थिर गरेको छ, त्यही व्यक्ति स्थितप्रज्ञ भनिन्छ।

तर सम्पूर्ण राग र द्वेषबाट मुक्त भएको र स्वतन्त्र नीति नियमहरूद्वारा आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले भगवानको पूर्ण कृपा प्राप्त गर्न सक्दछ।

यसरी कृष्णभावनामा सन्तुष्ट रहने व्यक्तिका लागि संसारका तीनै किसिमका भौतिक कष्टहरु धेरै टिक्दैनन्। यश किसिमको तृप्त चेतनामा रहने व्यक्तिको बुद्धि चाँडै नै स्थिर हुन्छ।

जो व्यक्ति कृष्णभावनामा रहेर भगवानसँग जोडिएको छैन त्यो व्यक्तिको न बुद्धि नै दिब्य हुन सक्दछ न मन नै स्थिर हुनसक्दछ। अस्थिर मन भएका व्यक्तिले शान्ति प्राप्त गर्नु सम्भव छैन र शान्तिबिना सुख कसरी पाउन सकिन्छ र ?

जसरी पानीमाथिको डुङ्गालाई शक्तिशाली हावाले हुत्याएर एकातिर पुर्याइदिन्छ त्यसै गरी विचरणशील इन्द्रियहरुमध्ये कुनै एकमा एकाग्र भएको मनले मानिसको बुद्धिलाई नै हरण गरिदिन्छ।

त्यसैले हे महाबाहु ! जसका इन्द्रियहरु आफ्ना विषयबाट पूर्णत: हटेर नियन्त्रणमा आएका छन् त्यसैको बुद्धिलाई निसन्देह स्थिर बुद्धि मान्नुपर्दछ।

जुन समयमा सबै जीवहरुका लागि रात्री हुन्छ, त्यसमा आत्मसंयमी पुरुष जागृत रहन्छन् र सबै जीवहरु जाग्ने समय आत्मदर्शी मुनिका लागि रात्री हुन्छ।

जसरी सधैं परिपूर्ण र अचल रूपमा प्रतिष्ठित समुन्द्रमा नदीहरू प्रवेश गर्दछन् त्यसै गरि स्थिर चित्त भएका व्यक्तिका हृदयमा अनेक इच्छाहरु नित्य प्रवेश गर्दछन् र बिलाउँदछन्।त्यस्तै स्थिर व्यक्तिले माय्र शान्ती प्राप्त गर्दछन् तर विषयको इच्छा भएका व्यक्तिले त्यो शान्ती पाउँदैनन् ।

जसले इन्द्रियतृप्तिका सबै चाहनाहरुलाई त्यागिदिएको छ, जो इच्छहरुबाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यागिदिएको छ र अहंकारशून्री बनेको छ त्यही व्यक्तिले मात्र शान्ती प्राप्त गर्न सक्दछ।

यो आध्यात्मिक तथा ईश्वरीय जीवनको मार्ग हो जसलाई प्राप्त गरेपछी मानिस मोहित हुँदैन ।हे अर्जुन ! जीवनको अन्तिम अवस्थामा पनि यस्तो स्थितिमा पुग्ने मानिस भगवानको धाममा प्रवेश गर्नसक्दछ।

बाहिरी कडीहरूसम्पादन

ढाँचा:Komalgeeta

यो पनि हेर्नुससम्पादन