परमहंस योगानन्द
परमहंस योगानन्द (५ जनवरी १८९३ – ७ मार्च १९५२), बीसौं शताब्दीका एक आध्यात्मिक गुरू, योगी र सन्त हुनुहुन्थ्यो । उहाँले आफ्नो अनुयायिहरूलाई क्रिया योगको उपदेश दिनुभएको थियो तथा सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गर्नुभएको थियो । योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल र इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् । योगानन्द प्रथम भारतीय गुरु हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा गरेका विभिन्न कार्यहरूलाई पश्चिमी राष्ट्रहरूमा फैलाउने कार्य गर्नुभएको थियो ।
परमहंस योगानन्द Paramahansa Yogananda | |
---|---|
व्यक्तिगत | |
जन्म | मुकुन्द लाल घोष ५ जनवरी १८९३ [१] |
मृत्यु | ७ मार्च १९५२ | (उमेर ५९)
चिहान | फरेस्ट लन मेमोरियल पार्क |
राष्ट्रियता | भारतीय र अमेरिकी |
हस्ताक्षर | |
Order | आत्म-प्राप्ति समागम |
संस्थापक | आत्म-प्राप्ति समागम/भारतीय योगोदा सत्संग सामाज |
दर्शन | हिन्दू, क्रिया योग |
पदस्थापना | |
गुरु | युक्तेश्वर गिरी |
साहित्यिक कार्यहरू | परमहंस योगानन्द ग्रन्थसूची |
मृत्युको कारण | हृदयघात/महासमाधि |
जीवन
सम्पादन गर्नुहोस्युवावस्था र शिष्यत्व
सम्पादन गर्नुहोस्योगानन्दको जन्म पुर्वोत्तर भारतमा हिमालय पर्वत श्रेणीको नजिक स्थित गोरखपुरमा ५ जनवरी १८९३ ई.सं मा बङ्गाली क्षत्रिय परिवारमा भएको थियो।[२] योगानन्दका कान्छा भाई, सनन्दका अनुसार, योगानन्दको अध्यात्मको जागरण र अनुभव शुरुआती समयदेखि नै सामान्य भन्दा अधिक थियो।[२] उहाँका पिता, भगवती चरण घोस, बङ्गाल नागपुर रेलवेमा उपाध्यक्ष अर्थात भाइस-प्रेसिडेन्टको समकक्षी पदमा कार्यारत हुनुहुन्थ्यो; यात्रा नै उहाँको रोजगारको हिस्सा भएकाले योगानन्दको बाल्यकालमा उहाँको परिवारले लाहोर, बरेली र कलकत्ता लगायतका भारतका अनेक शहरहरूमा बस्नुपरेको थियो।[३] योगानन्दको आत्मकथा अटोबायोग्राफी अफ अ योगी पुस्तकमा उल्लेख भएअनुसार, उहाँको ठूलो दाजू अनन्तको विवाह हुन केहि दिनमात्र शेष रहँदा उहाँको आमाको देहान्त भएको थियो। मृत्युअघि उहाँकी आमाले अनन्तलाई एउटा अलौकिक ताबीज छोड्दै एक बर्षपछि मुकुन्दलाई दिनु भन्नुभएको थियो। उक्त ताबीज एक साधुले दिएका थिए जुन योगानन्दसँग केही बर्ष रह्यो र रहस्यमयी तरिकाले आफैँ गायब भयो। बाल्यकालमा योगानन्दका यात्राका लागि उहाँका पिताले रेलको पास दिनुहुन्थ्यो जसको प्रयोग उहाँ टाढाका तीर्थस्थल दर्शनका लागि गर्नुहुन्थ्यो। युवावस्थामा उहाँले भारतका धेरै हिन्दु साधु र सन्तसँग भेट गर्नुभयो, जसमा बाघ स्वामी, गन्ध बाबा, र महेन्द्रनाथ गुप्ता पनि शामिल हुनुहुन्छ, जसले उहाँको आध्यात्मिक खोजमा मार्गदर्शन गर्नका लागि योगदान गर्नुभएको थियो।[३] उच्च माध्यमिक विद्यालयको पढाइ सिध्याएपछि, परमहंस योगानन्दले औपचारिक रूपमा घर छोड्नुभयो र वाराणसीको एउटा महामण्डल आश्रममा सामेल हुनुभयो; तर त्यहाँ ध्यान र ईश्वर धारणाको सट्टा संगठनात्मक कार्यमा बढी जोड दिइने भएकाले उक्त आश्रममा उहाँँलाई सन्तुष्टि मिलेन। त्यसैले उहाँले पथप्रदर्शनका लागि ईश्वरलाई प्रार्थना गर्नुभयो जसको परिणाम स्वरूप १७ बर्षको उमेरमा स्वामी श्री युक्तेश्वर गिरीले उहाँलाई शिष्यका रूपमा स्विकार गर्नुभयो र क्रियायोगको दीक्षा दिनुभयो। त्यो समयमा, राम्ररी संरक्षण गरेर राखिएको ताबीज रहस्यमय ढंगमा हरायो, जसले आफ्नो आध्यात्मिक उद्देश्य पूरा गरिसकेको थियो। आफ्नो आत्मकथामा योगानन्दले युक्तेश्वर जी सँगको पहिलो भेटलाई यसरी वर्णन गर्नुभएको छः
"निशब्दताको एकतामा हामी दुवै एक भयौँ; शब्दहरूको प्रयोजन निकृष्टतम् प्रतित हुन लाग्यो। विश्वस्त बनाउने संवाद गुरूको हृदयबाट शब्दरहित सान्त्वना बनेर शिष्यको हृदयमा प्रवेश गर्न थाल्यो। आफ्नो अन्तर्मनमा मैले निर्विवाद रूपमा जानें कि मेरो गुरूले ईश्वरलाई चिन्नुहुन्छ, र मलाई ईश्वरसमक्ष पुर्याउनु हुनेछ। यो जीवनको अन्धकार पुर्वजीवनका स्मृतिहरूको मधुर अरूणोदयमा अदृष्य भयो। रोमाञ्चक समय! भूत, वर्तमान र भविष्य कालचक्रमा चक्राकार घुम्दै गरेका दृष्य हुन्। सूर्य यी पवित्र चरणहरूमा मलाई पहिलो पटक मात्र देख्दै थिएन!"[३]
उहाँ अघिल्लो दश बर्ष (१९१०-१९२०) का लागि शिष्यका रूपमा श्री युक्तेश्वर जी को नेतृत्वमा श्री रामपुर र पुरीमा धर्मोपदेशको प्रशिक्षणका लागि जान तयार हुनुभयो। पछि श्री युक्तेश्वर जी ले योगानन्दलाई सूचित गर्नुभयो कि उहाँलाई उहाँकै वंशका महान गुरु महावतार बाबाजीले योग प्रसारको विशेष विश्व उद्देश्यको लागि पठाउनु भएको थियो।[३]
१९१४ मा स्कटीस चर्च कलेज, कलकत्ताबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेपछि, उहाँले श्री रामपुर कलेजबाट वर्तमान समयको ब्याचलर अफ आर्ट्स अर्थात् बी.ए. को समान डिग्रीका साथ स्नातकको उपाधि प्राप्त गर्नुभयो जसलाई त्यस समयमा ए.बी भन्ने गरिन्थ्यो।
जुलाई १९१४ मा कलेजबाट स्नातक गरेको ठीक एक बर्ष पछि, उहाँले स्वामी संस्थान अन्तर्गत सन्यास ग्रहण गर्नुभयो र आफ्नो पारिवारिक नाम मुकुन्द लाल घोस लाई छोडेर उहाँ स्वामी परम्परा को गिरि शाखा को योगानन्द गिरि का नामले चिनिन थाल्नुभयो।[३]१९१७ मा, योगानन्दले दीहिका, पश्चिम बंगाल मा केटाहरु का लागि एउटा स्कूलको स्थापना गर्नुभयो, जसमा आधुनिक शैक्षिक प्रविधिको योग प्रशिक्षण र आध्यात्मिक आदर्शलाई जोडिएको थियो। एक बर्ष पछि, स्कूललाई रांचीमा स्थानान्तरित गरिएको थियो।[३]उक्त स्कूल स्थापनाको पहिलो बर्ष नै त्यहाँ अध्ययन गर्ने छात्रहरु मध्ये एक योगानन्द कै कान्छा भाई बिष्णु चरण घोष पनि थिए, जसले त्यहाँ योग का अनेक आसनहरु सिके र बिक्रम चौधरीलाई सिकाए।[४]
अमेरिका मा शिक्षण
सम्पादन गर्नुहोस्उपदेश
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Yogi of Yogis Sri Paramahansa Yogananda visited our city", Star of Mysore, २०१७-०६-२०, अन्तिम पहुँच २०१८-०१-०५।
- ↑ २.० २.१ Sananda Lal Ghosh,(1980), Mejda, Self-Realization Fellowship, p.3
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ Autobiography of a Yogi, 1997 Anniversary Edition. Self-Realization Fellowship (Founded by Yogananda) yogananda.org
- ↑ Newcombe, Suzanne (२०१७), "The Revival of Yoga in Contemporary India", Religion (Oxford Research Encyclopedias) 1, आइएसबिएन 9780199340378, डिओआई:10.1093/acrefore/9780199340378.013.253।