द्रव्य शाह
द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए। राजा यशोब्रम्ह शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याईंका कारण यिनी राजा बन्न सफल भए। नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाह लिगलिगकोट, बार्पाक लगायतका राज्यहरूमा षड्यन्त्र गरी राज्य हत्याएका कारण एक षड्यन्त्रकारी राजाको रूपमा परिचित छन। उक्त राज्यारोहणमा उनलाई सहयोग गर्ने भारदारहरू गणेश पाण्डे, भागीरथ पन्त, नारायण अर्ज्याल, गङ्गाराम राना भुसाल, केशव बोहोरा, मुर्ति खवास, सर्वेश्वर खनाल, आदिहरू हुन् । गणेश पाण्डे द्रव्य शाहका प्रथम काजी (प्रधानमन्त्री) हुन् भने भागीरथ पन्त उनका प्रथम सेनापति हुन् । नारायण अर्ज्याल राजगुरु, सर्वेश्वर खनाल पुरोहित, केशव बोहोरा राजस्व अधिकारी आदि थिए ।
द्रव्य शाह | |||||
---|---|---|---|---|---|
श्री श्री महाराज | |||||
![]() राजा द्रव्य शाहको चित्र | |||||
गोरखाको राजा | |||||
शासनकाल | वि.सं. १६१६ – १६२७ | ||||
राज्याभिषेक | वि.सं. १६१६ | ||||
पूर्वाधिकारी | मानसिंह खड्का | ||||
उत्तराधिकारी | पुरेन्द्र शाह | ||||
जन्म | वि. सं. १६१६ (सन् १५५९) | ||||
मृत्यु | वि. सं. १६२७ (सन् १५७०) गोरखा राज्य | ||||
सन्तान | राजा पुरेन्द्र शाह (पूर्णशाह) | ||||
| |||||
वंश | शाह वंश | ||||
बाबु | यशोब्रह्म शाह | ||||
धर्म | हिन्दु |
लिगलिगकोट माथि अधिकार
सम्पादन गर्नुहोस्यशोब्रह्म शाहपछी जेठा छोरा नरहरि शाह लमजुङको गद्दीमा बसे । कान्छा छोरा द्रव्य शाह ज्यादै महत्त्वाकांक्षी भएकाले आफू पनि राजा बन्न चाहन्थे। त्यस समय लमजुङ र गोरखाबीचमा घलेहरूले शासन गरिएको लिगलिगकोट नामक सानो राज्य थियो । लिगलिगकोटको राजा छान्ने परम्परा अनुसार प्रत्येक वर्ष विजयादशमीको दिन दौडको आयोजना गरिन्थ्यो र दौड सुरु भएपछी लिगलिगकोटमा सबैभन्दा पहिले पुग्ने व्यक्तिलाई त्यसै दिन देखि एक वर्षका लागि राजा मानिन्थ्यो । अर्को विजयादशमीको दिन पुनः दौड गराई नयाँ राजाको छनोट गरिन्थ्यो ।
यहि परम्परा अनुसार वि.सं. १६१५ को विजयादशमीको दिन सम्पूर्ण लिगलिगे भाइभारदार तथा प्रजाहरु राजा छान्न दौड प्रतियोगितामा व्यस्त रहेको मौका परेर लमजुंगका द्रव्य शाहले लिगलिगकोट माथि अचानक आक्रमण गरे । लिगलिगेहरूले द्रव्य शाहलाई परास्त गर्न नसकेकाले द्रव्य शाह सजिलै लिगलिगकोटको राजा बने ।
गोरखा राज्य स्थापना
सम्पादन गर्नुहोस्गोरखा राज्यमा मतवाली खड्गा ( खड्का) थरका राजा राज्य गर्दथे तर उनलाइ प्रजाहरु मन पराउँदैनथे। गोरखाका शक्तिशाली भारदारहरु पनि राजासँग सन्तुष्ट थिएनन् । उनीहरू खड्का राजाको सट्टामा अन्य योग्य व्यक्तिलाई राजा बनाउन चाहन्थे भने द्रव्य शाह पनि गोरखाका राजा बन्न ज्यादै प्रयत्नशील थिए। यस्तो परिस्थितिमा दुबै पक्षको स्वार्थ मिलेका हुनाले गोरखामाथी आक्रमण गरी त्यहाँका राजालाई पराजीत गर्ने सरसल्लाह गर्न थाले।
द्रव्य शाहले सर्वप्रथम गोरखाका जनताहरूलाई आफ्नो समर्थक बनाएपछी वि.सं १६१६ को भाद्रमा आफ्ना सहयोगीहरुका साथ लिगलिगकोटबाट गोरखामाथी आक्रमण गरे। लगातार १५ दिनसम्म युद्ध भयो तर द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् तर उनी निराश भने भएनन्। अर्कोपटक पुन: आक्रमण गर्नका लागि गणेश पाँडे, नारायणदास अर्ज्याल, भगिरथ पन्त, गङ्गाराम राना, मुरली खवास, सर्वेश्वर खनाल, केशव बोहोरा, गजानन्द भट्टराई लगायतका गोर्खाली भारदार तथा प्रजाहरूले द्रव्य शाहलाई तल्लो कोटमा लुकाई खड्का राजालाई आत्मसमर्पण गराउने प्रयास गरे तर सफल भएनन्। त्यसै राती आक्रमणका लागि उपयुक्त साइत जुरेको हुनाले द्रव्य शाहको समुहले अचानक आक्रमण गर्यो। द्रव्य शाहको हातबाट खड्का राजा मारिएकाले गोरखा राज्यमाथी विजय प्राप्त भयो। यसरी द्रव्य शाहले गोरखा राज्य स्थापना गरे।
"राइट क्रोनिकल"[१] भनेर चिनिने कृतिले द्रव्य शाहको अभिषेकलाई यसरी वर्णन गर्दछ:
बुधवार, भाद्र बदि ८ गते, शक १४८१ मा रोहिणी नक्षत्र परेको शुभ दिनमा, द्रव्य शाहले भगिरथ पन्थ, गणेश पाँडे, गंगाराम राना मगर, नारायणदास अर्याल, खनाल बोहरा र मुरली खवासको सहयोगमा गोर्खाको एउटा झुपडीमा आफुलाई लुकाए। गणेश पाँडेले जनैधारी मानिसहरू—थापा, बुसाल, राना र मगर जातिको मास्की रानाहरू—लाई जम्मा गरेका थिए। उनीहरू दह्या गौंडा बाटो हुँदै दरबारतिर गए। युद्धको क्रममा द्रव्य शाहले आफ्नै हातले राजा मानसिंह खड्का मगर[note १] [३]लाई तरबारले हत्या गरे। त्यही शुभ घडीमा द्रव्य शाहले बाजागाजासहित गद्दीमा बस्नुभयो।
— History of Nepal[२]
नरहरि शाहसंग विवाद
सम्पादन गर्नुहोस्द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इर्ष्या भयो । उनले ´´भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ´´भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरु बनाइ पटक पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो ।दुई भाइबीच झगडा भए पछि दुबै राजाकी आमा राजमाता वसन्तावतीले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा[४] छुट्ट्याएको किंबदन्ती छ ।
त्यसपछि द्रव्य शाहले उपल्लोकोट, सिह्रानचोक, अजिरगढ आदि विजय गरी गोर्खा राज्यको सीमा विस्तार निर्माणको कार्य गरे।
दरबार हत्याकाण्ड सँग सम्बन्ध
सम्पादन गर्नुहोस्गोरखामा अधिकार गरेपछि खड्का राजाका कुलदेवताले द्रव्य शाहको १९ औ वंशको शरीरमा प्रवेश गरी द्रव्य शाहको सन्ततिको वंश विनाश गरी कालान्तरमा शाह वंश नै अन्त्य गरेको खड्का समुदायको विश्वास रहेको छ ।
यिनी राजा पुरेन्द्र शाहका पिता थिए। यिनको शासनकाल सन् १५५९ देखि १५७० सम्म रह्यो। यिनको मृत्यु सन् १५७० मा गोरखामा भयो।[५]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ On the historicity and publication history of the "Wright Chronicle," see pp. 86–92 of Manik Bajracharya and Axel Michaels, "On the Historiography of Nepal: The ‘Wright’ Chronicle Reconsidered," European Bulletin of Himalayan Research 40: 83–98 (2012). [१]
- ↑ २.० २.१ Wright 1877, पृष्ठ 278.
- ↑ History of Nepal, p=278
- ↑ "गोर्खा वंशावलि", प्राचीन नेपाल 28 (1)।
- ↑ http://www.royalark.net/Nepal/nepal2.htm
साम्रगी
सम्पादन गर्नुहोस्रेग्मी, डिल्लीरमण (१९७५), मोर्डन नेपाल।
पूर्वाधिकारी मानसिंह खड्का |
गोरखाको राजा सन् १५५९ – १५७० |
उत्तराधिकारी पुरेन्द्र शाह |
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "note", but no corresponding <references group="note"/>
tag was found