पुँवर खड्का नेपाली क्षेत्री थर खड्काको एक कुलघरान हो । यिनीहरू कपिल, भारद्वाज र कश्यप (काैशिल्य) गोत्रका हुन् ।[]

हिन्दू धर्मकाे गहिराे प्रभाव रहेका तर मष्ट देवलाई मुख्य देवता मानेर कुलकैरुपमा मान्दछन्। यिनीहरुले सव त्याग्न सक्छन्। तर आफ्नाे कुल मष्ट कुनै पनि हालतमा छाेड्दैनन्। यी खड्काहरुको इतिहास एकदम रोचक छ।

पुँवर वंशी भएकाले आयाे जातिलाई पुँवार खड्का भनिन्छ। पुँवार यिनीहरुकाे कैरन हाे। गाेत्र फरक भएपनि पुँवार खड्काले पुँवार खड्काकाे छाेरी चेली संग विहेवारी गर्दैनन्। किन कि उनिहरुले गाेत्र भन्दा कैरनलाई प्राथामिकता दिन्छन्।

यिनीहरु खस सभ्याताका सशक्त एक जातिका हुन्। खसान क्षेत्रकाे भुगाेलमा ई.पु. ८ ओं शताव्दी देखि वसेर खस - सभ्यता, संस्कृति, भाषा र लिपि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे जाति हाे। याे जाति आधुनिक नेपाल निर्माण संगै देशका सवै कुनामा फैलिएर वसेकाे छ। यहाँ कतिपयले भ्रमवस वा आफुलाई सर्व श्रेष्ट देखाउने महत्वकांक्षाले आर्य सभ्यताकाे परिचय दिने गर्छन्। खस सभ्यता र आर्य सभ्यता दुई फरक सभ्यता हुन्। आर्य सभ्यताकाे केन्द्र गंगा मैदान (हाल उत्तर भारत) हाे भने खस सभ्यताकाे केन्द्र हाल कर्णाली प्रदेशकाे सिंजा उपत्यका हाे। यद्यपि दुवै सभ्यताकाे क्षेत्र दक्षिण एसिया रहेकाे थियाे। त्याे क्षृेत्र अहिले भारत र नेपाल दुवै देशमा परे पनि केन्द्र आर्य सभ्यताकाे उत्तर भारतकाे गंगा मैदान र खस सभ्यताकाे केन्द्र नेपालकाे कर्णाली प्रदेशकाे जुम्ला स्थित सिंजा उपत्यकामा पर्छ।

चार काजी मध्ये यिनीहरु पनि पर्छन्।

इतिहास पल्टाउदा यिनिहरु राज खान्दानका राज परिवार हुन्।

नेपाल सथै भारत (इन्डिया) का बिभिन्न ठाउँमा यीनिहरु राज चल्थ्यो।


पुँवर खड्काहरूले अरु धेरै पर्वहरु मानेता पनि यिनीहरुकाे मुख्य पर्व मष्ट हाे। यिनीहरुले मष्टका नाम विभिन्न हुन सक्छन्। तर, मष्ट यिनीहरुकाे कुल देवता हाे भने मुख्य पर्व नै हाे। यिनीहरुले सव छाेड्छन्। मष्ट पुजा छाेड्नुलाई वंश त्याग गरेकाे मान्दछन्।

सम्पादन गर्नुहोस्

उल्लेखनीय पुँवर खड्काहरू:

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला

सम्पादन गर्नुहोस्