प्रदीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन्,[१] जो चलचित्र 'प्रेम गीत' पछि सफल स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र 'इस्केप'बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए।[२]

प्रदीप खड्का
वि.सं २०७६ को एक होली कार्यक्रममा प्रदीप खड्का
जन्म१९९२ मार्च १०
ललितपुर नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशाअभिनेता, चलचित्र निर्माता
कार्यकाल२०११ – हाल
चिनारीको कारणप्रेमगीत
उचाइ५ फिट ८ इञ्च
धर्महिन्दु
मातापिताटेक बहादुर खड्का
सारदा खड्का
वेबसाइटhttp://pradeepkhadka.com

बाल्यकाल र शिक्षा सम्पादन गर्नुहोस्

ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा जन्मिएका प्रदीप खड्काको बाल्यकाल जन्मस्थान कुसुन्तीमै बितेको थियो।[२] प्रवेशिका सम्मको अध्ययनपछि प्रसिद्धि एकाडेमीमा भर्ना भएका उनले त्यहाँबाट ब्यवस्थापनमा प्लस टु पूरा गरका थिए। उनले बजार ब्यापार प्रवन्धन विषयमा विद्यावारिधी हासिल गरेका छन्। सिक्किम मनिपाल विश्वविद्यालयबाट मान्यता प्राप्त लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबाट उनले विद्यावारिधी पूरा गरेका थिए। चलचित्र क्षेत्र बाहेक उनले केही समय गैरसकारी संस्थामा समेत काम गरेका थिए।

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

प्रदीप खड्काको सानै उमेरदेखि चलचित्रमा अभिरुची रहेको थियो। त्यसैले पनि उनले आफ्नै उत्पादन गृह सुरु गरेको उनले विभिन्न मिडियाहरूसँगको अन्तरवार्ताका क्रममा भनेका छन्। उनले सन् २०११ मै प्रदीप मिडिया सुरु गरेका थिए। उनको पहिलो चलचित्र इस्केप पनि यही प्रोडक्सनबाट तयार भएको थियो। यस चलचित्रमा रिमा विश्वकर्माले नायिकाको भूमिकामा अभिनय गरेकी थिइन्। तर उनको यो चलचित्र सफल हुन सकेन।

सन् २०१५ मा प्रेम गीतको समूह नयाँ अभिनेताको खोजीमा थियो। प्रदीपले त्यसमा अडिसन दिए र छनोट पनि भएका थिए। उनको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो र उनी लोकप्रिय बन्न पुगे। प्रेम गीतको सफलतापछि त्यसैको भाग २ को रूपमा सोही टोलीले प्रेम गीत २ को निर्माण गरेको थियो। यस चलचित्रमा पनि प्रदीप खड्का नै नायकको भूमिकामा उत्रिएका थिए। यो चलचित्र पनि बक्स अफिसमा एक ब्लकबस्टर चलचित्रको रूपमा गनिएको थियो। सन् २०१८ मा आएर अर्को चलचित्र लिलि बिली पनि प्रदीपको निकै सफल चलचित्र बनेको थियो। यसमा प्रियङ्का कार्की, जसिता गुरुङले मुख्य भूमिकामा रहेका थिए।

त्यसपछिको उनको चलचित्र रोजले पनि चर्चा बटुल्न सफल भएको थियो। यस चलचित्रमा उनले मिरुना मगरसँग अभिनय गरेका थिए। त्यसपछि उनले अभिनय गरेको चलचित्र लभ स्टेसनको बजारमा ब्यापक चर्चा रहेको थियो र चलचित्र सफल भएको निर्माताको दावी रहेको थियो।[३]

पुरस्कारहरू सम्पादन गर्नुहोस्

  • 'एलजी चलचित्र पुरस्कार २०७५ (चलचित्र लिलिबिलिबाट - लोकप्रिय अभिनेता)[४]

अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्

सङ्केत

  प्रदर्शन हुन बाँकी चलचित्रहरू
वर्ष चलचित्र भूमिका निर्देशक टिप्पणी
सन् २०१५ स्केप
प्रेमगीत प्रेम सुदर्शन थापा
सन् २०१७ प्रेमगीत २ प्रेम रामशरण पाठक
सन् २०१८ लिलि बिली आभाष/बिली मिलन चाम्स
सन् २०२९ रोज अभिजङ थापा निरक पौडेल[५]
लभ स्टेसन सागर उज्ज्वल घिमिरे
सन् २०२० प्रेमगीत ३ [६] प्रेम चेतन गुरुङ र सन्तोष सेन छायाङ्कन सम्पन्न

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "प्रदीप खड्काको जीवनी", बायो फेमस, अक्टोबर ९, २०१७, अन्तिम पहुँच १२ जून २०१९ 
  2. २.० २.१ "प्रदीप खड्का", नेपाली ट्रेण्डस्, १२ जून २०१९। 
  3. "कस्तो चल्यो चलचित्र ‘लभ स्टेसन’ ?", राष्ट्रवाणी [dead link]
  4. "‘एलजी सिने सर्कल अवार्ड’ निता र नाजिर उत्कृष्ट,‘लाईफटाइम एचिभमेन्ट अवार्ड’ रानालाई", सेलिब्रिटि नेपाल, अन्तिम पहुँच १२ जून २०१९ 
  5. "'रोजी'मा यी चार अवतारमा देखिनेछन् प्रदिप (तस्वीर सहित)"। सेतोपाटी। सङ्ग्रह मिति २५ अगस्ट २०२० 
  6. "प्रेमगीत ३' रिलिज स्थगित"रातोपाटी। सङ्ग्रह मिति २०२०-०७-१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट