स्पुतनिक १ (रुसी: Спутник-1) सोभियत सङ्घद्वारा निर्मित धरतीको पहिलो कृत्रिम उपग्रह थियो।[१] यसको प्रक्षेपण सन् १९५७ मा गरिएको थियो।

सोभियत सङ्घले यस उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा ४ अक्टोबर १९५७ मा प्रक्षेपण गरेको थियो। यसले यसको ब्याट्री नसकिएसम्म तीन हप्ता पृथ्वीको परिक्रमा गरेको थियो र दुई महिना पछि पृथ्वीको वायुमण्डलमा खसेको थियो।

४ जनवरी १९५८ मा स्पुतनिक पृथ्वीको वायुमण्डलमा खसेर जल्नु भन्दा अगाडी पृथ्वीको कक्षमा १४४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर (४३×१०^ माइल) दुरी यात्रा गरेको थियो।[२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Terry 2013, पृष्ठ 233.
  2. "Sputnik 1 – NSSDC ID: 1957-001B", NSSDC Master Catalog, नासा, मूलबाट ८ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २००८