अलेक्सान्दार केरेन्स्की
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की (सन् १८८१-१९७०) - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति पश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्ति पश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।[१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५
विकिमिडिया कमन्समा अलेक्सान्दार केरेन्स्की सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अलेक्सान्दार केरेन्स्की सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।