गृहयुद्ध
गृहयुद्ध भनेको एक देश भित्र कै संगठित समूहहरू बीचको युद्ध हो। कहिलेकाँही गृहयुद्धलाई दुई देशको युद्ध पनि भनिन्छ, जुन कुनै समयमा एउटै देशको भुभाग रहेका थिए । गृहयुद्धमा लड्ने गिरोहको उद्देश्य फरक फरक हुन्छ। कोही सम्पूर्ण देशलाई नियन्त्रण गर्न चाहन्छन् र आफ्नै शासन व्यवस्था प्रणाली लागू गर्न चाहन्छन्, कोही देशको सरकारी नीति बदल्न चाहन्छन् भने कोही देशलाई विभाजित गरेर आफ्नो क्षेत्रलाई स्वतन्त्र बनाउन चाहन्छन्। गृहयुद्ध घातक हुन्छन् - लाखौं मानिसहरु मर्दछन्, लाखौं घरबारविहीन र विस्थापित हुन बाध्य हुन्छन्, देशमा दशकौं सम्म भयङ्कर गरिबी र भोकमरी फैलिन सक्छ र देशको उद्योग लामो समयको लागि चौपट हुन सक्छ। बर्मा, अंगोला र अफगानिस्तान त्यस्ता देशहरू हुन् जसको विगत कुनै समयमा एकदमै उज्ज्वल मानिन्थ्यो, तर गृहयुद्धको यी विश्वको सबैभन्दा पिछडिएका र कमजोर देशहरूमाथि गनिन थाल्यो । गृहयुद्धको क्रममा प्राय: विदेशी सेनाहरूले देशलाई कमजोर पाएर त्यसमा हस्तक्षेप गर्दछन्, जस्तो कि लेबनानको गृहयुद्धमा १९७५-१९९० सम्म चलेको थियो। [१]
सन्दर्भ
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Civil wars: internal struggles, global consequencesG - Reference, Information and Interdisciplinary Subjects Series, Marie Olson Lounsbery, Frederic Pearson, University of Toronto Press, 2009, ISBN 978-0-8020-9672-2