आदित्य झा
आदित्य झा नेपाली मैथिली मूलका क्यानेडेली समाजसेवी तथा व्यापारी हुन् ।[१] उनको जन्म जनकपुर, नेपालमा मैथिली ब्राह्मण परिवारमा भएको हो ।
आदित्य झा Aditya Jha | |
---|---|
जन्म | जनकपुर, नेपाल |
राष्ट्रियता | क्यानेडियन |
मातृ शिक्षाप्रतिष्ठान | एल.एल.डी. रायर्सन विश्वविद्यालय, |
पुरस्कार | क्यानेडियन अर्डर अफ मेरिट |
वेबसाइट | poafoundation |
व्यापारिक र करियर
सम्पादन गर्नुहोस्सन् १९९४ मा उनले बेल क्यानडा कम्पनीमा काम गरेका थिए । पछि उक्त कम्पनीको जेनेरल म्यानेजर बनेपछि इसोपिया इन्क्ल्युसिभ नामक कम्पनी खोले । उक्त कम्पनीलाई सन माइक्रोसिस्टम्सले १०० मिलियन डलरमा खरिद गरेको थियो । त्यसपछि उनले अर्को सफ्टवेर कम्पनी ओनेलस इन्क्ल्युसिभ खोले । क्यानडाको एक सर्वाधिक पुरानो क्यान्डी कम्पनी खरिद गरे । सो कम्पनीको नाम कर्मा नामाङ्करण गरे ।
समाजसेवा
सम्पादन गर्नुहोस्उनले नेपालमा प्रति बच्चा ल्यापटप अभियान चलाएका थिए । नेपालका विभिन्न विद्यालय एवम् नेपाल लाइब्रेरी फाउन्डेसनमा समेत सहयोग पुर्याएका थिए ।[२]
सम्मान र कीर्ति
सम्पादन गर्नुहोस्सन् २०१२, डिसेम्बर ३० तारिखका दिन, आदित्य झालाई क्यानडाका गभर्नर जनरल डेभिड जोन्स्टनद्वारा क्यानडाको सर्वोच्च नागरिक मानपद्वी क्यानेडियन अर्डर अफ मेरिट प्रदान गरिएको थियो ।[३]