भारतीय वाहन दर्ता पट्ट

भारतमा सबै मोटरचालित वाहनहरूलाई एक दर्ता सङ्ख्या (अथवा लाइसेन्स नम्बर) दिइन्छ। लाइसेन्स पट्टलाई नामपट्ट पनि भनिन्छ । यो संख्या भारतका सबै प्रदेशहरूमा जिल्ला स्तरका क्षेत्रीय परिवहन कार्यालय (RTO) द्वारा दिईन्छ। यो चलान अनुज्ञप्‍ति पट्ट वाहनका अगाडि र पछाडिको दिशामा लगाईन्छ। नियमानुसार सबै पट्टिहरू लैटिन वर्ण सहित आधुनिक भारतीय अङ्क प्रणालीमा हुनपर्छ।[१]

भारतका द्वि-वर्ण राज्य कूट

प्रारूप सम्पादन गर्नुहोस्

 
भारतमा काममा लिईने विभिन्न वाहन पन्जीकरण पट्ट र उनका प्रकार

चलान अनुज्ञप्‍ति पट्ट निजी कारहरू र द्वि-पाङ्रे वाहन मालिक सेतो पृष्ठभूमिको साथमा काला अक्षरहरूमा हुनुपर्छ (उदाहरणको लागि PY 01 B 7185)। व्यावसायिक वाहन जस्तै ट्याक्सी, ट्रकको लागि पहेंलो पृष्ठभूमिको साथ काला अक्षरहरूमा लेखिएको अनुज्ञप्ति पट्ट हुन पर्छ (जस्तै : DL 2L 0001)। विदेशी दूतावासहरूसँग सम्बन्धित वाहन हल्का निलो रङ्गको पृष्ठभुमिका साथ सेता अक्षरहरूमा लेखिएको हुनपर्छ (जस्तै : 22 UN 14)।[२]) भारतीय राष्ट्रपति र राज्यपालका आधिकारिक कारहरू अनुज्ञप्ति पट्ट रहित हुन्छन्। यसको ठाउँमा उनीहरू रातो पट्टिमा सुनौला अक्षरहरूमा समुद्भृत (बाहिर उठेको) भारतको राष्ट्रीय प्रतीक राख्दछन्।

वर्तमान प्रारूप सम्पादन गर्नुहोस्

भारतमा वर्तमान पन्जीकरण क्रम सूचीका तीन भाग छन् जो निम्न प्रकार हुन्:

  • प्रथम दुई अक्षरले जहाँ त्यो वाहन दर्ता छ उस राज्यलाई निर्देशित गर्दछन् ।
  • त्यो पछिका दुई अक्षर जिल्लाहरूका अनुक्रमाङ्कित अङ्क हुन्। वृहत मात्रामा बाहन दर्ताका कारण यो कार्य आर॰टी॰ओ॰लाई सुम्पिएको छ।
  • तृतीय भागका चार अङ्कहरू प्रत्येक पट्टका लागि अद्वितीय सङ्ख्या हुन्। जब यि चार अङ्कीय सङ्ख्याहरू पूर्ण रूपले आवन्टित गरिए भने पूर्वलग्नका रूपमा एक अक्षर लगाइन्छ र त्यो पनि पूर्ण भएपछि दुई अक्षर यसै प्रकार पछाडी बढाइन्छ।

यि सङ्ख्या निर्धारण योजानाका केहि लाभहरू छन्:

  • एक विशेष वाहन दर्ता भएको राज्य र जिल्ला।
  • कुनै दुर्घटनाको अवस्थामा अथवा वाहन सम्बन्धित अपराधको प्रहरी जाँचका बेला साक्षीहरू प्रथम केही अक्षर मात्र याद राख्न सक्छन् - अतः यस अवस्थामा जाँचको क्षेत्र संकीर्ण हुन जान्छ र जाँचमा अपराधको तहसम्म पुग्न निकै गाह्रो पर्छ । त्यहाँ पूर्ण क्रमाङ्कको जानकारी पनि हुँदैन।

विशेष रूप सम्पादन गर्नुहोस्

केही राज्यहरूमा (जस्तै - दिल्ली, गुजरात र बिहार) जिल्लासँग सम्बन्धित अङ्कको प्रथम शून्य छोडिएको हुन्छ अतः दिल्लीको जिल्ला नंवर 2, DL 02. नभएर DL 2 हुन्छ ।

दिल्ली राज्यमा दर्ता संख्यामा एक अतिरिक्त कुट (पास) हुन्छ

DL 1C AA 1111

यहाँ DL दिल्लीका दुईवटा कूट अक्षर हुन् । अतिरिक्त C (वाहन श्रेणीको लागी) एक अक्षर हो । द्वि-पाङ्ग्रे वाहनहरूका लागि 'S' (एस), कारहरू र खेल उपयोगिता वाहनहरूका लागि 'C' (सी), सार्वजनिक यात्री वाहनहरू जस्तै बसहरूका लागि 'P' (पी), तिन पाङ्ग्रे वाहनहरू जस्तै रिक्शाको लागि 'R' (आर), पर्यटन लाइसेन्स वाहनहरू र टैक्सिहरूको लागि 'V' (भी) तथा पिकअप ट्रक, वैन र भाडामा चलाउने वाहनहरूका लागि 'Y' (वाइ) काममा लईन्छ। यो प्रणाली अन्य राज्यहरूमा पनि लागू हुन्छ। (उदाहरणको लागि राजस्थानको कूट 'RJ' (आरजे) दुई अक्षरको कूट हो र 'P यात्री वाहनहरूका लागि र 'Y' भाडा वाहनहरूका लागि हो।)

दुई अक्षरको राज्यवार कूट सम्पादन गर्नुहोस्

भारतका सबै राज्य र केन्द्र शासित प्रदेश आफ्ना-आफ्ना दुई अक्षर भएका कूट राख्दछन्। यो दुई अक्षरको प्रसंग सन् १९८० मा चलनमा आएको हो। यस पहिले प्रत्येक जिल्ला र क्षेत्रीय परिवहन कार्यालय तीन अक्षरको कूट राख्दथे । त्यो बेला कुनै राज्यलाई निरुपित गर्दैनथे । यो एक उच्च कोटिसम्म भ्रमित गर्दथे- उदाहरणको लागि MMC 6238 (एमएमसी ६२३८) देशमा कतै पनि सटीक छैन।

 
भारतका तीन राज्य मध्यप्रदेश (MP), कर्णाटक (KA) र तमिलनाडु (TN) का दर्ता पट्ट
राज्य दुई अक्षर कूट देवनागरी लिपी कूट
अरुणाचल प्रदेश AR एआर
आन्ध्र प्रदेश AP एपी
असम AS एएस
उत्तर प्रदेश UP यूपी
उत्तराखण्ड UA/UK यूए/यूके
ओडिशा OR/OD[३] ओआर/ओडी
कर्नाटक KA केए
केरल KL केएल
गुजरात GJ जीजे
गोआ GA जीए
छत्तीसगढ CG सीजी
जम्मू कश्मीर JK जेके
झारखण्ड JH जेएच
तमिलनाडु TN टीएन
राज्य दुई अक्षर कूट देवनागरी लिपी कूट
त्रिपुरा TR टीआर
नागाल्यान्ड NL एनएल
पंजाब PB पीबी
पश्चिम बङ्गाल WB डब्ल्यूबी
बिहार BR बीआर
मणिपुर MN एमएन
मध्य प्रदेश MP एमपी
महाराष्ट्र MH एमएच
मिजोरम MZ एमज़ेड
मेघालय ML एमएल
राजस्थान RJ आरजे
सिक्किम SK एसके
हरियाणा HR एचआर
हिमाचल प्रदेश HP एचपी
केन्द्र शासित प्रदेश दुई अक्षर कूट देवनागरी लिपी कूट
अण्डमान निकोबार द्वीपसमूह AN एएन
चण्डीगढ CH सीएच
दमन र दीव DD डीडी
दादरा नगर हवेली DN डीएन
दिल्ली DL डीएल
पुदुच्चेरी PY पीवाय
लक्षद्वीप LD एलडी

जिल्ला सम्पादन गर्नुहोस्

उदाहरण HP 08 (एचपी ०८), यहाँ 08 हिमाचल प्रदेशमा चोपल जिल्लालाई निरुपित गर्दछ। सबै राज्यमा दुई अतिरिक्त जिल्ला राख्दछन् जिल्लाहरूलाई वाहन पञ्जीकरणको शुल्क दिईएको छ।

अद्वितीय संख्यांकन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "केन्द्रिय मोटर वाहन अधिनियम", GOI, भारत सरकार - परिवहन र राजमार्ग मन्त्रालय, २०१२-०६-२९, पृ: 4, अन्तिम पहुँच ४ जून २०१३ 
  2. [१]
  3. "Number plates to sport OD", telegraphindia.com (Calcutta, भारत), २०१२-०७-१९, अन्तिम पहुँच ३० अगस्त २०१२, "the vehicles will have OD instead of OR" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्