विराटनगर महानगरपालिका

विराटनगरको विकासक्रम
(बिराटनगरबाट अनुप्रेषित)

विराटनगर (पूर्व नाम: गोग्राहा, नेपालगगन्ज, चन्द्रगन्ज) नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने मोरङ जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक महानगरपालिका हो। मोरङ जिल्लाको पहिलो महानगरपालिका रहेको यो नगरको नामकरण विराट राजाको नामबाट भएको हो। नेपालको सबैभन्दा ठुलो औद्योगिक नगरको उपनामले परिचित विराटनगरको स्थापना वि.सं. १९७१ सालमा गोग्राहा बजारको रूपमा भएको थियो। नेपालको जनगणना २०७८ अनुसार विराटनगरको जनसङ्ख्या २,४३,९२७ रहेको छ जसले यो नगरलाई नेपालको छैटौँ ठुलो सहर बनाएको छ। यो सहर मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नगर तथा यसको छिमेकी क्षेत्रमा ठुलो सङ्ख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। विराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग व्यापारिक वस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।

विराटनगर
गोग्राहा[२]
विराटनगर महानगरपालिका
'शीर्षदेखि मुनितर्फ': विराटनगर प्रवेशद्वार, विराटनगर औद्यौगिक क्षेत्र, विराटनगर बजार क्षेत्र, विराटनगर आँखा अस्पताल नजिकै रहेको हरित क्षेत्र
उपनामहरू: 
नेपालको औद्यौगिक नगर[३]
विराटनगर is located in कोशी प्रदेश
विराटनगर
विराटनगर
कोशी प्रदेशमा विराटनगरको स्थान
विराटनगर is located in नेपाल
विराटनगर
विराटनगर
विराटनगर (नेपाल)
निर्देशाङ्क: २६°२७′१५″उ॰ ८७°१६′४७″पू॰ / २६.४५४१७°N ८७.२७९७२°E / 26.45417; 87.27972
राष्ट्र नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापनावि.सं. १९७१
नगरपालिका[४]वि.सं. २००८
उपमहानगरपालिकावि.सं. २०५२ माघ १८
महानगरपालिका[५][६]वि.सं. २०७४ जेठ १८
संस्थापकगुञ्जमान मल्ल र जितबहादुर खत्री (गोग्राहा बजार)[७]
वडा सङ्ख्या१९
सरकार
 • प्रकारनगर कार्यपालिका
 • अङ्गविराटनगर महानगर कार्यपालिका
 • नगर प्रमुखनागेश कोइराला (नेपाली कांग्रेस)[८]
 • नगर उप प्रमुखशिल्पा कार्की (नेकपा-एमाले)
 • प्रमुख प्रशासकीय अधिकृतविष्णु प्रसाद कोइराला[९]
क्षेत्रफल
 • जम्मा७७ किमी (३० वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 (विसं २०७८[१०])
 • जम्मा२४३९२७
 • क्रम६औँ (नेपाल)[१०]
पहिलो (कोशी प्रदेश)
 • घनत्व३२००/किमी (८२००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकनेपाली
 • स्थानीय भाषामैथिली, राजवंशी, थारू, बज्जिका, भोजपुरी, मारवाडी, लिम्बू, राई, उर्दु, हिन्दी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६६१३
क्षेत्रीय सङ्केत०२१
वेबसाइटbiratnagarmun.gov.np

यो शहरमा पौराणिक कालका विराट राजाको दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ। विराटनगरबाट काठमाडौँ तथा नेपालका अन्य सहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ। वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो। केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन्। बडाहाकिम जित बहादुर खत्रीले सम्बत १९७१ मा रंगेलीबाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न शिवप्रताप शम्शेर थापाले पनि भूमिका निर्वाह गर्नुभएको थियो।[११] वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो। त्यसपछि कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो। स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ असार १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ।

विराटनगरको इतिहास

सम्पादन गर्नुहोस्

यो ठाउँ समुद्र सतह भन्दा ७० मिटर (२२९ फिट) माथि अवस्थित रहेको छ।विराटनगरमा सिंगिया खोला(नदी) बग्ने गर्छ।विराटनगरमा केही साना तलाउहरू पनि रहेका छन्।

राजनीतिक विभाजन

सम्पादन गर्नुहोस्

विराटनगरमा राजनीतिक क्षेत्रको लामो इतिहास छ। विराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ। नेपाली कांग्रेसको निकै लामो इतिहास छ। बिपी कोइराला देखि गिरिजाप्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए। अहिले पनि विराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरू पनि यहाँ छन् जस्तै नेकपा, राप्रपा, जसपा आदि।

नेपालको सम्बत २०६८ को जनगणना अनुसार विराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ।[१२] जसमा पुरुष ५३% र महिला ४७% छन्। यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन्। तर विराटनगरको पहिलो जातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ। वि.सं.२०५८ को जनसङ्ख्या अनुसार विराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ। नेपालमा भौगोलिक रूपमा विराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ। यो नेपालको चौथो ठुलो सहर पनि हो।

विराटनगर नेपालमा पूर्वको सास्कृतिक केन्द्र भन्न सकिन्छ। यहाँ वर्षेनी हुँने राधाकृष्ण रथ यात्रा दक्षीण एशीयाकै दोश्रो ठुलो रथयात्रा मानिन्छ, जस्मा सहभागी हुँन छीमेकी राष्ट्र इन्डियाबाट समेत श्रद्धालु अाउँने गरेका छन्।

शैक्षिक केन्द्र

सम्पादन गर्नुहोस्

विराटनगरलाई पूर्वाञ्चलको शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। अरनिको +२ कलेज विज्ञान विधामा र मेरिल्यान्ड कलेज व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)सगरमाथा उच्च माध्यमिक विद्यालय माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।

विराटनगरका विभिन्न कलेज तथा विद्यालयहरू:


सामुदायिक विद्यालयहरूमा सर्वोत्तम रहेको।

  • जेम्स इन्टरनेशनल स्कुल

आर्थिक वातावरण

सम्पादन गर्नुहोस्

वास्तबमा भन्नुपर्दा विराटनगर नेपालको महत्त्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग विराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधोग यहाँ खोलिएका थिए। हाल यहाँ लगभग ५०० वटा उद्योगहरू सञ्चालनमा छन्।

विराटनगरमा फुटबल खेल अत्यन्तै रुचाइन्छ। यहाँ एउटा राष्ट्रिय स्तरको रंगशाला सहिद रंगशालामा खेलकुदका गतिविधि हुन्छ।वर्षेनि यस रंगशालामा जिल्लाभरिका विद्यालयको खेलकुद प्रतियोगिता हुनेगर्छ जुन अत्यन्त लोकप्रिय छ।

धार्मिकस्थलहरू

सम्पादन गर्नुहोस्
 
सन् २००७ मा विराटनगरको महेन्द्र चोकमा अवस्थित सालिक जुन भत्किसकेको छ

विराटनगरमा धेरै धार्मिक स्थलहरू छन्। ती मध्ये विराटनगर मेनरोडमा रहेको सत्यनारायण मन्दिर, विराटेश्वर शिवमन्दिर, कालीमन्दिर, सन्सारी माई स्थान प्रमुख छन्। डिहवार थान र ब्रहम्स्थानको मन्दिर हाल विराटनगर १२ थानगाछी, बखरी

चित्र दिर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "बिराटनगर नै तोकियो प्रदेश १ को स्थायी राजधानी, नाम अझै टुंगिएन", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  2. भण्डारी, विनोद, "त्यो गोग्राहा, यो विराटनगर", कान्तिपुर समाचर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  3. भट्टराई, ध्रुव, "पुरानो आर्थिक राजधानी विराटनगरः पहिले गुल्जार, अहिले गुमनाम", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  4. भट्टराई, ध्रुव, "कस्तो छ ‘मुलुकको मस्तिष्क’ मानिएको सहर?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  5. "विराटनगर र वीरगन्ज महानगरपालिका घोषित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७४ जेठ १८, अन्तिम पहुँच वि.सं. २०७९ चैत १३ 
  6. "बिराटनगर र वीरगन्जलाई महानगर बनाउने निर्णय, २२ स्थानीय तह थपियो (सूचीसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  7. आचार्य, पुरञ्जन, "विराटनगरको अतीत, वर्तमान र भविष्य", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  8. name="brt">"विराटनगर महानगरपालिका गृहपृष्ठ", विराटनगर महानगरपालिका, मूलबाट २०२१-०१-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१०-२८ 
  9. "विराटनगर महानगरपालिका गृहपृष्ठ", विराटनगर महानगरपालिका। [dead link]
  10. १०.० १०.१ विभाग, केन्द्रीय तथ्याङ्क, "नेपालको जनगणना २०७८", नेपाल सरकार, अन्तिम पहुँच २०२३-०३-२६ 
  11. सय वर्षसम्म सहर उस्तै नागरिक
  12. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्