कोहाट (उर्दु: کوہاٹ) पाकिस्तानको खैवर पख्तूनख्वा प्रदेशमा रहेको कोहाट जिल्लाको सदरमुकाम सहर हो । यो सहर पश्तोका बङ्गस जनजातिहरूको सहरका रूपमा रहेको छ जो यस सहरमा १५ औँ शताब्दी देखि बसोबास गर्दै आएका छन् । मध्य १९ औँ शताब्दीमा यस सहर ब्रिटिस्ट साम्राज्यको शासनकालमा आएको थियो ।[२]

कोहाट
کوہاٹ
निर्देशाङ्क: ३३°३५′उ॰ ७१°२६′पू॰ / ३३.५८३°N ७१.४३३°E / 33.583; 71.433
देश पाकिस्तान
प्रदेशखैवर पख्तूनख्वा
जिल्लाकोहाट
तहसिलकोहाट
सरकार
उन्नतांश
४८९ मिटर (१६०४ फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२२८,७७९
 कोहाट नगरपालिका: १,९१८,४४
कोहाट: ३६,९३५
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड+९२ ९२२
सङ्घीय परिसर३१

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

 
कोहाट उपत्यका

कोहाट सहर पाकिस्तानको खैवर पख्तुनख्वाको कोहाट जिल्लामा अवस्थित जुन समुन्द्री सतहबाट ४८९ मिटरको उचाइमा रहेको छ । यस सहरको उत्तर तर्फ कोहाट दर्रा पर्छ भने यो सहर टोई नदिको बायाँ किनारमा छ जहाँबाट ८० किलोमिटर दुरी सम्म फैलिएको छ । कोहाट जिल्लाको कुल क्षेत्रफल २,५४५ वर्ग किलोमिटर रहेको छ । कोहाट सहर अम्बाका लागि प्रख्यात छ ।

मौसम सम्पादन गर्नुहोस्

 
ग्रिष्म ऋतुमन टान्डा नदि

राष्ट्रिय निकुञ्ज सम्पादन गर्नुहोस्

टान्डा राष्ट्रिय निकुञ्ज सम्पादन गर्नुहोस्

टान्डा राष्ट्रिय निकुञ्ज कोहाट सहरबाट केही दुरीमा रहेको छ । यो निकुञ्जको कुल क्षेत्रफल २८०० एकड छ जसमा टान्डा जलाशय छ जुन यहि सहरमा पर्छ । यो निकुञ्ज खैवर पख्तुनख्वाको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यस भित्र विभिन्न किसिमका जनावर, चराचुरुङ्गी र अनैठो रुख विरुवाहरू रहेका छन् । यो निकुञ्ज तिनवटा गाउँहरूले धेरेको छ जसमा बार, टान्डा बन्डा र खागजी रहेका छन् । यो निकुञ्जमा स्थानीय बासिन्दाहरूलाई घाँस काट्ने गाईवस्तु चराउने र दाउराहरू ल्याउने गर्नमा बन्देज गरिएको छ । यस निकुञ्ज विभिन्न किसिमका सङ्कटापन्न बन्यजन्तुहरू पाईन्छन् ।

यातायात सम्पादन गर्नुहोस्

रेल यातायात सम्पादन गर्नुहोस्

कोहाट रेलवे स्टेसन र कोहाट रेल लाईनको स्थापना सन् १८९७ मा सरुवात गरिएको थियो भने यसलाई सन् १९०२ मा पुणता दिइएको थियो । कोहाट रेलवे स्टेसन कोहाट-जन्ड रेलवेको अन्तिम रेल हो जसले दैनिक कोहाट देखि रावलपिंडी सम्म जान्छ । यो रेलवे स्टेसन कोहाट देखि थल सम्मको यात्रा गर्ने रेलको अन्तिम स्टेसन हो जसको चौडाइ मात्र २ फिट ६ इन्च रहेको छ । यस रेल सेवालनई सन् १९९१ मा बन्द गरिएको थियो ।

हवाई यातायात सम्पादन गर्नुहोस्

कोहाट सहरमा ब्रिटिस्ट साम्राज्यको समयमा कोहाट विमानस्थलको निर्माण गरेका थिए भनृ अहिले यो विमानस्थल पाकिस्तानी हवाई सेनाले प्रयोग गर्दै आएको छ । कोहाट सहरमा आफ्नौ विमानस्थल नभएका करणले यस सहरले नजिकको सहर पेशावरको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्दै आएको छ ।

सडक यातायात सम्पादन गर्नुहोस्

कोहाट सहरको सबैभन्दा धेरै प्रयोग गरिने यातायातको माध्यम सडक हो । राष्ट्रिय राजमार्ग-५५ ले कोहाट सहरलाई पेशावर र करनची जस्ता ठूला सहरहरूसँग जोडेको छ भने राजमार्ग-८० ले कोहाट देखि देशको राजधानी ईस्लामाबाद सम्म जोडेको छ । कोहाट सहरमा १.९ किलोमिटर लामो सुरुङ पनि रहेको छ जसलाई सन् २००४ मा पुण रूपमा निर्माण गरिएको थियो । यस सुरुङले खैवर पख्तुनख्वा प्रदेशको दक्षिण जिल्लाहरूसँग जोडेको छ । यस सुरुङलाई जापानी प्रविधि द्वरा निर्माण गरिएको थियो जसका कारण यो सुरुङ दिगो र यातायातमा पनि सहजता मिलेको छ ।

शिक्षा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पाकिस्तानको जिल्लाहरूको जनसङ्ख्या र घरहरूको सङ्ख्या: खैवर पख्तूनख्वा (कोहाट जिल्ला)", पाकिस्तानी राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
  2. "कोहाट सहरको विवरण", गूगल बुक्स। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्