पाकिस्तानका जिल्लाहरू
पाकिस्तानका जिल्लाहरू (उर्दू: اِضلاعِ پاكِستان); पाकिस्तानको तेस्रो-क्रमको प्रशासनिक विभाजनहरू हुन्। जिल्ला प्रदेश र विभागहरू भन्दा तल हुन्छ जसले पाकिस्तानको स्थानीय सरकारको पहिलो स्तर गठन गर्दछ। पाकिस्तानमा कुल १७० जिल्लाहरू छन् जसमा राजधानी क्षेत्र र आजाद कश्मीर र गिल्गित बस्तिस्तानका जिल्लाहरू समावेश छन्।[२][३] यी जिल्लाहरूलाई थप तहसिल र सङ्घ परिषद्हरूमा विभाजन गरिएको छ।
पाकिस्तानको जिल्ला | |
---|---|
श्रेणी | प्रशासनिक विभाजन |
अवस्थिति | पाकिस्तानको प्रशासनिक एकाइ |
सङ्ख्या | १७१ ( सन् २०२३) मा |
जनसङ्ख्या | धेरै: लाहोर, पञ्जाब— १,११,२६,२८५ ( सन् २०१७ को जनगणना)[१] थोरै: आवारान, बलुचिस्तान, पाकिस्तान—१२१,६६० (सन् २०१७ जनगणना)[१] |
क्षेत्रफल | ठूलो: चागई, बलुचिस्तान—४४,७४८ किमी२ (१७,२७७ वर्ग माइल) सानो: कराची मध्य, सिन्ध—६९ किमी२ (२७ वर्ग माइल) |
सरकार | जिल्ला प्रशासन |
उप प्रशासन | तहसील, सङ्घ परिषद् |
इतिहास
सम्पादन गर्नुहोस्सन् १९४७ मा पाकिस्तान स्वतन्त्र हुँदा १२४ जिल्लाहरू थिए। सन् १९६९ मा, पूर्वी पाकिस्तानका २ नयाँ जिल्लाहरू (टाङ्गाइल र पटुआखाली)को गठन गरिएको थियो र कुल सङ्ख्या १२६ पुगेको थियो। बङ्गलादेशको स्वतन्त्रता पछि, पाकिस्तानले आफ्नो २० जिल्लाहरू गुमाएको थियो र १०६ मा सिमित भएको थियो। सन् २००१ मा, कराची मध्य, कराची पूर्व, कराची दक्षिण, कराची पश्चिम र मालिरका ५ जिल्लाहरूलाई गाभेर कराची जिल्ला गठन गरेर यो सङ्ख्यालाई १०२ मा झारिएको थियो। डिसेम्बर २००४ मा, सिन्ध प्रदेशमा चार नयाँ जिल्लाहरू सिर्जना भएपछि जिल्लाहरूको सङ्ख्या फेरि १०६ पुगेको थियो, जसमध्ये एक (उमरकोट) सन् २००० सम्म अस्तित्वमा थियो र तीन जिल्लाहरू (काशमोर, कम्बर र जमशोरो) नयाँ सिर्जना गरिएको थियो।[४][क] मीरपुर खास, जाकोबाबाद, लडकाना र दादु लगायतका जिल्लाहरू थप गरिएको थियो। मे २००५ मा, पञ्जाब प्रान्तीय सरकारले ननकाना साहिबको स्थितिलाई शेखपुरा जिल्लाको तहसीलबाट आफ्नै अधिकारमा एक जिल्लामा वृद्धि गरेर एक नयाँ जिल्ला सिर्जना गरेको थियो।[५][ख] ११ जुलाई २०११ मा, सिन्ध सरकारले कराची दक्षिण, कराची पूर्व, मालिर, कराची पश्चिम र कराची मध्यका जिल्लाहरूलाई पुनः बहाल गरेको थियो, त्यसपछि पछि २०१३ मा, कोरङ्गी जिल्ला कराची पूर्वी जिल्लाबाट अलग गरिएको थियो। आजाद जम्मू र कश्मीरमा, तीन प्रशासनिक विभाजनहरूबाट दस जिल्लामा दोस्रो स्तरको सरकार गठन गरिएको थियो। गिल्गित-बल्तिस्तानमा, गिलगित र बल्तिस्तानको दुई क्षेत्रहरू बीच विभाजित दस जिल्लाहरू छन्। सन् २०१८ मा सङ्घीय प्रशासित जनजातीय क्षेत्रलाई खैबर पख्तुनख्वामा गाभिएको थियो र जिल्लाहरूमा रूपान्तरण गरिएको थियो।
चागई क्षेत्रफलको आधारमा पाकिस्तानको सबैभन्दा ठूलो जिल्ला हो। सन् २०१७ को जनगणना अनुसार १,११,२६,२८५ जनसङ्ख्याको साथ लाहोर जिल्ला जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। सन् २०१७ को जनगणना अनुसार क्वेटा बलुचिस्तानको सबैभन्दा ठूलो जिल्ला हो जसको कुल जनसङ्ख्या २२,७५,६९९ रहेको छ। बहावलपुर क्षेत्रफलको आधारमा पञ्जाबको सबैभन्दा ठूलो जिल्ला हो। सन् २०१७ को जनगणना अनुसार चित्राल क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो र पेशावर खैबर पख्तुनख्वाको जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। क्षेत्रफलको आधारमा सिन्धको सबैभन्दा ठूलो जिल्ला थारपारकर हो र जनसङ्ख्याको आधारमा यसको कराची पश्चिमको जनसङ्ख्या २०१७ को जनगणना अनुसार ३,९१४,७५७ रहेको छ। सन् २०१७ को जनगणना अनुसार कराची विभागमा ६ वटा जिल्लाको संयुक्त जनसङ्ख्या १ करोड ६० लाख भन्दा बढी रहेको छ, जसले गर्दा कराची विभागका यी ६ जिल्लाहरूको औसत जनसङ्ख्या २६ लाख ७५ हजार भन्दा बढी रहेको छ। नीलम र कोटली क्रमशः क्षेत्रफल र जनसङ्ख्याको आधारमा आजाद कश्मीरको सबैभन्दा ठूलो जिल्ला हो। गिल्गित-बल्तिस्तानमा क्षेत्रफल र जनसङ्ख्या दुवैको आधारमा गिल्गित सबैभन्दा ठूलो जिल्ला हो।
प्रदेश तथा क्षेत्रहरू
सम्पादन गर्नुहोस्क्र.सं | राज्य / प्रदेश | विभाग | जिल्ला | क्षेत्रफल (किमी२) |
जनसङ्ख्या (सन् २०१७)[६] |
जनघनत्व (व्यक्ति/किमी२) |
---|---|---|---|---|---|---|
१ | आजाद कश्मीर | ३ | १० | १३,२९७ | ४,०४५,३६६ | ३०४.२३ |
२ | बलुचिस्तान | ८[७] | ३७[८] | ३४७,१९० | १२,३४४,४०८ | ३५.५५ |
३ | गिल्गित-बल्तिस्तान | ३ | १४ | ७२,९७१ | १,४९२,९२४ | ४७.९६ |
४ | इस्लामाबाद राजधानी क्षेत्र | १ | १ | ९०६ | २,००६,५७२ | २,२१४.७६ |
५ | खैबर पख्तुनख्वा | ७[७] | ३७[७] | १०१,७४१ | ३५,५२५,०४७ | ३४९.१७ |
६ | पञ्जाब | ११[७] | ४२[९] | २०५,३४४ | ११०,०१२,४४२ | ५३५.७४ |
७ | सिन्ध | ७[७] | ३०[१०] | १४०,९१४ | ४७,८८६,०५१ | ३३९.८२ |
टिप्पणी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "District Wise Census Results – Census 2017", www.pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
- ↑ "Dividing governance: Three new districts notified in G-B - The Express Tribune", The Express Tribune (अङ्ग्रेजीमा), २६ जुलाई २०१५, अन्तिम पहुँच २०१९-०४-०५।
- ↑ "Administrative Setup.", ajk.gov.pk, मूलबाट अप्रिल ९, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १७, २०१०।
- ↑ "Four new districts in Sindh", Daily Times, ११ डिसेम्बर २००४, मूलबाट ११ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४।
- ↑ "Nankana becomes district", Dawn.Com, १० मे २००५, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४।
- ↑ "Province Wise Provisional Results of Census – २०१७", Pakistan Bureau of Statistics, मूलबाट २०१७-११-१५-मा सङ्ग्रहित।
- ↑ ७.० ७.१ ७.२ ७.३ ७.४ Babakhel, Mohammad Ali (२०१८-१०-२३), "New districts", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-२५।
- ↑ "New division, two districts created in Balochistan", DAWN.COM (अङ्ग्रेजीमा), २०२१-०६-३०, अन्तिम पहुँच २०२१-०६-३०।
- ↑ "Districts | Punjab Portal", Punjab.gov.pk, १६ जनवरी २०१४, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४।
- ↑ "Map of Sindh", Government of Sindh, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२६ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्लाहरूको सूची (पाकिस्तान सरकार))